हामी वरीपरी रहेका जनावरहरुलाई हेर्दा देख्न सक्छौ कि सबै एकै प्रकारका छैनन् । सबैको आकार-प्रकारमा भिन्नता छ। दुइटा भिन्दै प्रजातीका जीवजन्तुहरु धेरै नै फरक हुन्छन्, तर यो भिन्नता त्यतिमै सिमित छैन । एउटै प्रजातीका दुई जीवबीच पनि निकै नै असमानता पाइन्छन् । यस्तो किन हुन्छ  त? किन शरीरको आकार (Body size)मा लक्षप्ररूप विविधता (Phenotypic Variation) देखिन्छ?

यस कुराले वैज्ञानिकहरुको ध्यानाकर्षण धेरै अगाडिबाट गरेपनि यस बिषयमा खासै धेरै अनुसन्धान भएको छैन, र यो खासै चासोको बिषयपनि बनेको छैन। सन १८१४ जन्मिएका कार्ल बर्ग्म्यानले (Carl Bergmann) यो गतिविधि (Phenomenon) निरीक्षण गरे र यसलाई “बर्गम्यान्स रुल” भनेर नाम दिए। उनका अनुसार, एन्डोथ्रम जीव (Warm Blooded Animal) हरुमध्ये चिसो ठाउँ वा उच्च अक्षांशमा पाइने जनावरहरु तातो ठाउँ वा तल्लो अक्षांशमा पाइेने जनावरहरु भन्दा ठुलो हुन्छन। यसलाई परिवेशिक (Ambient) तापमान प्रतीको अनुकूलन मानिन्छ। ठुला  आयतनको तुलनामा शरीरको सतही छेत्रफल कम हुने हुँदा चिसो ठाउँमा गर्मी संरक्षण मद्धत गर्द छ भने, साना आयतनको तुलनामा शरीरको सतही छेत्रफल धेरै हुने हुँदा ठाउँमा तातो फैलाउन मद्धत गर्छ । शरीरको आकारलाई स्थानगत (Spatial) र कालिक (Temporal) gradient ले मात्र असर नगरेर प्रिडेसन (Predation) , खानाको उपलब्धताले पनि असर गर्न सक्छ।

Surface Area to Volume Ratio

सतह क्षेत्र र आयतनको अनुपात भन्नाले हामी कुनै पनि जनावार वा बस्तुको बाहिरी सतह क्षेत्र र तिन्को भित्री आयतन दाज्द छौ। माथिल्लो अनुच्छेदमा भनेको जस्तै, आयतन को तुलनमा शरीरको सतह छेत्रफल बढी हुँदा गर्मी ठाउँमा तातो फैलाउन मद्धत गर्छ र आयातनको तुलनामा शरीरको सतह क्षेत्रफल सानो हुँदा चिसो ठाउँमा तातो संरक्षण गर्न मद्धत गर्छ।

धेरै अलमलिनु भयो भने एकैछिन एउटा उदाहरण तिर जाऔँ!

सोचौँ हामी सँग ३ वटा बेलुन वा स्क्वेर छन। एउटा सानो, एउटा मध्यम र अर्को ठुलो .

सानो बेलुनको आन्तरिक आयतन बाहिरी सतह क्षेत्रको तुलनामा थोरै हुन्छ जस्ले गर्दा आयतनको तुलनामा यस् बेलुनको सतह क्षेत्र ठुलो हुन्छ।

मध्यम बेलुनको आन्तरिक आयतन सानो बेलुनको हेरीकन अली कती धेरै हुन्छ र यस्मा आयतनको तुलनामा सतह क्षेत्र अली कम हुन्छ।

ठुलो बेलुनमा भने आन्तरिक आयतन धेरै नै बढ्न जान्छ र आयतनको तुलनामा सतह क्षेत्र झनै कम हुन्छ।

अब एकछिन प्राकृतिक उदाहरण तिर जाउँ।

हामीले चिसो ठाउँमा पाइने जनावर, जस्तै ध्रुवीय भालु (Polar bear),  हिम चितुवा (Snow leopard), ध्रुवीय फ्याउरो Arctic Fox) हेर्यौं भने तिनीहरुको परिशिष्टहरू (Appendages) सानो अथवा निम्न हुन्छन, र आन्तरिक केन्द्रिय तौल धेरै हुन्छ र यि जनावरमा आयतनको तुलनामा सतह क्षेत्रफल थोरै हुन्छ।

तर त्यहि अनुसार गर्मी ठाउँमा पाइने जनावरमा हेर्यौं भने त्यसको ठ्याक्कै उल्टो हुन्छ। तल तस्विरमा देखाइएका दुई स्यालहरु राम्रा उदाहरण हुन् । एउटा हो चिसो ठाउँमा पाइने आर्क्टिक फक्स। अर्को, अफ्रिकाको गर्मीमा पाइने अफ्रिकन फेन्नेक फक्स।

1200px-Iceland-1979445_(cropped_3)

तस्बिर : आर्क्टिक फक्स fennec_fox_0

तस्बिर: फेन्नेक फक्स

चिसो ठाउँमा पाइने जनावरमा परिशिष्टहरू सानो हुने र तातो ठाउँमा पाइने जनावरहरुको परिशिष्टहरू ठुलो हुने नियमलाई चाँही यलेन्स रुल  (Allen’s Rule) को नाम ले चिनिन्छ.

512px-Volume_surface.svg

तस्बिर: यालेन्स रुल को उधाहरण

गत शताब्दीमा भएका अनुसन्धानले धेरै वार्म ब्लडेड जनावरले बर्ग्म्यान्स रुल पालना गर्ने देखाइ सकेका छन्। चराहरुमा कम्तीमा ९५ प्रतिशतले बर्ग्म्यान्स रुल पालना गर्ने पाइएको छ।

copes_rule

तस्बिर : कोप्स रुल

अब लागौँ यस् सँग जोडिएका रोचक प्रसङ्ग तिर।

अहिले सम्म हामीले बर्ग्म्यान्स रुल र यालेनस रुल बारे कुरा गर्यौं । जसले स्थानीय रुपमा शरीरको आकारमा कस्तो विविधता हुन्छ भनेर बताउँछ र त्यो हुनाले के फाईदा छ भन्ने। तर शरीरको आकारको विकासक्रमको कुरा गर्दा छुटाउन नहुने अर्को रुल छ , कोप्स रुल। एड्वार्ड कोप को अनुसन्धान अनुसार पाइएको परिणामले यस्तो देखाउँछ कि, क्रमिक विकासको क्रममा लामो भौगोलिक समयमा वंशानुगतरुपमा प्राणीहरुको बडी साइज ठुलो हुँदै जान्छ। र अवशेशहरुको अध्ययनले यो मतलाई पुष्टि गर्छ।  

ल अब जाउँ अर्को रमाइलो कुरातर्फ़!

अहिले सम्म हामीले जान्यौं कि चिसो ठाउँमा पाइने जनावर तातो ठाउँमा पाइने भन्दा ठुला हुन्छन र तिनीहरुको  परिशिष्टहरू तातो ठाउँमा पाइने जनावरको भन्दा साना हुन्छन । क्रमिक विकासको क्रममा जनावरहरुको बडी साइज बढ्दै जाँदो रहेछ।

तर रमाइलो कुरा के छ भने, केही दशकयता बर्ग्म्यान्स रुलमा गरिएको अनुसन्धानले जनावरहरुको बडी साइज बढ्नको सट्टा उल्टै घटी राखेको देखाउँछ । इजरायलका बैज्ञानीक यम-टवले १९५० देखी १९९९ सम्ममा इजरायलमा पाइने Resident Passerines जस्तै भङ्गेराहरुको बडी साइज घट्दै गइरहेको पाएका छन् ।

प्राकृतिक रुपमा लामो भौगोलिक समयमा उल्टै बढ्दै जानपर्ने बडी साइज घट्दै गएको पाइएको छ! किन? किन भने २०औँ सताब्दीको आधी समय पछी विश्वको तापमान बढ्दै गइरहेको छ। र गर्मी हुँदा सानो बडी साइज फाईदाजनक हुने भएकोले ति प्राणीहरुमा बडी साइज घट्दै गइरहेको पाइएको हो। चरामा मात्र नभै हिमाली खसी बाख्रा (Alpine Goats), Moose, Shrew लगायत अन्य प्रजातीमा पनि जलवायु परिवर्तनको असर ले गर्दा बडी साइज घट्दै गइरहेको पाइएको छ। बडी साइज कुनै प्रजातीको आफ्नो फाईदाको लागि मात्र नभै एउटा इकोसिस्टममा असर गर्न सक्ने कारक हो। शिकारी-शिकार श्रृंखला यसमै निर्भर रहन्छ ।

विज्ञानले जतीसुकै जलवायु परिवर्तनको कुरा गरे पनि धेरै मान्छेले यसलाई अझै विश्वाश गर्न सकेका छैनन्, तर वैज्ञानिक रुपमा मात्र नभै हामीले यो प्रकृया यसरी प्राकृतिक रुपमा पनि प्रमाणित गर्न सक्छौं ।

यसमा अझै धेरै अनुसन्धान बाँकी भएता पनि, अहिले सम्म जम्मा भएका तथ्यले यहि देखाउँछ कि चिसो ठाउँमा ठुला बडी साइज भएको प्राणी पाईन्छ र तातो ठाउँमा सानो बडी साइज भएका। र त्यसै गरी केही दशक यता ति प्राणीहरुमा जलवायु परिवर्तनको प्रभावमा बडी साइज घट्दै गएको पाईन्छ।

मेरो अहिलेको रिसर्च, जुन मेरो पियचडीको थेसिस नि हुनेछ , त्यो यहि कुरामा आधारित छ.

र अन्त्यमा : नेपालीमा यो लेख लेख्न बहुत गार्हो भयो हेर्नुस्! कती कुरा बुझाउन सकिन होला वा अलमल्ल पर्नुभयो

होला! त्यस्तो भएको छ भने कमेन्ट गर्नु होला, त्यतै बुझाउँला!

यस ब्लगमा प्रयोग भएको फोटो मेरो होइन्न! गुगल बाट झिकिएको हो! र आफ्नो समय दिएर एडिट गर्न मा हेल्प गर्नु भएको मा सुरज घिमिरेलाई धेरै धेरै धन्यवाद!

Facebook Comments