हामी घडी लगाउछौ र तेही घडी अनुसार समय हेरेर दैनिक जीवनको बिभिन्न काम गर्छौ। तर तेस्तै एउटा जैविक घडी हाम्रो शरीरमा नि हुन्छ। जस्लाई हामी एन्डोजिनियस क्लक वा इन्टर्नल क्लक भन्छौ जुन एउटा एक्सोजिनियस क्लक, बाहिरी घडी , जुन वातावरणिय संकेतहरू सँग सिन्क भएर काम गर्छ। 

पृथ्वीको २४ घन्टे चक्र सँग तालमेल मिलाउने हाम्रो शरीरको प्रकृयालाई सर्केडियन रिदम (लय) भनिन्छ। (सर्का भनेको करीब र दिएस भनेको दिन।) यो लय कसरी तय हुन्छ त? यस् बारे अध्ययन गर्ने फिल्डलाई “क्रोनोबायोलोजी” (Chronobiology) भनेर चिनिन्छ।

हाम्रो मस्तिष्कमा आफ्नै एउटा आन्तरिक “मास्टर घडी” हुन्छ जस्लाई “सुप्राकायस्म्याटिक निउक्लियस” भनिन्छ। जस्ले हाम्रो ऊतकहरूमा हुने घडीहरुलाई नियन्त्रणमा राख्छ। सुप्रकायस्म्याटिक निउक्लियस करिब २० हजार तंत्रिका कोशिकाहरुको अन्तर्क्रियाले बनेको हुन्छन, जुन हाम्रो ब्रेनको हाइपोथ्यालमसमा पाईन्छ। यि तंत्रिका कोशिकाहरुले आफ्नै घडीको संकेत पनि फालेर व्यवहारलाई नियन्त्रण गर्छन्। र दुइटा हर्मोन , कर्टिसोल र मेलाटोनिनको, जस्लाई ब्रेनको पिटिउटरी र पाइनियल ग्ल्यान्डले बनाउचन, तीनको स्तरलाई बद्लेर एउटा सिग्नल रगतको माध्यम बाट हाम्रो शरीरमा पठाउछन। 

तर यो सुप्राकायस्म्याटिक निउक्लियसले आँफैमा समय कसरी राख्छ  त? 

सुप्राकायस्म्याटिक निउक्लियसलाई प्रकाशले विनियमित गर्दछ। हाम्रो आँखाको रेटिनामा एउटा विशेष प्रकाश सेन्स गर्न सक्ने कोषको समुह हुन्छ जस्लाई ” फोटोसेन्सेटिभ ज्ञानग्लियन सेल्स” भनिन्छ। यि कोषहरुमा एउटा “मेलानोप्सिन” नामको केमिकल पाईन्छ जुन निलो प्रकाश प्रती संवेदनशील हुन्छ, दिउसोको समयमा यि कोषहरु धेरै सक्रिय हुन्छन। हाम्रो मस्तिस्कमा अप्टिक नर्भको माध्यम बाट ति कोष सुप्राकायस्म्याटिक निउक्लियस सँग जोडीएको हुन्छन। र तीनले पठाउने प्रकाशको संकेत प्रयोग गरेर पृथ्वीको २४ घन्टे दिन र रात को चक्रमा सिन्क हुन्छ। 

सर्केडियन लय हुनलाई दुइटा कुरा हुन पर्छ। एउटा त्यो एन्डोजिनियस (आन्तरिक) हुन पर्छ, र अर्को एन्ट्रेनेबल (तालिम दिन सकिने)। एन्डोजेनियस चक्र आँफैमा आत्मनिर्भर हुनु पर्छ र त्यो २४ घन्टे चक्र हुन पर्छ। र त्यो कुनै बाहिरी तत्व जस्लाई हाम्ले जाइट्गेबर (Zietgeber- जस्लाई सरल भाषामा “समय दिने चिज” भनेर बुझिन्छ। )  भनिन्छ तेस्ले त्यो चक्रलाई हेरफेर गर्न सकिनु पर्ने हुन पर्छ। यसरी हाम्रो शरीरमा एउटा सर्केडियन क्लक बनेको हुन्छ। जुन एउटा आणविक प्रकृया बाट चल्छ। 

अब हेरम यो कसरी चल्छ:

सर्केडियन लयले एउटा बाटो पछ्याउछ, जस्लाई “फोटिक निउरल ईनपुट पाथ्वे” (Photic Neural Input Pathway) भनिन्छ, जसमा प्रकाशले एउटा सन्केतको काम गर्छ। अब यहाँ दुइटा कुरा हुन्छन। 

माथि भनिएको फोटोसेन्सेटिभ ज्ञानग्लियन सेल्सले प्रकाशलाई सोसेर प्रकाशको उपस्थिति वा अनुपस्थित देखाउछन र त्यो सन्केत अप्टिक नर्भ हुँदै रेटिनो ह्यापोथ्याल्मिक ट्राक्टमा पठाउछन जुन सुप्राकायस्म्याटिक निउक्लियस सँग जोडीएको हुन्छ, र त्यो सन्केत फेरी अर्को दुइटा पाथ्वे हुँदै सम्बन्धित एन्डोक्राइन ग्ल्यान्डमा पुग्छ। 

एकछिनलाई कुरा गरम अब निन्द्राको। 

हाम्रो ब्रेनमा भएको पाइनियल ग्ल्यान्डले “मेलाटोनिन” भन्ने हर्मोन बनाउछ, जुन हर्मोनको उपस्थिति हाम्लाई निन्द्रा लाग्छ। यो हर्मोन प्रकाशको उपस्थिति विच्छेद हुन्छ र निन्द्रा हराउछ। तर जब प्रकाश हत्दै जान्छ तब यो हर्मोनको स्तर बध्दै जान्छ र हाम्लाई निन्द्रा लाग्न थालछ। शायद कसैले लामो दुरीको यात्रा गर्दा “मेलाटोनिन” चक्की खाएर निस्किन्छु भनेको सुन्नु भएको होला। त्यो निन्द्रा लगाउनको लागि लियिन्छ। बिहान घाम लाग्न नपाई आँखा खुल्नुमा तेस्को पनि अन्तर्क्रिया हुन्छ। वा राती ढिला सम्मा उज्यालो कुरा (मोबाइल, वा टिभी) हेरेर बस्दा निन्द्रा नलाग्ने कुरा।

एसमा अब जिनको काम के छ त? 

दिउसोको समयमा सियलके वा क्लक नामको प्रोटिन प्राकायस्म्याटिक निउक्लियसमा जम्मा हुन्छन। त्यस प्रोटिनले हाम्लाई दिउसो जागी राख्ने मधत गर्नको साथै पर भन्ने अर्को प्रोटिनको उत्पादन गर्छ। जब पर्याप्त मात्रामा पर बन्छ त्यसले क्लक बनाउने जिनलाई निस्रिय पारी दिन्छ र हाम्लाई निन्द्रा लाग्छ। र क्लकको मात्रा अब धेरै हुन्छ, जस्ले गर्दा फेरी पेर को मात्रा बिस्तारै बढ्दै जान्छ र एस्तै गरी एउटा साइकल चलीरहन्छ। यस्मा अरु धेरै जिनको संलग्नता भएता पनि यो दुइटा प्रोटिनकै साइकलले गरेर दिन र रातको ढाचा बन्ने बैज्ञानीकको अनुमान छ।

जेट ल्याग

यस् प्रसँगमा के हो त जेटल्याग भनेको?

माथि भनिए जस्तै हाम्रो शरीरको एउटा सर्केडियन लय हुन्छ, जस्ले २४ घन्टे समय राखेको हुन्छ। एउटा ठाउँ बाट अर्को ठाउँ जादा समयमा धेरै भिन्नता हुँदा शरीर पहिलेकै समयमा चल्न खोज्छ। र त्यो यात्राले हाम्रो शाररी घडीको समिकरण साइकल बिगारिदिन्छ, तेसैले गर्दा जेटल्याग लाई डिसिन्क्रोनोसिस (Desynchronosis) पनि भनिन्छ।

Facebook Comments