विज्ञान मानव विकासको अभिन्न भाग हो। ढुंगे युग देखी २१औं शताब्दीसम्म आइपुग्दा विज्ञानले मानव विकास र मानवमा गरेको असर पनि असीमित रुपमा बढेको छ। तर आजको दिनमा, जब हाम्रो पुरै जिन्दगीनै विज्ञानको छायाँमा बित्छ, तब पनि हामी सामु त्यही विज्ञानमा विश्वास नगर्नेको कमी छैन। विज्ञान मंगल् ग्रहमा पठाइने रकेट, धेरैले नबुझ्ने गुरुत्वाकर्षण हिसाब र धेरैले नपत्याउने पृथ्वी तथा सारा जनावरहरुको क्रमिक विकास मात्र हैन। घरमा आफ्नो कोठामा सोफामा लडेर ल्याप्टपमा पढि रहनु भएको यो ब्लगमा पनि उत्तिनै विज्ञान छ, नेपालमा बसेर एउटा प्लास्टिक र फलामले बनेको सानो डिभाइसमा “ह्यालो” भन्दा अमेरिकामा रियल टाइममा सुनिनु पनि विज्ञान हो। त्यहि ब्लग पढ्ने ल्याप्टप नि विज्ञान हो, किबोर्डमा रहेको प्लास्टिकमा थिच्दा आफुले भनेको अक्षर ल्याप्टपको स्क्रिनमा आउनु पनि विज्ञान हो।

 

“हामीलाई थाहा छ यो सबै कुरा” किन सुनाइ रहेको भन्नु होला! यो खाली पछी आउने कुराको लागि भूमिका बाध्नलाई हो।

 

विज्ञान भनेको के हो?

साधारण रुपमा भन्न पर्दा, विज्ञान एउटा प्रक्रिया हो। विज्ञान वैज्ञानीकको लागि एउटा माध्यम हो जो प्राकृतिक संसारको बारे ज्ञान लिन निरन्तर रुपमा लागि परेका छन्। विज्ञान एउटा प्रयास हो, प्राकृतिक संसारबारे सबै रहस्य बुझ्न चाहने मानवहरुको।

थेल्स अफ मिलेटसलाई सम्भाभित रुपमा पहिलो वैज्ञानीक भनिएको धेरै पुस्तकहरुमा पाईन्छ। विज्ञान कहाँबाट सुरु भयो र कस्ले सुरु गर्‍यो भन्ने कुरा विवादास्पद हुनुमा कुनै अचम्म छैन र अचम्म मान्नु पर्ने जरुरत पनि छैन। किन भने, माथि भने जस्तै विज्ञान एउटा प्रक्रिया हो। जब ढुंगे युगमा (करिब ~७५०,००० बर्ष अगाडि) प्रागैतिहासिक मानवले पांग्रा जस्तै गुड्ने गोलो आकारको वस्तु आविस्कार गरे त्यसमै थियो विज्ञान, र जब ईसा पुर्व ३५००मा मेसोपोटामियामा फेरी सामान ओसारपोसार गर्नलाई पांग्राको आविस्कार भयो त्यसमा पनि विज्ञान थियो। अधिकारिक रुपमा विज्ञानको सुरुवातबारे खोज्दा प्राचीन ग्रिकहरुको नाम आउंछ तर धेरै पहलूहरुमा विज्ञानको सुरुवात धेरै अगाडि देखी नै भइसकेको हुनुपर्छ।

 

विज्ञानले कसरी काम गर्छ?

 

यारिस्टोटल, अर्किमिडिस देखी न्युटन सम्मको विज्ञानमा जसले सुरु गरे पनि विज्ञानको प्रक्रिया सधैं एउटै रहेको छ। धेरै जस्तो विज्ञानमा विश्वास नगर्नेहरुले भन्ने गर्छन्, कुनै जमाना वैज्ञानीकले भन्ने गर्थे कि पृथ्वी ब्रह्मांडको बिचमा छ र सुर्य पृथ्वीको वरीपरी घुम्छ, ति वैज्ञानीक गलत ठहरिए, र अहिले वैज्ञानीकले भन्ने कुरा नि गलत होइन भन्न किन सकिन्न? तर वैज्ञानीक प्रक्रिया एउटा गतिशील प्रकिया हो, स्थिर प्रक्रिया हैन। वैज्ञानीक सिद्धान्त अनुसार कुनै पनि प्रक्रिया वा वैज्ञानीक विधीमा हुनुपर्ने केही महत्वपूर्ण गुणहरुमा सबै भन्दा महत्वपूर्ण गुण , त्यो कुरा गलत (Falsifiable)  तुल्याउन सक्न पर्छ भन्ने हो। कुनै कुरा यदी गलत तुल्याउन सकिने नै छैन भने त्यो कुरा विज्ञानको दायरामा पर्दैन। विज्ञानको सबै भन्दा पहिलो प्रक्रिया एउटा प्रश्न हो। त्यहि प्रश्नमा आधारित भएर वैज्ञानीकहरुले एउटा “हाइपोथेसिस” बनाउछन्, जुन एउटा परीकल्पनाको, हाइपोथेसिस एउटा परिक्षण गर्न सकिने पूर्वधारणा हो र एस्को एकदमै ठुलो विशेषता भनेको यो गलत तुल्याउन सकिने हुनु पर्छ। एदी त्यो गलत तुल्याउन नसकिने छ भने त्यो वैज्ञानीक हाइपोथेसिसमा पर्दैन। जब हाइपोथेसिस बन्छ, तब विभिन्न विधिको प्रयोगले त्यो हाइपोथेसिसलाई ठीक बेठिक तुल्याइन्छ। यदी प्रयोग गरेको विधिले ठीक तुल्याए, आफ्नो चासो बारेको स्टेत्मेन्ट ठीक रहेको बुझिन्छ भने यही गलत भएमा गलत। यदी त्यो सत्य भएमा त्यहि सिमित हुँदैन, त्यो यती खेर सत्य हुन जान्छ जब त्यो कुरा दोहोरिन्छ। त्यो तथ्य त्यती खेर हुन्छ जब संसारको जुनै कुनामा बसेर त्यही परिक्षण दोहोर्याऊँदा पनि त्यस्को परिणाम त्यही आउँछ। तब मात्र त्यो तथ्य हुन जान्छ।

 

यसरी नै वैज्ञानीक सिध्दान्तको (Theory)  विकास हुन्छ।

 

विज्ञान बारे हुने गलत धारणाहरुमा सबै भन्दा धेरै विवादास्पद सिध्दान्त र तथ्य बिच हो! धेरैले सिध्दान्त भनेको एउटा यस्तो चिज हो जुन ठीक तुल्याई नसकेको र गलत ठरिन सकिने कुरा हो भन्ने बुझ्छन्। तर त्यो सही हैन। कुनै पनि वैज्ञानीक सिध्दान्त वा तथ्य सत्य हो भनेर त्यती बेला भनिन्छ जब हामीसँग यती धेरै प्रमाण हुन्छन् कि त्यस्लाई अस्वीकार गर्न सकिदैन।

 

अनुमान र सिद्धान्तमा धेरै फरक छ! हाइपोथेसिस एउटा अनुमान हो भने सिद्धान्त एउटा तथ्य हो जुन त्यो हाइपोथेसिस प्रमाणित गरे पछी प्राप्त हुन्छ। र त्यस सिद्धान्तको आधारमा संसारको कुनै प्रक्रियालाई वा आफ्नो प्रश्नले उत्तर दिएको कुरालाई तथ्य बनाइन्छ। धेरै जनामा तथ्य र सिद्धान्तमा भिन्नता देखिएको पाईन्छ र त्यही आधारमा सिद्धान्तलाई तथ्यको रुपमा नलिइएको पाईन्छ। तर कुनै वैज्ञानीक कुरा तथ्य तब हुन्छ जब त्यो सिद्धान्त प्रमाणित हुन्छ। सिद्धान्त भनेको एउटा भनाई हो र त्यो सही या गलत हुन सक्छ bhan अनुमान नै आँफै मा गलत हो। सिद्धान्त बन्न लाई नै पहिले त्यो गलत र सहीको बाटो बाट आइ सकेको हुनु पर्छ।

 

Germ Theory of Disease, Theory of Relativity, Big Bang Theory, Theory of Evolution सबै भरीपूर्ण रुपमा प्रमाण बोकेर मात्र सिद्धान्त बनेका हुन। अहिले सम्म ति सिद्धान्तलाई गलत तुल्याउने अरु सिद्धान्त नभएको कारण तिनिहरु स्विकार गरिएको छ, कुनै दिन ति गलत तुल्याउन सक्ने सिद्धान्त आएमा त्यो फेरिन सक्छ। तर आजको दिन सम्म “सिद्धान्त” मानिएका यि कुनै कुरालाई गलत तुल्याउने नयाँ कुरा आएको छैन। एउटा उदाहरण क्रमिक विकासको सिद्धान्तको दिन्छु, किन यो सिद्धान्त मानिएको छ? किन भने प्राणीहरुको विकासको लागि प्रमाणहरु जुटाउदा यही सिद्धान्त बाहेक अरु कुनै सिद्धान्तले नि यो गलत हो भनेर तुल्याउन सकेको छैन। धेरै मान्छे घर बसी बसी यो गलत हो भन्छन्, तर वैज्ञानीकहरुले सयौं वर्ष काम गरेर यो कुरा पत्ता लगाएका हुन। र कसैलाई यो गलत तुल्याउन छ भने, Silurian कालमा मानव जातीको जीवाश्म खोजेर देखाइदिए हुन्छ। कोही वैज्ञानीकले त्यस्को बिरोध गर्ने छैन र जस्ले पत्ता लगाउँछ उसले नोबेल प्राइज मात्र नपाएर चार्ल्स डार्विनको ठाउँमा आफ्नो नाम राखेर विश्वप्रख्यात हुनेछ। त्यसै गरी Big Bang Theory आफ्नो जिन्दगीको सयौं वर्ष खेर फालेर वैज्ञानीकहरु ले पत्ता लगाएको प्रमाणमा आधारित सिद्धान्त हो। हजारौ अनुसन्धानको फल हो त्यो  सिद्धान्त। Edwin Hubble ले पत्ता लगाएका Red Shift र Penzias र Wilson पत्ता लगाएका Cosmic Microwave Background Radiation को आधारमा Big Bang Theory एउटा सिद्धान्त हो। तपाईंहरुले आफ्नो टिभीमा देख्ने Static त्यही Big Bang को Cosmic Microwave Background Radiation बाट आएको हो। तर सत्य तथ्य नै नबुझी घरमा आनन्दले त्यही विज्ञानको सबै देन प्रयोग गरेर त्यही विज्ञान गलत छ भन्नमा मजा नै अर्कै छ।

 

अझ ठुला ठुला वैज्ञानीकलाई गलत तुल्याइएको समाचार त कती हो कती। विज्ञान कसरी काम गर्छ भन्ने बारे हामीले माथि अली अली पढ्यौ, एउटा आफ्नो जिज्ञासालाई हाइपोथेसिस बनाइन्छ, र त्यो परीक्षण गरिन्छ, त्यो गरी सके पछी आएको परिणामको आधारमा सिद्धान्त बन्न सिद्धान्त। तर विज्ञानको एउटा प्रणाली छ, आफुले पत्ता लगाएकै भरमा त्यस्लाई सत्य भनेर भन्न मिल्दैन। पहिलो कुरो त्यो दोहोर्याउन सकिने हुनु पर्छ। र आफ्नो आविस्कार एउटा अनुसन्धानात्मक पत्रको रुपमा लेखिन्छ र त्यसलाई धेरै वैज्ञानीकहरुले समीक्षा गर्छन् र यदी त्यस अनुसन्धानमा प्रयोग भएको प्रणाली ठीक देखिएमा र परिणाम दोहोरिन सकिने देखिएमा मात्र त्यो स्विकारीन्छ।

 

विज्ञानको सबै भन्दा गाह्रो पक्ष नै प्रकाशन मानिन्छ। जुन गाह्रो किन छ? किन भने त्यसमा आएका परीणाम सार्वभौमिक हुनुपर्छ र जती चोटि दोहोर्याए पनि त्यसले त्यही नै उत्तर दिन पर्छ। र मानौ आजकलको प्रवृत्ति अनुसार ठुला-ठुला वैज्ञानीकलाई गलत तुल्याउने प्रकारको समचारमा आएको अनुसन्धानको कुरा शायद त्यस प्रक्रिया बाट गएन कि? एउटा सम्मानित जर्नलमा प्रकाशन गर्न सकिएको खन्डमा त्यस्ले विज्ञानमा ठुलै उथल्पुथल ल्याउन सक्छ। न्युटन, आइन्स्टाइन, डार्विनलाई साँचिक्कै गलत तुल्याउन सके त राष्ट्रिय पत्रीका मात्र हैन विश्व भरी नै प्रख्यात भएर निरन्तर रुपमा यश कायम गर्न सकिन्छ।

 

विज्ञान को सुन्दरता भनेकै यस्सैमा छ, संसारको जुनै कुनामा बसेर एउटा प्रमाणीत तथ्यको अनुसन्धान गरे पनि त्यस्को परिणाम त्यही आऊँछ। र तपाईंले प्रयोग गर्ने चस्मा, फोन, घडी, बाइक, ब्लड प्रेसर नाप्ने मसिन वा आफुलाई चाहिने जुनै पनि विज्ञानले फाईदा दिएको छ र काम गर्छ भन्ने प्रमाणीत विज्ञान सबैले काम गर्छ। एकछिन एस्सो सोचम , एही एड्वार्ड जेनरले दादुराको औषधी, यालेक्सज्यान्डर फ्लेमिङले यान्टीबाइयोटिक्स पत्ता नलगाएको भए अहिले सम्म प्रथाना ले कती जाना को रोग बिसोक पारी सक्थ्यो होला?

 

Facebook Comments