चार्ल्स डार्विनको नाम नसुनेको मान्छे धेरै बिरलै भेटिन्छ। तर शिक्षा पेशामा रहेको मेरो अनुभवमा, नाम सुनेर होस् वा बिज्ञानकै विद्यार्थी भएर पनि डार्विनको सिद्धान्त नबुझेको भने धेरै पाएको छु। 

नबुझेकै भन्दा पनि सिद्धान्त बारे धेरै भ्रम रहेको भन्दा ठीक हुन्छ होला शायद।

सबै भन्दा ठुलो भ्रम भने, मान्छे बाँदर बाट आएको हो भन्ने बारे हो। डार्विन वा डार्विनिजम को कुरा गर्ना साथ सबैले मान्छे र बाँदरको लिन्कको कुरा गर्छन्। तर वास्तविक कुरा के हो त? के मान्छे बाँदर बाट आएको हो त? 

यस्को उत्तर तिर लाग्न भन्दा पहिले डार्विनिजम भनेको के हो भन्ने बुझ्न तिर लागम।

क्रमिक बिकासको कुरा सुरु गर्न अगाडि क्रमिक बिकास र पृथ्वीमा जीवन बिकासको भिन्नता पनि स्पष्ट पार्न पर्छ होला। क्रमिक बिकासको सिद्धान्तले जिवको पहिलो उत्पत्ति बारे कुनै बयान दिदैन। क्रमिक बिकास भनेको कुनै उत्पती भैसकेको जनावरमा आउने क्रमिक परिवर्तनलाई बुझिन्छ।  

चार्ल्स डार्विन भन्दा अगाडि पनि धेरैले यो कुरा भने महसुस भने गरी सकेको थिए। ति मध्य एक थिए डार्विनकै आफ्नै हजुरबा इरास्मस डार्विन। प्रकृतिमा हुने यो परिवर्तन बारे बिचार अली अली बनी सकेको थियो। तर डार्विनले गरे चाँही के त? 

२२ बर्षिय डार्विन जब यच यम यस बिगल चढेर दक्षिण अमेरिका यात्रामा निस्के, त्यो यात्राले उन्को जिवन मात्र नभएर सारा मानव जातीकै जिवनमा परिवर्तन ल्यायो। डार्विनले आफ्नो यात्रामा धेरै जनावरहरु देखे, उन्लाई आस्चर्य पार्न सकेको कुरा थियो “जैवविविधता”। हेर्दा उस्तै देखिने तर फरक फरक किसिमका जनावार देखेर उन्ले सोचे, किन एस्तो विविधता छ जनावरहरु मा? किन हुन जरुरत छ त्यो? त्यसको उत्तर भने यात्राकै क्रममा निस्केन। ग्यालापेगोस टापुमा उन्ले बिभिन्न प्रकारका फिन्च चरा (नेपालीमा तितु चरा) देखेको र नमूना सन्कलन गरेका थिए। तिन्लाई बेलायत ल्याएर अवलोकन र अध्ययन गरेर डार्विनले आफ्नो निष्कर्ष निकालेका थिए। 

डार्विनको क्रमिक बिकासको सिद्धान्तको प्रमुख पाटो भनेको “प्राकृतिक छनोट” हो। प्रकृतिले आफुलाई अनुकुल लाग्ने प्राणी होस् वा कुनै प्राणीको एउटा लक्षणलाई (ट्रेट) छनोट गर्छ, र जुन लक्षण छनोटमा पर्छ त्यो लक्षण बोक्ने प्राणी प्राकृतिक छनोटमा पर्छ र उस्ले प्रजनन गर्न पाउछ र आफ्नो वंश जारी राख्छ। जस्ले सक्दैन त्यो लोप भएर जान्छ। 

एउटा साधारण उदाहरण हेरम। मानौ एउटा फट्याङ्रा छ, जुन हरियो घास वा पातमा बस्छ, र उस्को रङ पनि हरियो छ। हरियो हुँदा उ पृष्ठभूमिमा बिलिन हुन्छ र अवारण लुकाउन सफल हुन्छ। तर, प्रकृतिमा एकै प्रकारको जनावर हुन्नन, उत्परिवर्तनले बिभिन्न प्रकार, रङका फट्याङ्रा बनाउछन। मानौ एउटा फट्याङ्रा सेतो भयो, र अब उ त्यो हरियो घासमा बस्दा,  सेतो फट्याङ्रा हुन्छ र उस्लाई खाने जनावरहरु निसानामा सजिलै पर्छ। र उ बाँच्न सक्दैन। र सेता फट्याङ्रा छनोटमा पर्दैन्न। 

अर्को एउटा उधाहरण हेरम जुन बेलायतमा औद्योगिक क्रान्ति हुँदा देखिएको थियो र जस्ले डार्विनको प्राकृतिक छनोटको सिद्धान्तलाई बलियो बनाउने मात्र हैन, प्रमाणित नै गर्‍यो भन्दा नि फरक नपर्ला। बेलायतमा एउटा मथ (पुतली) पाईन्छ,  सेतो पेपर्ड मथ र कालो पेपर्ड म्याथ। औद्योगिक क्रान्ति भन्दा अगाडि सेता प्रकारका मथ धेरै मात्रमा पाइन्थ्यो। तर जब क्रान्ति सुरु भएर धुलो धुवा भएर रुखको हाङामा रहेका लाइकेनलाई काला बनाए, तब ति सेता मथहरु काला रुखको हाङामा सजिलै देखिन थाले र सिकार बन्न थाले। त्यो बेलामा अब थोरै मात्रामा रहेको जती पनि काला मथ थिए तिनीहरुको जनसंख्या बढ्न थालयो। पहिले सेतो मथ छनोटमा थियो भने , बातावरणमा आएको परिवर्तनले त्यो बद्लिदियो र कालो मथ छनोटमा पर्‍यो, र उस्ले नै प्रजान्नन गर्न पायो अनी उस्को बंशाणु जारी राख्न सक्यो भने सेता मथ हराउदै गए। तर जब बेलायतमा प्रदूषण कम हुँदै गयो, सेता मथहरु फेरी फिर्ता आउन थाले।

यो कुरा डार्विनले देखेको कुरा सँग कसरी जोडीन्छ त?

डार्विन ग्यालापेगस टापु जादा उन्ले देखेका तितु चराहरु उस्तै उस्तै देखिन्थे तर सबैको चुच्चो (बिक) भने भिन्न थियो। ति चुचो भने हरेक टापुमा पाइने खाने कुराको प्रकार हेरेर भिन्न थिए। बिउहरु खाने चराहरु को ठुला र बिउ चपाउन सक्ने चुचो र फल्फुल खानेहरु को तेही प्रकारको। किरा फट्याङ्रा खानेहरुको तेही अनुसारको। बेलायत लगेको नमुनाको अध्ययन पछी डार्विन, ति सबै चरा एउटै चरा प्रजाती बाट बासस्थान र खाने कुराको प्रकारहरुको भिन्नता बाट उतपती भएको उन्ले बुझे। फट्याङ्रा कै उधाहरण जस्तै, एदी सानो चुचो भएको चरा ठुला ठुला बिउ पाइने टापुमा पुगे उस्ले त्यहा खान नसकेर लोप हुन्थ्यो र जस्ले त्यहाको खाने कुरा उपयोग गर्न सक्छ त्यो बाच्थ्यो। त्यो बासस्थानमा जो बाँच्नको लागि लायक हुन्छ त्यो बच्छ र जस्ले सक्दैन त्यो मरेर जान्छ। 

यसरी नै प्रकृतिको दबाब र छनोटले जनावरहरु को प्रकार छान्दै जान्छ र नयाँ प्रकारको जनावरहरु उत्पती हुन्छ। छनोटलाई उत्परिवर्तनले मद्दत गर्छ। हाम्ले देखेको छौ, सेतो कुकुरको बच्चा नि कालो वा खैरो हुन्छ। एस्तै भिन्नता प्रकृतिमा धेरै हुन्छ। तेही भिन्नताका ट्रेटहरुलाई प्रकृतिको छनोटले निखार्दै लान्छ।

कुरा आयो मानव बाँदर बाट आएको भन्ने। डार्विनको चर्चित पुस्तक “ओरिजिन अफ द स्पिसिज” मा कतै पनि मान्छे बाँदर बाट आएको हुन भनेर लेखिएको छैन। यो प्रकृया बुझ्ने वा बुझाउने बेलामा गलत सन्देश दिएकोले एस्तो भएको हो। मानव जाती बाँदर बाट आएको हैन, कुनै बेला बाँदर र मान्छेको पूर्वज भने एउटै थिए। यस प्रकृया बुझ्न लाई एउटा रुख जस्तो गरी बिकासलाई हेरे सजिलो हुन्छ। जस्लाई “ट्री अफ लाइफ” पनि भनिन्छ। जरा एउटै भएर बिभिन्न हाङामा बिभिन्न जनावर राखेको एउटा तस्बिर क्रमिक बिकासको कुरा गर्द देखिन्छ। तेही रुखको हाङामा एउटा हाङा बाट मानिस र बाँदर छुटिएका भने हुन। यस ब्लगमा क्रमिक बिकासको परिचय मात्र उतार्न खोजेको भएर आनुवांशिक कुराहरु गरिएको छैन। तर हामीहरुको डियनए चिम्पान्जीहरु सँग ९८ प्रतिशत मिल्छ। एदी एउटै पूर्वज बाट न आएको भए, चिम्पान्जी वा अरु एप्स र बाँदर नै हरु सँग हाम्रो डियनए ९३ प्रतिशत मिल्दैन थियो होला। हाम्रो डियनए अरु नै केही बाट बनेको हुन सक्थ्यो, तर सबै प्राणीहरु को डियनए एउटै कुराले बनेको छ।

डार्विनले जुन कुरा आफुले देखेको केही तथ्यकै अनुसार अनुमान लगाएको थिए, अहिले सयौ तथ्यहरु, डियनए बाट होस् वा जीवाश्म बाट होस् उन्को कुरा प्रमाणित भैसकेको छ। 

Facebook Comments