परिचय

पढाई भन्ने कुराले हाम्रो जिन्दगी चलीरहेको हुन्छ, र शायद जिन्दगी चलाऊछ पनि। तर कती सम्म पढ्ने भन्ने कुराले चाँही जिन्दगी कहिले बाट चलाऊछ भन्ने कुरा निर्धारित गर्छ। कसैको पढाई चाडै नै सक्किन्छ र जिन्दगी चलेकै हुन्छ। कसैको पढाई नसक्की जिन्दगीको रेल स्टेशन बाहिर नै निस्किन्न।

तेस्तै रेलको स्टेसनमा बसेरै म आज यो लेख लेख्दै छु। किन लेख्दै छु त थाहा छैन। गर्न पर्ने काम टन्नै छ, दिनमा २४ घण्टा भन्दा धेरै भए नि नभ्याउने काम छ साच्चै भन्न पर्दा तर, काम छोडेर म एता तिर लागेको छु।

म कहिले गतिलो विद्यार्थी थियिन। स्कुल पढ्दा त शायद कक्षाको सबै भन्दा खत्तम विद्यार्थी नै म थिए। प्लस टुमा नि केही लछारपाटो लाइएन, र प्लस टु पछी बिबीए गर्छु भनेर हिढे। तर बिबीएमा नि खासै रुची रहेन। बरु त्यो भन्दा बिज्ञान तिरै जान्छु भन्ने लाग्यो। के गर्छु , के पढ्छु थाहा थिएन, तर त्रि-चन्द्रमा बिज्ञानमा स्नातक गर्न पाईन्छ भएन्र थाहा थियो। र भर्ना गर्न भनेर तेतै तिर लागे।

बिएससी दुई सन्खायमा पढाई हुने रहेछ। बिहानी र दिउसो, बिहान ६ बजे गएर पढ्न सकिन्न भनेर दिउसोमा भर्न गरे। खासै के पढ्ने भन्ने नै ठेगान थिएन। प्लस टुमा सबै भन्दा मन पर्ने बिष्य जुलोजी थियो। तर, दिउसोको सन्खायमा सिबिजेड अर्थात केमेस्ट्री, बोटानी र जुलोजीको कम्बिनेसन थिएन। कि त इन्भाइरोमेन्टल साइन्स लिन पर्थ्यो कि त माइक्रोबायो। मलाई प्योर वा फ्यानडामेन्टल साइन्समै इन्ट्रेस्ट थ्यो, तर बातावरण बिज्ञान हेरी मलाई बरु बायो भारी हुने भएको भएर माइक्रोबायोलजी तिर जान मन लाग्यो। अन्तिम बर्षमा हो निर्णय गर्ने, त्यो बेला सम्म हेरौला भनेर यमसीजेड तिर लागे।

जिन्दगीको धेरै कुरा यसरी कनेट हुन पुग्यो कि कहिले नसोचेको काम गर्न पुगे। पहिलो त बिज्ञान नै पढे, जुन मैले स्कुले जीवनमा गर्छु भनेर सोचेको नि थियिन। दोश्रो, म सानो छदा धेरै जसो न्याटजियो र डिस्कबरी च्यानल हेर्न रुचाउथे। तेस्मा नि धेरै जसो सर्पहरु वा कुनै पनि सरीसृपको कुरा। बिहानै उठेर न्याटजियोमा स्नेक र्‍याङ्लर भन्ने कार्यक्रम हेर्ने मेरो नित्यचर्य नै बनेको थियो। जनावर सम्बन्धी जे आए नि हेर्थे रमाउथे। त्यो कुराले पछी जिन्दगीमा के गर्छु, के बन्छु भन्ने कुरालाई प्रभावित गर्छ जस्तो सोचेको थियिन। बियससी प्रथम बर्ष पढ्दा सम्म नि गरेको थिएन। त्यो बेला सम्म नि त्यो कुरा बिच को काडी भेटी सकेको थियिन। प्रथम बर्षमा शायद जुलोजीमा इन्भर्टिब्रेट्स (ढाड नभएको प्राणीहरु) को बारे धेरै पढ्न परेर नि होला। मलाई इन्भर्टिब्रेट्स भने पछी टाउको दुख्थ्यो। शायद धेरै जसो जनावर कहिले नदेखेको ले पनि होला। मलाई पढ्दा वा कुरा बुझ्दा केही भिउजल कुरा भए सहयोग गर्छ बुझ्नलाई।

पहिलो बर्ष माइक्रोबायोलोजी मै रमाइलो लाग्दै थियो। पछी के गर्छु सोचेको त थियिन। तर स्टेम सेल्स प्रती लगाभ र इक्ष्या बढ्दै थियो। पछी तेस्मै केही गरुला जस्तो लागेको थियो। तर जब दोस्रो बर्षमा पुगे तब जुलोजीले मन जित्यो। दोश्रो बर्षमा भने स्तन्धारीहरुको अध्ययन गर्न पर्थ्यो र तेस्मा नि धेरै देखे चिनेको जनावर र तिन्का रोचक कुराहरु पढ्दै जादा जनावरले मन जित्न थाले। एती बेला सम्म केमेस्ट्री बारे चाँही किन केही नभनेको होला जस्तो लाग्दै होला। केमेस्ट्री सधैं गार्हो लाग्थ्यो र जिन्दगीमा केमेस्ट्री पढेर खाइन्छ जस्तो कहिले लागेन। बियससी गर्दा थाहा भयो पढ्ने भनेको आफुलाई इक्ष्या लाग्ने कुरा पढ्न पर्ने रहेछ। अवचेतन रूपमा त्यो म मा प्लस टु देखी रहेछ शायद, तेसैले सधैं बायोमा नि जुलोजी मा धेरै मार्क्स आउथ्यो। त्यस पछी सबै डट्स कनेक्ट भए। जुलोजी प्रतीको माया बढ्दै गयो र जिन्दगीको वा कारीयरको पहिलो पाइलाहरु बिस्तारै अगाडि बध्दै गए।

कती खेर हो कुन्नी.. अन्जानमै हो वा जानेर बुझेरै हो जिन्दगीमा जुलोजी नै पढिन्छ भन्ने डिसिजन तेती खेर लियियो। तेस पछी कहिले पछाडि फर्केर हेरिएन।

Facebook Comments