जाडो मौसमको अन्त्य सँगै, बिस्तारै हिउँ पग्लिदै गैरहेको थियो। दिनहरु पनि बिस्तारै लामो हुँदै थिए। फोटोपिरियड बढ्दै थियो। औसत तापमान भने  नेगेटिभ मै थियो, उच्च ताप्मान बिस्तारै पोजेटिभ तिर खुड्किला टेक्दै थियो। 

स्पर्श  ग्रीष्म ऋतुको लागि तयार हुँदै थियो। गूड् बनाउन उपयुक्त ठाउँ खोज, गूड् बनाउने सामग्री खोज। र सबै भन्दा ठुलो कुरो, गीत गाएर माया गास। उ तेती राम्रो गयाक भने थिएन्न। समाजमा धेरै सुरिलो गायकहरु थिए। तेसैले उ गूड् राम्रो बनाउन तिर लागि परेको थियो। तर सबै भन्दा पहिले गर्न पर्ने कुरा भनेको एउटा प्वाल खोज्न पर्ने थियो। उ भङेरा भएकोले जहाँ पाए तेही गूड् बनाउदैन थियो। उस्लाई पहिले नै भएका प्वाल वा घरमा रहेको इट्टाको प्वाल वा अरु कुनै तेस्तै प्वालहरु चाहिन्थ्यो। त्यो खोज्न नै पनि सजिलो भने थिएन। जहाँ पोथी चराहरु उच्च मात्रामा थिए र जहाँ बाट खाना खोज्न सजिलो हुन्थ्यो त्यस्तो ठाउँ खोज्न पर्ने थियो। पहिले नै कोही त्यहा पुगी सकेको खन्डमा त्यो प्लान पनि फेल खान्थ्यो। त्यस माथि उ भन्दा राम्रो गाउँ सक्ने।

केही दिनको मेहेनत पछी स्पर्श ले एउटा काठको बट्टा भेट्छ। जुन उस्को लागि उपयुक्त हुन सक्छ। बट्टा मात्र भएर नि नहुने , पहिले त गूड् बनाउन वरीपरी परालवा तेस्तै केही सामाग्री चहिने। सामाग्री भेटेर गूड् बनाउन सके पनि, छानिएको ठाउँमा समय आए पछी खाने कुरा कत्तीको पाईन्छ भन्ने मा ध्यान दिन पर्ने। चल्ला हुर्किदा सम्ममा टन्नै किरा, फट्याङ्रा चाहिने भएकोले गर्दा सबै कुरा सोच्न उ वाध्य थियो। वरीपरी गाई गोठ, खेत भएकोले स्पर्श लाइ लाग्यो, एता गूड् बनाए राम्रै हुन्छ होला। उस्ले बिस्तारै बट्टामा पराल भर्दै, त्यो पराललाई एउटा सानो घरको रुप दिन थालयो। मानिसको जस्तो फ्यान्सी घर नभए नि उस्को घर नि काम भने थिएन। बट्टा माथि थकाई मारेर बस्दा उ अरुको बट्टा तिर नि नियाल्थ्यो, कतै कुनै बट्टाको नर पराल खोज्न गए उ उढेर त्यो चराको गूड् छिर्थ्यो र हेर्थ्यो कस्तो थियो। आफ्नो भन्दा अरुको गूड् राम्रो भए पोथी चराले अर्काको गूड् रोज्छे भन्ने उस्लाई थाहा थ्यो। गएको साल उस्को पहिलो बर्ष भएकोले सो गर्न उ पछी परेको थियो। यो बर्ष भने उ सबै कुरा पूर्णरुपमा सफल हुने गरी प्रेरित थियो। त्यो बाटो भने सजिलो थिएन। तर गूड् बनाउन भने उ पछाडि पर्ने वाला थिएन। सबै भन्दा राम्रो गूड् मै बनाउछु भनेर पछी परेको थियो। त्यो तर उस्को पहिलो खुड्किला मात्र थियो। गूड् बनीनै सके पछी पनि, गूड्मा बसेर गीत गाउन बाँकी नै थ्यो। र उस्को स्वोर त्यस्तो राम्रो छ जस्तो उ आँफैलाई लाग्दैन थियो। 

गीत गाउनु प्रजनन सफलताको पहिलो तथा धेरैनै महत्वपूर्ण पाटो हो। राम्रो गाउन नसके पोथी चरा गूड्मै आउदिन र त्यो नभए प्रजनन नै हुने भएन। कनी कनी तेत्रो गूड् बनायो, सबै उर्जा सक्कायो, अन्तिममा कोही आएन भने बेक्कर हुन्छ भन्ने डर पनि थियो उस्मा।

लग्भग २ दिन जस्तो मेहेनत गरे पछी उस्ले केही हद सम्म को गूड् बनाउन सक्यो। मेहेनत गरेको गरै फल राम्रो नआए बेक्कारको दु:ख हुने सोचेर उ गूड् मा बसेर गाउन थालयो।

“हेरम न त, कोही आइ हाल्छन कि” भनेर।

१ घण्टा बित्यो, २ घण्टा बित्यो, ३ घण्टा……..

उसमा वा उस्को गूड्मा कसैले चासो देखाएनन। कोही नभएको भने हैन्न। उस्को छिमेकीको घरमा २ जना आएर गै सकेको थिए। एउटा पोथी त २ ३ चोटि आइ सकेको थि,छिट्टै आएर बस्लिन जस्तो गरी। उ बिस्तारै निरास हुँदै गयो। गएको साल जस्तै यो बर्ष पनि मेहेनत खेर जाने भयो भनेर। तर हिम्मत भने हारेको थिएन। दिउसो भएको हुँदा, चराहरु खासै सक्रिय नहुने भएको ले उ पनि बिश्राम गर्न तिर लाग्यो, सोच्यो साझा तिर फेरी गाउछु गीत। उस्ले गएको बर्ष आफ्नो पहिलो बर्ष भएको ले धेरै कुरा सिकेको थियो। उस्ले घर बसाएको चराको नि पहिलो पटक भएकोले दुबैले दु:ख पाएको थिए। न उनीहरु तातो हुँदा सम्म कुरे, न त किरा फट्याङ्रा सकृया हुँदा सम्म। गर्मी बढी नसकेको हुँदा, अन्डा धेरै चिसो भै राखेर चल्ला बन्न चाहिने पर्याप्त आन्तरिक बिकास नै हुन सकेको थिएन। दोश्रो चोटि प्रयास गर्दा पर्याप्त तापक्रम भएता पनि, किरा फट्याङ्र धेरै सकृय भै हाल्ने बेला नभएको ले धोका पाएको थिए। भङेराहरु ह्याच भएको दिन देखी १२ दिन भित्रमा उड्न सक्ने हुन्छन। जस्को मत्लब उनीहरुले खाना पनि तेही अनुसार पाउन पर्छ। उचित खाने कुराको बेवस्था नहुँदा चल्ला बाँच्न नसक्ने सम्भावना बढ्छ। चल्ला हुर्केर ठुलो भएर गूड् छोडेर, आउने जाडोयाम कटाएर अर्को बर्ष बच्चा पाउन सक्ने भएको खन्डमा तेस्लाई प्रजानन सफलता मानिन्छ। उस्को जिन फैलिन सफल हुन्छ। त्यो सफलताको सिखर चुम्न गूड् बनाएर, पोथी चरा पाएर मात्र हुन्न। त्यस्लाई निरन्तर्ता दिएर, बच्चाहरु हुर्काएर ठुलो बनाएर राख्न सक्न पर्छ। र तेस्को लागि धेरै मेहेनत गर्न पर्छ। पोथीले नर चरा खोज्दा त्यो सबै कुरा हेरछिन भन्ने उस्लाई थाहा थियो। नर भङेराको छातीमा हुने कालो दाग , टेस्टएस्टरोन हर्मोनले कायम राख्छ, त्यो कतीको चम्किलो छ, प्वाक हरु कत्तीको राम्रा छन, राम्रो शररिक गुण भएका नरले पक्कै खाना नि राम्रो खोज्छन, तीन मा जिन नि राम्रो छ र त्यो सबै कुरा हेरेर पोथीले छान्छन भन्ने उस्ले बिस्तारै बुझ्दै थियो।

Facebook Comments