समयले साथ नदिएर होला, तर अन्नपूर्ण सर्किट घुम्ने इच्छा धेरै अगाडिदेखी मनमा थियो, २०१३ को अन्त्य सम्ममा अन्नपूर्ण सर्किट पुगेरै छोड्छु भनेर बसेको थिएँ। तर जान मिल्ने जस्तो अवस्था आइरहेको थिएन। मास्टर्स डिग्रीको परिक्षा आउन लागेको थ्यो, टियु भएर कहिले भन्ने चाँही ठेगाना थिएन, र थेसिसको काम पनि भखर सुरु हुँदै थ्यो। दिनभरी जस्तो थापथली वारी पारी शहरी स्तन्धारीको निरिक्षणमा बिति रहेको थ्यो। अर्ब्यान वाइल्ड्लाइफको शहरमा असर र तिनले पुराउने हानी नोक्सानी बारे जान्ने इच्छा?!इक्ष्या भएकोले सो को अध्ययन गर्ने निर्णय गरेको थिएँ। काम सोचेदा धेरै नै गार्हो भएता पनि रमाइलो भने भै रहेको थ्यो। कहिले बज्रायोग्नी पुगियो कहिले घ्याम्पे डाडा। एक्लै डुल्न रमाइलो लाग्ने भए पनि काम गर्न भनेर निस्किन पर्दा एक्लै झ्याउ लाग्ने भएर साथीहरु लिएर गैन्थ्यो। सन्रक्षण आँफैमा एउटा जटिल कुरा हो, सन्दर्भ घ्याम्पे डाडाको, अर्ब्यान कमन ल्योपार्ड, चितुवाको बारे बुझ्न भनेर घ्याम्पे डाडा पुगेको थिएँ, सिधै गएर सोध्न उचित नहोल भनेर एउटा पसलमा चिया खान बसियो, बिस्तारै कुरा गर्दै जादा, जब चितुवा बचाउन पर्छ भन्ने तर्कमा पुगिएको थ्यो, पसलको साउजी आक्रमक रुपमा प्रस्तुत भए, र भने “मेरो छोरीलाई चितुवाले मारेको छ अनी तपाईं चितुवा बचाउ भन्न हुन्छ मलाई? देखे भने ठाउँको ठाउँ मारिदिन्छु।” एस्तै घट्ना थाप्थलीमा नि दोहोरियो, बाँदर खोज्दै हिड्दै गर्दा थाप्थली वारीपरी बस्ने एउटा महिला के गर्दै हुनुन्छ भनेर सोध्न आइन्, बाँदर बारे अध्ययन गर्दै छु भन्दा, ”अध्ययनले के हुन्छ? सक्न हुन्छ भने यहाँ बाट बाँदर कतै लगेर छोडिदिनुस्” भन्न थालिन्, “दु:ख दिन बाहेक केही गर्ने हैन”। त्यो समयमा खासै केही उत्तर नि भएन र एस्तै अध्ययन गरेर कती दु:ख छ भन्ने बुझ्न सके केही गर्न सकिन्छ कि भनेर गर्दै छु भनेर कुरा टार्न पर्‍यो।

दिन चरिया यसरी नै चली रहेको थ्यो, एउटा लेनमा जिन्दगी र अर्को लेन म पढाई र थेसिस को टेन्सन। एकदिन घरको छतमा घाम तापेर बस्दा कलेजको साथी, संजयले फोन गर्‍यो, “कहाँ छस्?” सधैंझै ह्यालो भन्दा पहिले तेही एउटा प्रश्नले सम्बोधन गर्ने, एस्पली नि त्यसरी नै कहाँ छस् भनेर सोध्यो। घरमा घाम तापेर सुतिरहेको बताइ सक्न पाएको थिएन, ऊ एक्साइटेड भएर, २ हप्तालाई फ्री छस् भनेर सोध्यो। थेसिसको काम बाहेक खासै जिन्दगीमा केही नभै बसिरहेको बेला, एक्चिन सोचेर, खसै केही त छैन, किन हो भनेर सोधे। संजय आफ्नो थेसिसको लागि मनाङमा रिसर्च गर्दै थियो, खै कहाँ बाट फन्डिङ पाएर भन्ने सुनेको थिएँ। फेरी पनि मैले कुरा सकाउन नपाई, “तेसो भए मनाङ जान्छस्?” भनेर सोध्यो। कहिले देखीको जाने इच्छा र जान नपाएको क्ष्यणहरु एकछिन आँखा अगाडि झिलिमिली आए र ति सक्किनु भन्दा अगाडि नै केही नसोची “जान्छु” भने। ल तेसो भए ठीक छ, म सर सँग कुरा गर्छु, अनी भोली तिर भेट्न जानु पर्छ भनेर फोन काट्यो। को सर के सर केही भनेन।

खुशीको सिमै थिएन र हतार हतार आमालाई कुरा सुनाइयो, संसारको सबै भन्दा धेरै अातिने मान्छे पक्कै नि मेरो आमा हुनु पर्छ। हरेक कुरामा आतिनु हुन्छ। तर मैले भनेको कुरालाई जिन्दगीमा कहिले नाइ भन्नु भएन र मलाई गर्न मन लागेको कुरा नगर पनि, केवल बन्जी जम्पिङ र दारी पाल्ने बाहेक। तर बन्जी जम्पिङ पनि आमालाई नभनी गरियो र घर फर्केर एकछिन गाली खाइयो। मनाङ जाने कुरामा नि नाइ भन्नु भएन तर के हो को सँग जाने हो भनेर एक्छिन गन गन चाँही गर्नु भो। तर कामको लागि भन्दा नजा भन्नु भएन।

भोली पल्ट बिहानै संजयको फोन आयो। आज सरलाई भेट्न जान पर्छ, बेल्का ४ बजे भेटम भन्यो। तेही अनुसार बेल्का ४ बजे माछापोखरी पुगेँ, केही बेर कुरे पछी पर बाट हल्लिदै आयो संजय। “बुढा एतै छन रे, एकै छिनमा आउछन्, अनी घर जाअौँला सरको” भन्दै नजिक आयो। मनाङ साह्रै नै राम्रो ठाउँ भएको र यो फिल्ड ट्रिपमा नि साह्रै रमाइलो हुने बताउदै ऊ धेरै उत्साहित सुनिन्थ्यो। उस्ले “बुढा” भनेको हिसाबले बुढा चाँही कती बुढा रैछन् त भन्ने मनमा लागि रहेको थ्यो। त्यस्तो धेरै बुढा नै भए त मनाङ आउने जाने गरिरख्थेनन् होला भनेर सोच्दै थिएँ। 

एकछिनको पर्खाइ पछी एक जाना भखरको मान्छे परबाट हाँस्दै, के छ हालखबर भन्दै आए। उस्को “बुढा” जनाए जस्तो बुढा त थिएनन्। माछापोखरीको पासङ्लाम्हु यातायातको टिकेट काउन्टरको अगाडिपट्टी रहेको मिठाइ पसलको अगाडि मान सरसँग भेट भयो। त्यताबाट सरको घरतिर लागियो। पहिलो पटक त्यो गल्ली भित्र छिर्दा, बाहिर चाँही कसरी निस्किने हो जस्तो भएको थियो, तर एक दुई चोटि पुगे पछी खासै गार्हो थिएन बाटो पत्ता लगाउन। सरको घर पुगियो र छतमा बसेर छलफल गर्न थालइयो, पहिलो प्रश्न थ्यो ” हिंड्न सक्छौ नि?” “लेक लाग्ने ओर्ने हुन्छ कि हुन्न फेरी, त्यता अली डर हुन्छ”। हिंड्न त सक्छु मज्जाले, लेक पनि खासै लाग्दैन होला, 4800 मिटर्स सम्म पुगी सकेको बाताए र तेस पछी कुरा फिल्ड वोर्क तिर गयो। काम सुन्दा रमाइलो लागेको थ्यो, तेस माथि कहिले देखी जान मन लागेको ठाउँ अनि नयाँ कुरा सिकिने पनि। फिल्डको कुरा सक्किए पछी, मान सरले मनाङको चरामा नि खसै काम भएको छैन, तिमीले त्यताको चरा नि हेर्दा हुन्छ भने, र म नि झन उत्साहित भएर हुन्छ भनेँ। त्यसरी सबै कुरा फिक्स भयो र ४ दिन पछी हिंड्ने निर्णय भयो। केही समान किन्न्न पर्ने रे केही काम बाँकी भएको हुँदा ४ दिन जस्तो लाग्ने भए पछी तेही अनुसार सबै प्लान बनाइयो।

चार दिन पछी….

बिहान चाडै उठ्न जस्तो गार्हो केही नलाग्ने मलाई, त्यो दिन बिहानै उठेर नयाँ बस्पार्क पुग्न पर्‍यो। बिहानको ६:३० बजे बेसिसहर जाने पहिलो गाडी छुट्थ्यो। हतार हतार उठेर, चोकमा गएर नेपाल यातायात कुरे, अरु बेला २ २ मिनेटमा आइपुग्ने नेपाल यातायात आफुलाई चाहिएको बेला १० मिन भै सक्दा नि आएन। ट्याक्सी लिन पर्छ कि भनेर सोच्न मात्र लागेको थिए, नेपाल यातायात आयो, तर कछुवा भन्दा ढिलो गतीमा कुदिरा थ्यो। हप्ता दिन लगाएर बल्ल तल्ल चक्रपथ चोक पुराएको झै लाग्यो, चक्रपथमा ओर्लेर फेरी अर्को बस चढेर बस्पार्क सम्म पुग्नु थ्यो। चक्रपथ हुँदै संजयको फोन आइसकेको थ्यो! “कहा छस्?” फेरी तेही “हेल्लो” बिना! म पुग्नै लागि सके भनेर फोन काटे र चक्रपथमा अर्को बस चढे। बस छुट्ला र बल्ल तल्ल जान पाएको मनाङको प्लान नि क्यान्सल होला झै भयो। तर, म पुग्दा सम्म बस छुटेको थिएन रैछ। म पुगेको नि केही बेर पछी मात्र बस हिड्यो।

मान सर, म र सनज्य बस पार्कमा भेट्योउ र टिमको अर्को एक्जाना मेम्बरलाई चाँही कलंकीमा भेट्ने प्लान बनेको थ्यो। बिक्रम पाण्डे नाम गरेका, बनस्पतीशाश्त्री थिए उनी। मेरो पहिले चिन्जान नभएको मान्छे। कलंकी मा बस एक्छिन रोक्यो र, हसिलो मुहार भएका एउटा मोटो मोटो मान्छे हातमा खाने कुरा र तितौरा बोकेर चढे। म बिक्रम भनेर मसँग चिनजान गरे र मान सर र सञ्जयसँग गफ गर्न तिर लागे। बस कलंकी छोडेर नागधुङा तिर लाग्यो अनी मेरो मनाङ को धेरै मद्धेको पहिलो यात्रा नि सुरु भयो।

बाटो भरी धेरै कुरा गर्दै हिँडियो, धेरै जसो पढाई र रिसर्च कै कुरा भए। संसारको जुनै पनि कुनाको बायोलोजिस्टलाई एउटा कोठामा राख्ने हो भने अन्त्यमा कुरा पढाई र रिसर्चकै मात्र गर्छन् जस्तो लाग्छ। त्यो बेला बेसिसहर जाने सबै गाडी मलेखु पुग्न अली कती अगाडिको एउटा होटेलमा रोक्थ्यो। अचम्म सँग हाइवेमा तेती मिठो खाना पाइन्थ्यो। खान खाइ ओरी फेरी बसमा चढियो र बेसिसहर तिर लागियो। बेसीसहर पुग्दा लग्भग २ बजी सकेको थ्यो, बेसी शहरबाट फेरी अर्को जिप लिएर जान पर्ने थ्यो। सिन्डिकेटको पिडा भोग्न पर्ने बेसीसहरमा त्यो दिन भने आनन्दले गाडी पाइयो , तर अली ढिलो जाने वाला थ्यो र सिट भने जिपको पछाडि थियो। बेसिसहरको एउटा होटेलमा बसेर म:म खाँदै बस कुरियो। होटेल बाहिर निस्किन लाग्दा, बाहिरबाट आउँदै गरेको एउटा केटा “एक्स्किउज मि सर, आर यु गोइङ टु मनाङ”? भन्दै आयो। अ! मनाङ नै जादै हो तर गाडी फिक्स भै सक्यो भने र हाँस्दै “ह्यात्तेरी नेपाली पो रहेछ” भन्दै गयो। र त्यहा बाट “इज्रेली चारा भाई” को काहानी सुरु भयो।

बेसीसहर बाट जिप हिंड्न नपाई थाहा भै सकेको थ्यो कि यो ट्रिप धेरै रमाइलो हुने वाला छ, जिपको यात्राको त कुरै नगरम। एउटा त बेसिसहर बाट मनाङ जाने बाटो, अर्को जिपको पछाडि बसेर यात्रा। खुदी बजार कटेर माथि लागे पछी झनै रमाइलो हुँदै गयो, पछाडि बसेर उफ्रिदा-उफ्रिदा शरीर भित्रका सबै अङ हल्लिन थाली सकेका थिए। ल केटाहरु म एक निन्द्रा सुत्छु भनेर जिपको पछाडि लम्पसार परेका मान सर, एउटा ढुङ्गामा जिप चड्दा उफ्रिएर झन्डै जिपको छतमा ठोकिए, र फेरी सिटमा बजारिए, तेस पछी नसुतेर फेरी साइडको डन्डी समातेर बस्नु भयो।

स्याङे बजार हुँदै राम बजार पुगियो र एकै छिनको लागि चिया खानलाई गाडी रोक्यो। जिउ तन्काउनै पर्ने अवस्थाले दुखी सकेकोले गाडी रोक्न नपाई तल ओर्लेर एकछिन हिडियो। काठमाडौंको चिया नमिठो हुने त हैन, तर फिल्डमा काम गर्दा, अझ चिसो ठाउँमा, दिन भरी हिंडेर थाकेको बेला, तातो कालो चिया खान जस्तो मजा शायद केसैमा हुन्न होला। होटेल बाहिर ग्लासमा चिया लिएर ड्राइभरसँग कुरा गर्दै चिया पियी रहेको बेला, संजयले ड्राइभरलाई “दाइ, यो बाटोमा भएको ढुङ्गा माथि डाडाबाट तल खसेको हो?” भनेर सोध्यो, ड्राइभर दाई सन्केर, “हैन भाई, तल खोलाबाट माथि डाडातिर चाँही जादै हो भने” र एकछिन सबै जाना लाई हसाए।

चियापानको कार्यक्रम पछी यात्रा जारी रह्यो। घाम धलेर अध्यारो हुन लागि सकेको थ्यो। तेस दिनको बास च्याम्जेमा हुने वाला थ्यो तर च्याम्जे आउने नामोनिसान थिएन। अन्धकार परी सके पछी एउटा बस्ती पुगियो, ठुलै बस्ती देखेर च्याम्जे पुगिएछ भन्ने लागेको थ्यो तर जगत रहेछ, तर तेस्को केही बेरमा च्याम्जे पुगियो। मान सर सधैं आउँदा बस्ने एउटा होटेल रहेछ होटेल च्याम्जे, आफ्नो आफ्नो ब्याग बोकेर होटेल तिर लागियो।

च्याम्जे लम्जुङमै परे पनि, बातावरण भने मनाङकै जस्तो थियो, हुन त त्यो भन्दा पहिले मनाङ पुगिएको थिएन, तर हिमाली भेगको जीवन शैली झक्लिने थ्यो, र भोली पल्ट बिहान मात्र थाहा भएको थ्यो कि च्याम्जे लम्जुङमा पर्ने रैछ भनेर।

आफ्नो आफ्नो ब्याग कोठामा राखेर डाइनिङ हल तिर झरियो। किचेनको दराजको बाहिर पट्टी एउटा सानो टिभी थ्यो। टिभीमा इन्डियन प्रिमियर लिग लागि रहेको थ्यो। “डिसहोम” नपुगेको कुनै कुना छैन रहेछ झै लाग्दै थ्यो। गाडीले उफारेर थकाएको र भोली पल्ट बिहान चाडै उठेर निस्किन पर्ने भएकोले तेस दिन चाडै सुत्ने निर्णय गरियो।


मनाङमा पहिलो पटक

भोली पल्ट बिहानै उठेर एक कप चिया र टेस्टी बिस्कुट खाएर हिडियो। च्याम्जे बाट तिमाङ सम्मको हिडाइ थियो तेस दिनको लागि। म किताब बोकेर च्याम्जे देखी चारा हेर्दै हिडिराको थिए र मान सर ले भने, “अझै लम्जुङ मै छौ, एताको नहेरे नि हुन्छ। माथि ताल बाट सुरु हुन्छ मनाङ, त्यता बाट हेर्दा हुन्छ।” च्याम्जे देखी तालको बाटो साह्रै रमाइलो छ हिंड्न, रोडै रोड भए पनि वारीपरीको परिदृश्य मनमोहक छ। कोत्रोको झर्नाको त झन के कुरा गर्नु! आफुले त्यस बेला जिन्दगीमा देखेको सबै भन्दा ठुलो झर्न होला, तेस माथि झर्नाको मुनीबाट हिंड्न पर्ने। केही बेर तेही झर्नामा बसेर फोटो खिची ओरी आफ्नो बाटो लागियो। 

ताल पुगे पछी म आफ्नो हिसाबले चरा हेर्न तिर लागि सकेको थिए। मनाङ छिरे पछी सबै भन्दा पहिले देखेको चरा हिमालयन बुलबुल थ्यो! धेरै अगाडीको कुरा भए पनि मलाई त्यो चरा सधैं याद आइ रहन्छ। भिरको तल्लो भागमा रहेको रुखको टुप्पोमा बसेर कराउदै गरेको चरा देखेरमा क्यामेरा झिकेर फोटो खिच्न लाग्दा पछाडि बाट बिक्रम दाई आएर,

“के देख्योउ भाई” भनेर सोधे  

“उ त्यहा रुखमा चरा छ”।  भनेर म फेरी फोटो खिच्न तिरै लागे

बिक्रम दाईले धेरै पछी सम्म नि चरा देखेन सकेन्न।

त्यसरीनै चरा हेर्ने क्रम अगाडि बढ्दै गयो, बिक्रम दाई छिन छिनमा कहाँ छ खै भन्दै आउथे, देख्दैन्न थिए अनी फेरी अगाडि बढ्थे। धरापानी पुग्नु भन्दा लग्भग १ घण्टा जस्तो अगाडि एकैछिन दाल्मोठ र चिउरा खान बिश्राम लिएको बेला एउटा रुखमा भएको चराको फोटो खिच्न लाग्दा बिक्रम दाई ले “कहा कहाँ चरा देख्छ यार यो भाईले” भन्दै थिए।

मान सरले सधैं जस्तो आफ्नै स्टाइलले “उस्को काम नै तेही चरा हेर्ने हो त अनी उस्ले नदेखे तिम्ले देख्छौ त” भने पछी फेरी दाल्मोठ तिर लागे।

धारापानी पुग्न कोत्रोको झर्ना भएर जान पर्छ, जुन झर्ना शायद नेपालमा भएको लाखौं झर्नामा एकदम रोमान्चक झर्ना मा पर्छ। ठुलो भएर हैन तर ठाउँको हिसाबले। बाटोमै पर्ने त्यो झर्नामा पानी पर्ने तका झर्ना एती ठुलो हुन्छ कि त्यहा बाट नभिजी भाग्न गार्है पर्छ। झर्ना अगाडि नै जुत्ता खोलेर आधी खुट्टा भिजाएर त्यो झर्ना तरेर पार गरिएको थियो।

धारापानी पुग्न भन्दा अगाडि एउटा डाडाको टुप्पोमा एउटा मात्र घर थ्यो, सरहरु सधैं तेही खाना खाने गर्नु हुदो रहेछ। र त्यहा खाना खानलाई रोकियो। बेसीसहर जस्तै त्यहाको होटेलमा नि मलाई बिदेशी सोचेर अङ्रेजीमा बोले र म नेपाली हो भने पछी धेरै बेर हासे।

त्यो घट्नाले केही बर्ष अगाडिको गोसाइकुन्डको यात्रा याद दिलायो, गोसाइकुन्ड जादा लौरिबिनाको उकालो चढ्दै गर्दा एउटा बिदेशीले आएर मैले नबुझ्ने भाषामा केही भने, मैले नबुझेर अङ्रेजीमा एक्स्किउजमी भनेर रिप्लाई गर्दा उस्ले “आरन्’ट यु फ्रम जोर्डन” भनेर सोधेको थ्यो। एता पनि तेही सोचे होलान भन्ने लागेको थ्यो। एता चाँही बसेको सबै होटेलको मान्छे ले इज्रेली भन्ठाने, र दोश्रो पटक जादा सम्म त नाम नै इज्रेली भाई भै सकेछ। 

धारापानी पुग्नु अगाडि कोत्रोको झर्ना भएर जान पर्छ, जुन झर्ना शायद नेपालमा भएको लाखौं झर्नामा एकदम रोमान्चक झर्ना मा पर्छ। ठुलो भएर हैन तर ठाउँको हिसाबले। बाटोमै पर्ने त्यो झर्नामा पानी पर्ने तका झर्ना एती ठुलो हुन्छ कि त्यहा बाट नभिजी भाग्न गार्है पर्छ। झर्ना अगाडि नै जुत्ता खोलेर आधी खुट्टा भिजाएर त्यो झर्ना तरेर पार गरिएको थियो।

खाना खाइ सकेर भारी बोकी आफ्नो आफ्नो बाटो लागियो। रोडै रोड हिड्दै धरपानी पुगियो। ताल छोडे पछी को ठुलो बस्ती भनेको धरापानी नै हो, केही बेर सम्म बस्ती नदेखेर हो कि पहिलो चोटि गएर हो, धारापानी पुग्दा एकदम रमाइलो लाग्यो। बाँया तिर मर्स्याङ्दी खोला र किनारमा साना साना चिटिक्क परेका घरहरु। ट्रेकिङ रुटमा हुने ससाना पसलहरु। मान्छेहरु को हल्ला खल्ला। सानो बस्ती छोडेर अली अगाडी पुगे पछी बाँया पट्टी देखाउदै मान सरले भने “उ त्यो चाँही भिम्थाङ जाने बाटो”। मर्स्याङ्दी पारी एउटा डाडाको खोचमा सानो ट्रेकिङ ट्रेल देखिएको थियो। “फर्किदा तिमी त्यता नि जान पर्छ चरा हेर्न, माथि लार्खे पास सम्म पुग्न पर्छ” भन्दै उनी लुइ लुइ आफ्नो बाटो हिंडे। 

धारापानी पुग्दा सम्म मैले करिब १० वटा जस्तो चरा देखिसकेको थिए। मेरो उद्देश्य १०० भन्दा बढी चरा पुराउनु थियो। फिल्डको काम कम्तीमा २० दिन जस्तो हुने वला थियो। पहिलो दिनको ११ बजे सम्म मै १० पुगेकोले म १०० कटाउनेमा सकारात्मक थिए। धारापानी बाट पनि रोडै रोड ट्रेल बगरछाप हुँदै दानक्यु तिर जान्छ। बगरछाप पुग्दा मान सर “अब चिया खान पर्ला” भन्दै होटेल तिर छिर्नु भयो, हामी पछी पछी लाग्योउ। ट्रेकिङ होस् या फिल्ड वोर्क, हिमालमा काम गर्दा सबै भन्दा मन पर्ने कुरा भनेको दिन भरी हिंडेर बेल्का होटेलमा पुगेर तातो कालो चिया खानु हो। त्यो जती मज्जा शायद अरु केसैमा आउँदैन होला।

चिया खाइ सकेर फेरी आफ्नो बाटो लागियो। दानक्यु पुग्दा सम्म बाटो ठिकै थ्यो, मैले पहिले नदेको एउटा चरा (रुफस सिबिया) देखे दानक्युमा र तेती खेर मेरो लिस्ट मा १९ चरा पुगी सकेको थिए। बाटो भरी व्हाइट व्याग्टेल र हिमालयन बुलबुल धेरै थिए। दानक्यु पुगेर फेरी एकछिन स्याउ खान ब्रेक लियियो। दान्क्युको स्याउ मनाङ भरी प्रख्यात रहेछ। स्याउ खाँदै गर्दा संजयले

“उ त्यो डाडा देख्याछस नि, तेस्को पारी पुग्ने हो” भन्यो। दानक्यु बाट हेर्दा त्यो डाडा धेरै नै टाढा देखिन्थ्यो र संजयको खसै केही कुरै नपत्याउने भएको ले त्यो नि पत्याइेन। तर साचिकै नै त्यो डाडा पारीनै पुग्न पर्ने रहेछ। मनाङ पुग्दा सम्म मा सबै भन्दा दु:ख पाइने भनेकै शायद तेही एउटा उकालो होला। तेस माथि हामी च्याम्जे देखी एकै दिनमा हिंडेर तिमाङ पुग्दै थियौ। सबै जना गाली सकेका थिए। स्याउ खाइ सकेर फेरी हिडियो, एउटा पुरानो गुम्बाको पछाडि सानो गल्ली रहेछ त्यता बाट सर्ट्कट लिएर हामी एउटा सानो डाडाको टुप्पोमा पुग्योउ।

तेस पछी सुरु भयो तिमाङ सम्मको उकालो। ब्याग भरीको समान र कम्तीमा ६-७ घण्टाको हिडाइ र थकान। बिस्तारै बिस्तारै उकालो चढ्दै कुरा गर्दै हिडियो। बाटोमा हिड्दै गर्दा साना घास बिच केही चली रहेको जस्तो लागि रहेको त्यो, मुसा रहेछकी भन्ने सोच्दै हिड्दै थिए तर एउटा डाडाको टुप्पोमा पुगे पछी ढुङ्गामा बसी राखेको पाइका देखे। हेर्दा मुसा जस्तो देखिए नि पाइका खरायो जस्तो स्तन्धारी हो। एकछिन विश्राम गर्दै फोटो खिचेर फेरी आफ्नो बाटो लागियो। 

सोचेको र सञ्जयले गफ लगाएको जत्तीको ठाडो त थिएन त्यो उकालो तर थकानले गर्दा अली तनावपूर्ण रुप मा चढियो। डाडाको टुप्पोमा पुग्न लाग्द एक्कासी बादलले वारी पारी ढाकेर आयो। तल हेर्दा घाम लागि रहेको देखिन्थ्यो भने माथि भने बादलले ढाकेर १० मिटर अगाडि नदेखिएला जस्तो थ्यो।

एकछिन अढिएर पानी पर्छ कि क्या हो भन्दै थिए, मान सर पछाडि बाट ” यो तिमाङ ठाउँ नै रुन्चे हो! यहाँ हरेक दिन पानी पर्छ भन्दै आउनु भयो”

नभन्दै फिल्डको काम ले सयोउ चोटि गैयो मनाङ, तिमाङमा पानी नपरेको भनेको केबल एकचोटी थियो।

मान सर को पारा सधैं उस्तै, एकछिन बसम भन्दा, “तेही हो तिमाङ, आइ सक्यो अब के बस्ने यहाँ, होटेल मा गएर तातोमा बस्ने भन्दै लम्के” कारीब आधी घण्टाको हिडाइ पछी बल्ल तिमाङ आयो। सरहरु सधैं बस्ने एउटा होटेल रहेछ, गएर तेही बास बसियो। संजय र म एउटा होटेलमा, मान सर र बिक्रम दाई अर्कोमा। किन भनेर बुझेको थिइन, २ ३ दिन पछी बुझे। होटेलमा कोठाको लागि मान सरले कुरा गर्दा, ३ जाना नेपाली एउटा कुइरे भनेर सोधे छन, म लामो दारी पालेको, ट्रेक्किङ बुट र ट्राउजरमा थिए अनी फेरी यहाँ नि इज्रेली भन्ठानी हाले। 

ट्रेकिन्ङ गर्दा, अझै चिसो ठाउँमा सबै भन्दा मजा आउने कुरा भनेकै दिन भरीको हिडाइ पछी को आफ्नो गन्तब्यस्थल पुगेर चट्ट तातो चिया खानु, अझै हिमालको ब्ल्याक टि। चिया त जहाँ गए नि शायद तेही हो, तर हिमालको चिसोमा त्यो तातो चिया खानु को मज्जै भिन्दै छ। २ ४ घुट्को पछी त मन तातो भै हाल्छ अनी चिट्टै चिसो। चिया खाइ ओरी आफ्नो कोठा तिर गैयो। दुई तल्ले होटेलमा दोश्रो तल्लामा थियो हाम्रो कोठा। भान्सा भुइ तल्लामा र भान्सा बाहिर सानो एउटा बस्ने ठाउँ। वारी पारी ढुङ्गाको गार्हो र बिचमा बङैचा, त्यो होटेल धेरै दिन सम्म हाम्रो घर नै बन्यो।  

२ 

ट्याट्-ट्याट् टुट-टुट को पहिलो दिन 

सुत्न अगाडि नै बिहान ६ बजे उठ्ने प्लान बनेको थ्यो र सोही अनुसार बिहानै उठियो। चिया र टेस्टी बिस्कुट खाएर फिल्ड तिर लागियो। तेती बेला सम्म मलाई फिल्ड्मा गर्न पर्ने काम बारे थाहा थिएन। हामी बसेको होटेल बाट लग्भग ५ मिनेट को हिडाइमा पहिलो फिल्ड थ्यो। तेस दिन त्यताको काम सकेर माथि डाडाको गर्ने प्लान बनेको थियो। होटेल को पछाडि बाट जङल तिर हिडै गर्दा बाटोमा धेरै नयाँ चराहरु देखी सकेको थिए। नजिकै भएको चराको फोटो खिच्दै बिस्तारै फिल्ड तिर हिंडे। 

केही बेरमै हाम्रो फिल्ड साइटमा पुगियो। डेटा सिट र सबै उपकरण निकाले पछी, काम सिक्न तिर लागियो। सरल भाषामा भन्दा जल्वायु परिवर्तनको “स्याल्भिया निउबिकोला” भन्ने प्रजातीको एउटा बिरुवामा असर र तेस्को पातहरुमा किराहरु को विनाश सम्बन्धी काम थ्यो। सरको टिमले केही बर्ष अगाडि हरेक फिल्डमा २५० वटा बिरुवामा मेटल ट्याग राखेको रहेछ। यो करीब ४ बर्षको अध्ययन थ्यो र हरेक बर्ष तेस्मा भएको विनाश र विकास मापन गर्न पर्ने काम हाम्रो थ्यो। मेटाल डिटेक्टर बोकेर हरेक बिरुवाको फेदमा राख्दै त्यो मेटाल डिटेक्टर खोज्दै त्यस बिरुवाको सबै कुरा मापन गर्न पर्ने। एकै छिन प्रकृया सिक्न तिर लागेर हामी डेटा सङ्कलन गर्न तिर लागियो। त्यहा बाट सुरु भयो “ट्याट्-ट्याट् टुट-टुट” को पहिलो दिन।  

हामी ३ जाना भएर काम सुरु गर्‍योउ। सुरुसुरुमा त पहिलो चोटि गरेको ले धेरै मज्जा लागि रहेको थ्यो। मेटल डिटेक्टर टुट टुट गर्थ्यो, अनी कुटो लिएर माटो मा खन्यो। ट्याग नम्बर हेर्यो र कापीमा लेख्यो, अनी सबै मापन कापीमा लेख्यो। कहिले काही त ट्याट्-ट्याट् टुट-टुट गर्थ्यो अनी खन्न थालयो, अन्तिममा माटो भित्र को किल्ला भाईदिने वा अरु केही तेस्तै फलाम। धेरै जसो एउटै फिल्डमा एकदिन लाग्थ्यो। बिहानै उठेर चिया र बिस्कुट अनी समान बोकेर काम तिर। बिहान देखी बेल्का सम्म तेही मेटल डिटेक्टरको ट्याट ट्याट र टुट टुट सुन्दा सुन्दा कहिले काही त निन्द्रामा नि तेही आवाज आउथ्यो। 

दिउसो खाजाको लागि होटेलमै भातको बेवस्था भएको थियो, एकै छिन ब्रेक लिएर हामी खान निस्केको थियौ। बिहान भरी काम गरेर, भोक लागेको बेला, तातो तातो दाल भात र टिम्मुरको चोप सँग तरकारी खान पाउदा त के चाहियो। भात खाएर एकै छिन बिश्राम गरेर हामी फेरी फिल्ड तिर लाग्योउ। पहिलो फिल्डको काम सक्न हामीलाई करिब एकदिन नै लाग्यो। काम सक्किदा सम्म अध्यारो भैसकेको थियो। काम सकी ओरी हामी फेरी होटेल तिर फर्क्योउ। होटेलको बाहिर पट्टीको भर्र्याङ्को खुड्किला चढ्दै बिक्रम दाई, आमा चिया खाम त भन्दै भित्र छिरे। चिया सँग टेस्टी बिस्कुट नभने पनि आइ पुग्थ्यो, मनौ कि त्यो अनिवार्य थियो। 

बिक्रम दाई भने धेरै खान पर्ने मान्छे, दिन भरी फिल्ड मा मज्जा ले काम गर्ने अनी खाजा खादा होस् या खाना , मज्जाले खाने। हामीले २ चोटि मा खाने भात उन्ले एकै चोटिमा खाइदिन्थे। तेस पछी फेरी थप्थे। बिक्रम दाई र मान सर अर्को होटेलमा बसे पनि , साझ एकचोटी भने हाम्रो होटेलमा आउथे र जे पाकेको छ, बिक्रम दाई एता नि खाइदिन्थे, अनी गएर उता नि।

“मासु छैन आमै” भन्दै भान्सा मा छिर्थे अनी सुकुटी भेटे खाइ हाल्थे।

एक दिन त एता आएर खाँदै गर्दा उताको होटेलको दिदीले देखी छिन, र बेल्का आफ्नो होटेल जादा कराइ हालिछिन।

फेरी हाम्रो होटेलमा भने तातोपानी आउने, अली नयाँ भएकोले उता भएन थिएन, अर्को दिन लुकेर एता आएर नुहाएको के थिए, हाम्रो होटेलको दिदीले

“बस्ने चाँही उता, खाने उता, अनी नुहाउने र कहिले काही मासु खान चाँही एता आउने” भनेर कराइ हालिन।  

बिक्रम दाई फेरी सधैं हसिलो मान्छे, हासेरै उडाइ दिए र आफ्नो होटेल तिर लागे।

 फिल्ड को एउटा समयमा पुग्दा सम्म बिक्रमदाइको नाम नै “गणेश” भै सकेको थियो। मान सर त पछी झन बिक्रम नै नभनेर गणेश भन्थे।

भोली पल्ट बिहानै उठेर म फेरी चरा खोज्न भनेर निस्के। होटेलकै अगाडि केही रानीचरी थिए, जङली काग टेलिफोनको पोल माथि बसेर नियाल्दै थिए, भङेरा हरु चिर्बिर चिर्बिर गर्दै थिए। बिहानको त्यो चिसो मौसममा, शान्त तिमाङको गाउमा चराहरु को त्यो संगीत मा डुबेर तस्बिर खिच्दै खिच्दै म वारी पारी डुली रहे। बिस्तारै बादल खुल्दै गैरहेको थ्यो, सुर्य एउटा कुना बाट निस्किन लाई तयार भैसकेको थियो। सरहरु उठेर फिल्ड जान तयार भैसक्नु भो होला सोचेर म होटेल तिर फर्के। त्यो बिहान करिब ७ ८ वटा चारा देकियो, मेरो लागि नयाँ कुनै नि थिएन्न। होटेल पुग्दा सबै जना फिल्ड जान त्यार भैसकेको रहेछन। चिया मगाएर बाहिर पट्टी बसेर बिस्कुट सँग खाँदै थिए, दक्षिण पट्टीको आकाश अली अली खुली सकेको रहेछ, आँखै अगाडि सुर्यको किरणले बलेको मनास्लु हिमाल टल्की रहेको थ्यो। चिया छोडेर क्यामरा बोकेर हिमालको फोटो खिच्न तिर लागे। धेरै जसो आकाशनै नखुल्ने ठाउँ तिमाङमा त्यसरी हिमाल देख्न पाउदा कती खुशी भैएको थ्यो।  

चिया सकाएर फेरी फिल्ड तिर लागियो, यो पाली तिमाङको अर्को फिल्डमा थ्यो काम, होटेल बाट केही बेरको हिडाइ पछी उत्तर तिरको डाडा चढ्न पर्ने थियो। जङलको बिचमा कता तिर रहेछ। एकछिन त मान सरलाई नै ठाउँ भेट्न समय लाग्यो। तर हामी सँग मेटल डिटेक्टर भएकोले त्यो काम सजिलो भयो। डिटेक्टर अन गरेर हामी अनुमानित जङल वारी पारी डुल्न थालयोउ र केही भेर मा एउटा बिरुवा भेट्योउ। एउटा भेटे पछी त अरुको लागि नक्सा हेरे भेटी हालिन्थ्यो। बिरुवामा हालेको ट्यागको कन्फिउजन नहोस् भनेर सरको टिमले हरेक ट्यागको नक्सा बनाएको थियो। जस्ले गर्द नि एउटा नम्बर भेटे पछी हामी अर्को नक्सामा हेरेर खोज्थ्योउ। नक्सा हेरे नि डिटेक्टर चाँही चाहिन्थ्यो। त्यो बिरुवा झुन्डमा हुन्थ्यो भने ट्याग केबल एउटा बोटमा। 

हाम्रो हरेक दिनको काम भनेको तेस्तै थियो, बिहानै उठिन्थ्यो ६ बजे तिर, अनी चिया बिस्कुट खाएर डाडा चढ्यो अनी काम सुरु गर्‍यो। एक दुई बजे तिर खाजा खायो अनी साझा रूम आयो, फ्रेश भयो र खाना खाएर सुत्यो। होटेल फर्किने र खाना खाने समयको बिचमा बसेर आफ्नो आफ्नो पुराना फिल्डका तथा जिन्दगीको अनुभवहरुको कुरा गरिन्थ्यो। 

भोली पल्ट………….

तिमाङको काम सकेर हामी चामे तर्फ हिड्योउ। चामे पुग्नु भन्दा करीब २० मिन अगाडि एउटा डाडाको ढिस्क्कोमा अर्को फिल्ड थ्यो, बिहानै त्यहा पुगेर काम सकेर हामी चामे पुग्न पर्ने थ्यो बस्न। तेसैले त्यो दिन धेरै चाडो उठियो र हिडियो। 

म क्यामरा र दुर्बिन बोकेर अघि अघी हिंडे, केही चरा देखे कि फोटो खिची हाल्थे र नचिनेको देखे पुस्तक झिकेर हेरी पनि हाल्थे। तिमाङ बाट केही बेर उकालो लागे पछी एउटा सानो झर्ना पर्छ बाटै मा, पानी धेरै भएको ले जुत्ता खोलेर हिंड्नु पर्ने थ्यो। त्यहा धेरै चरा भेटियो। सेतोटाउके जलखञ्जरी,कल्चौंडे हरु प्रशस्त थिए, फाप्रे पनि देखियो दुइटा। त्यो झर्ना कटेर अली अगाडि गए पछी थान्चोक भन्ने ठाउँ आउछ, त्यहा हिमाली लङुर नि पाइने रहेछ, दुई चार वटा लङुर रुखमा बसिरहेको थिए, फोटो खिचेर फेरी आफ्नो बाटो लागियो। करिब आधी घण्टा जस्तो मा फिल्ड पुगियो, र आफ्नो झोला एक तिर राखेर काम सुरु गरियो। 

केही बर्ष पछी…

तेही ठाउँ मा तेस्रो चोटि जादा रमाइलो घटना घटेको थ्यो। त्यो बेला म, संजय, हाम्रो कलेजको साथी प्रकाश र एक जना बनस्पतीशास्त्रको मुकेश भन्ने दाई हुनुन्थ्यो। हामी काम गर्दै थियो। संजय लेख्दै थ्यो, म मेटल डिटेक्टर चलाउदै र खन्दै, प्रकाश भने एता उता गर्दै बसी रहेको थ्यो। अली चकचके स्वभावको मान्छे, कहिले के गरी राख्थ्यो कहिले के। हामी आफ्नै सुरमा काम गर्दै थ्योउ, उ कुटो लिएर मरेको रुखहरुमा हान्दै बसिरहेको थ्यो। रुखनै सोचेर उस्ले अरिङगालको गोलोमा हान्न गएछ। प्वाट्ट फुटेको आवाज आउन नपाई घ्याइघ्याइ घुइघुइ सुनिन थालइयो। 

“भाग” भन्दै प्रकाश एक तिर दौढ्यो, हाम्लाई के भयो नि थाहा थिएन। तर उस्को तिर हेर्दा , एक हुल अरिङगाल उढी रहेको देखियो र सबै समान छोडेर दौढियो। लुक्नलाई केही नै थिएन। संजय एउटा झारीको भित्र लुकेर मुख छोपेर बस्यो, म ब्याग भएको तिर भागेर ब्यागले मुख छोपेर लुके। तर तेती ले पुगेन, अरिङगालहरु अझै लखट्दै थिए। मेरो ब्यागको तल पट्टी रेन्कोट थियो, त्यो हिमाल तिर चल्ने प्लास्टिक वाला। हतरपत्तर त्यो झिकेर म रेन्कोट भित्र लुके। बाहिर अरिङगालको आवाज मज्जाले गुन्जी रहेको थ्यो। कती थिए थिए। सबै जाना कता तिर तितर बितर भयोउ। कती बेर त्यसरी बसियो याद छैन, तर कम्तीमा ४५ मिनेट त भयो होला। यसरी त हुन्न भनेर म निस्के, संजयलाई खोजे, कहाँ झारी भित्र लुकेर बसेको रहेछ, बाहिर आइज भनेर बोलाए। प्रकाश चाँही पहिले नै भागन पाएको ले टाढै पुगी सकेको रहेछ। हाम्रो फिल्ड छिर्न अगाडि बाटोमा एउटा गोठ जस्तो थ्यो। उ त्यहा गएर बसी रहेको रहेछ। बिस्तारै हामी पनि तेतै गयौं । 

एकछिन दुई जना भएर मज्जा ले गाली गर्यौ । 

“चकचक नगरि कहिले बस्न सक्दैनस है? जहिले केही न केही गर्नै पर्ने”, मैले भने

“राम्रो काम त केही गर्नै आउदैन”, संजयले थप्यो।  

उस्ले हासेरै टारिदियो कुरा। हामी नि हास्योउ बसेर एकछिन। तैले गरेर भएको हो तेसैले तै गएर हेर भन्योउ र प्रकाशलाई हेर्न जान लगायोउ। उ बिस्तारै गयो रेन्कोट ओढेर। हाम्रो सामानहरु सबै तेही थिए, मेटल डिटेक्टर देखी लिएर नोट कपी सम्म। त्यो त ल्याउनै पर्‍यो। समान भएको सम्म नपुग्दै उ दौढिदै आयो, अझै छन तेही भन्दै। परेन फसाद! 

सामान त ल्याउनै पर्‍यो! अब भएन यसरी भनेर हामी तीन तिर बाट गयौं । म दाहिने पट्टी बाट संजय देब्रे बाट र प्रकाश बिच बाट, एक जानाले अरिङआललाई विचलित पार्ने गरी र अरु दुईले सामान लिएर भागने गरी। फिल्डमा पुग्दा करिब १० वटा जती अरिङ्आल उढी रहेको थिए। हामी बिस्तारै छिर्योउ सामान लिएर भागयौं । शायद त्यो दिन ५० वटा नि बिरुवा नाप्न सकिएको थिएन होला, त्यो दिनको काम तेतिकै सक्कियो, सामान ल्याए पछी हामी सिधै होटेल गयौं । बेल्का मुकेश दाई सँग भेट भयो र सबै कुरा सुनाइयो। चिया खाँदै दिन भरी को आफ्नो अनुभवहरु सुनाउदै गर्दा, विगतको कुराहरु नि निस्के। जनावरहरुले लखटेको कुरा निस्किदा मेरो चितवनको फिल्ड्को कुरा नि निस्कियो। 

संजयले अली अली सुनेको थियो र त्यो बारे अरुलाई सुना भन्यो र म सुनाउन थाले…

कुरा ३ बर्ष अगाडि चितवन राष्ट्र निकुन्जमा एउटा प्रोजेक्टमा काम गर्दाको हो।

अस्ट्रेलिया बाट प्रोजेक्ट लिएर आएको “ग्रिफिथ विश्वबिद्यालय” को एउटा टोली सँग काम गर्ने मौका मिलेको थ्यो। म र मेरो ब्याच्लर्स देखीको साथी सुनिल दुई जाना तेही टोली सँग चितवन गयौं । उनीहरु को धेरै लामो समयको अनुसन्धान थ्यो, त्यस्तो अनुसन्धानलाई “लामो समय पारिस्थितिक अनुसन्धान” भनिन्छ। 

प्रोजेक्ट को एउटा भाग आक्रामक प्रजातीको बिरुवामा थ्यो। माइकेनिया मिर्कन्था, जस्लाई लहरे झार पनि भनिन्छ। चितवन राष्ट्र निकुन्जमा कतीको फैलिएको छ भन्ने बारे काम भएको थ्यो। फेरी एस्मा नि हाम्रो काम भनेको त्यो झारको झुन्ड कती ठुलो भएको छ भनेर नाप्ने थियो। मापने टेप

बोकेर एउटा ठाउँ बाट नाप्दै फैलिएको ठाउँ सम्म पुग्नु थियो। अर्को भाग भनेको साना स्तन्धारीको अध्ययन थ्यो। त्यो क्रममा हामी शायद २० दिन जस्तो बसेको थियोउ सौरहामा। सधैं बिहान ७ बजे तिर ब्रेक्फास्ट गरेर हामी जङल छिर्थ्योउ। एकदिन, साना स्तन्धारीको पासो थाप्न हामी जङलको घासे मैदान तिर जादै थियो।  

त्यो दिन हामी शायद ८ जानाको टोली थियोउ, जस्मा नेपाली ३ जान थियोउ भने बिदेशी ५ जाना थिए। हामी सँग पार्कको रेन्जर दाई अगाडि अगाडि हिडी राख्नु भएको थ्यो भने उन्को पछी पछी हामी अरु सबै हिड्दै थियौ। जङल बिचमा ति लामो घासको बिचमा रहेको सानो गोरेटोमा एउटा लाइन बनाएर हामी हिड्दै थियौ। एक्कासी रेन्जर दाईले चुप लाग्न भन्नु भयो र हामी सबै रोकियोउ। म उहाको पछाडि थिए, एस्सो साइड लागेर के रहेछ भनेर हेरेको, अगाडि एउटा गैंडा रहेछ। एकछिन त सबै जाना शान्त भएर बस्योउ, तर गैंडाले खुट्टा भुइमा बजारयो। तेस पछी एकै चोटि सबै जाना भागीयो, पछाडि बाट गैंडाले लखटी सकेको थ्यो। केही दिन अगाडि फिल्ड सुरु हुनु अगाडि, गैंडाले लखटे रुख चढ्नु भनेर सिकाइेको थियो। तर अब त्यो घासै घासको फाटमा कहाँ बाट रुख पाउनु? धेरै बेर कुदे पछी हामी एउटा पातलो जङलमा पुग्योउ। २ ३ जाना गर्दै एउटा सानो रुख माथी चढ्न सफल भयोउ। रुख बाट ठ्यक्कै अगाडि भुइमा गैंडा कुरेर बसी रहेको थ्यो। डरलाई बिस्तारै हासो र रमाइलो पनले जित्दै गयो र हामी त्यो रुख माथी रमाउदै , गैंडा कहाँ छ भन्दै हेर्दै बस्योउ। करीब एक घण्टा पछी त्यो गैंडा अझै रुख तल बसी रहेको थ्यो। हाम्रो त्यो दिनको काम सुरु नि भएको थिएन। हामी भने रुखको रुख। लग्भग २ घण्टै जस्तो पछी एक जान गाइड दाई २ जाना बिदेशी लिएर हिड्दै हामी भएको ठाउँ तिरै आए। हाम्ले गैंडा छ भने पछी उनीले बिदेशीहरु लाई रुख चढ्न सल्हा दिए। तर उन्ले भन्दा भन्दै गैंडाले उनीहरु माथि नि आक्रमण गरी हाल्यो। बिदेशी भने रुख माथि चढी सकेको थिए। रुख भएन्र त्यो ठुलो रुख थिएन एउटा सानो पातलो रुख थियो। दुई जाना बिदेशी नै धेरै भैसकेको जस्तो देखिने त्यो रुखमा, गैंडा आएको देखेर ति गाइड दाई नि चढे, उनी चढ्न नपाई गैंडा नि ठ्यक्कै रुखको तल पुग्यो। तर तेही बेला, रुखले धान्न नसकेर ति गैंडा दाई एक्कासी भुइ मा पछारीए। हाम्रो त मुटु नै रोकियो एकछिन। उनी घासको बिचमा पछारिए र हाम्ले के भयो देख्न पाएनौ। तर उनी एक्कासी आकाश बाट खसेको देखेर गैंडा डराएर भागेछ। एदी आर्क्रमण गरेको भए शायद ठुलो घट्न घट्थ्यो।  

गैंडा अली पर भागे नि धेरै पर भने थिएन, तर ति दाई र हाम्रो रेन्जर दाईले मिलेर त्यो गैंडालाई भागाएर छोडे। तेस पछी रुख बाट झरेर हामी अर्को फिल्ड तिर लाग्योउ। काम भने न्यूनतम भएको थियो। बेल्का क्याम्पमा जादा काम कत्ती सक्क्यो भन्दा केही नि सक्केको थिएन। दिउसोको घट्ना सुनाउदा सबै एकछीन स्तब्द भए। 

तर त्यो अन्तिम सामना भएन जनावर सँग को। केही दिन पछी फिल्ड बाट फर्केर हामी हाम्रो क्याम्प आयोउ। क्याम भने राष्ट्रिय प्रकृति संरक्षण कोष को क्याम्प मा थ्यो, खान भने हामी सौरहाको होटेल जान्थ्योउ। खाइ सकेर हामी राती पछाडिको बाटो हिड्दै क्याम्प आउथ्योउ। त्यस दिन सँगै फर्किनेमा म, मेरो साथी सुनिल र एक जना भाई थियौ। हामी सौरहाको संग्रहालय पछाडिको बाटो हिड्दै थियौ, हाम्रो अगाडि ५ ६ जोडी बलेको आँखा हरु आए। तीन जानै अडिक भएर हेर्योउ। 

“केही नगरम है, कोही नडौढिउ” भन्दै थिए म, घ्वाक गरेको आवाज आयो! ति पिलीपिली बले को बत्ती तिब्र गतीमा नजिक आउँदै थिए। के गर्ने भएन्र सोध्न साइडमा हेरेको त मेरो साइड का मान्छे त कहाँ पछाडि पुगी सके छन दौढेर। आफु एक्लै! फेरी आँखा तिर हेरेको, ति आँखा त खुट्टै नजिक आइ सकेका थिए। तेस पछी केही नसोची नहेरी अन्दकारमा दौडिए। पछाडि आवाज आइ रहेको थ्यो, तर फर्किने आट आएन। केटाहरु कहाँ पुगे देखेको थिएन। एक्लै डौढिए अन्दधुन्द, पछाडि बाट केस्ले छोए जस्तो नि लागि रहेको थ्यो। अगाडि पुग्दा दुई जना स्वास्वा गर्दै रहेछन। आफु नि तेही रोकिएर एकछिन भुइ मै लढे! आवाज नि निस्केन एकछिन। मुटु बिस्तारै आफ्नै गतीमा ढुकढुक गर्न खोज्दै थ्यो। तेस पछी सबै जाना एक चोटि मर्ने गरी हासियो। मैले त केस्ले लखट्यो नि थाहा पाएको थिएन, पछी केटाहरु ले बदेल हो भने पछी थाहा पाए। ति बदेलको झुन्ड सधैं तेही ठाउँ मा दिउसो देखी रहेको हुन्थ्योउ, कहिले लखटेको भने थिएन। त्यो दिन शायद अध्यारोमा उनीहरु नि तर्से, हामी नि तर्स्योउ। 

केही दिन पछी फेरी तेस्तै घट्ना घट्यो, त्यसरी नै बिहानै उठेर फिल्ड तिर लागेको थियौ, म सधैं अर्कै ग्रुपमा पर्थे, सुनिल सधैं अर्कोमा। मेरो ग्रुप त्यो दिन सबै भन्दा परको फिल्ड जादै थ्यो। राष्ट्र निकुन्जको दक्षिण पट्टी पनि डाँडैको फेदमा पुग्न पर्थ्यो। फर्किदा भने हामी डुंगा चढेर सौरह सम्म आउथ्योउ। जादा भने अपस्ट्रिम भएको ले डुंगामा जान सम्भव थिएन। त्यो नि नयाँ फिल्ड साइट बनाउन पर्ने थियो। हामी गतिलो ठाउँ खोजेर, २५० मिटरको ट्रन्सेक्ट बनाउथ्योउ, जस्लाई लाइन ट्रन्सेकेट भनिन्छ। तेस्को हरेक १० १० मिटरमा एउटा पेग वा एउटा सानो फलाम गाढिन्थ्यो। ० मिटर बाट १० हुँदै २० मिटर मा पुगेको थियौ, केही आवाज आएको जस्तो सुनियो। सबै जाना एकछिन हल्ला नगरि बस्योउ । केही बेर पछी शान्त भयो र हामी हेर्न गयो, ० मिटरको पेग भएको ठाउँ सँगै को रुखको साइडमा बाघको ताजा पिसाब भेटियो। देख्ने मात्र भन्दा नि तेस्को गन्द नि राम्रै आउने रहेछ, टाढै सम्म थाहा हुने गरी। करिब २० मिटरको दूरीमा बाघ आएको रहेछ, तर केही नगरि गयो। उस्ले अवस्य नि हामीलाई देखेको थ्यो वा हाम्रो गन्ध थाहा पाएको थियो तर केही नगरि आफ्नो बाटो लाग्यो। 

जब हामी त्यहा बाघको नजिक थियौ, अर्को फिल्ड साइटमा जहाँ सुनिल र टोली थिए। त्यहा भने रोनाल्डो नामको हात्तीले आक्रमण गरेछ। फिल्डका इकुइप्मेन्ट देखी लिएर सबै सामान नि टोड्फोड गरेछ। हामी दिनभरी जङलमा हुने भएकोले गर्दा खान बोकेरै जान्थ्योउ, ब्याग भरी फल्फुल र अन्य खाने कुरा थिए। जनावार सँगको सामनामा के के गर्ने भनेर दियिएको तालिममा हात्ती आए सबै झोलाहरु फ्याकेर, गोलो झुन्ड बनाएर ठुलो हल्ला मचाउन भनिएको थियो, तर साचीकै हात्तीले आक्रमण गर्दा कस्ले त्यो सम्झेर बसोस। सबैले ब्याग फाल्न चाँही सम्झे तर सबै जना तितरबितर भए। 

धेरै बेर पछी मात्र अरु सँग भेट भएछ। तर पनि कत्ती जाना भने भेटिएन छ। भेटिएकाहरु एउटा टोली बनाएर खोज्न निस्केछन। १ घण्टा भन्दा धेरै खोजेर नभेटे पछी हाम्रो टिम को लिडरलाई वाकीटकी बाट खबर गरेछन। र उनीहरु ले हात्ती पठाएर खोजी गर्न लगाएछन। जब हामी फिल्डको काम सकेर डुंगा चढ्ने ठाउँ पुग्योउ। डुंगा एउटा मात्र बाँकी रहेछ। हाम्रो टोली मा ८ जाना थिए। अर्को टोली को ४ जना बाँकी रहेछन। डुंगा चलाऊने एक जाना भाई। राप्तीमा चल्ने त्यो सानो डुंगा, तेस्मा अब तेत्रो जान बसेर जान पर्ने अवस्था आयो। भएको के रहेछ भने, हराएको टोली डुंगा भएको ठाउँमा आएर डुंगा लिएर फर्किदेछन। जब हामी पुग्योउ एउटा मात्र डुंगा थ्यो र हामी पर्‍योउ अलपत्रमा। अर्को डुंगा मगाउन घण्टौ लाग्ने। ति भाईले आट गरेर जाम दाई मिलाउला भन्यो। तर बस्न नपाई डुंगा आधी पानी मा छिर्यो। पल्टिन्छ कि झै हुन्थ्यो टाइम टाइममा, ओर्लेर ढकालन नि पर्ने। जिनतिन गरेर सौराहाको जहाँ ओर्लिने हो त्यो भन्दा अली नजिक सम्म पुगेको थियौ। तर जहाँ मोडिन पर्ने थ्यो, सौरहामा बसेर सुर्यास्थ हेर्ने ठाउँ बाट दक्षिण तिर हेर्दा, अगाडि देखी एउटा सानो टापु को बाँया पट्टीको मोडमा त स्योर पल्टिन्छ दाई डुंगा भन्न थालयो, त्यो डुंगा चलाऊने भाईले। दुई तीन जाना त ओर्लिनै पर्छ जस्तो छ भन्यो, बिदेशीहरु त एस्सै नि आत्ती सकेको थिए दिन भरीको तनावले, कसैले स्वयंसेवक बन्न इक्ष्या देखाएन। अन्तिममा निस्किन पर्‍यो सुनिल र म। हामी झरेको देखेर एक जाना केटी पनि ओर्ली। हामी तीन जाना त्यो टापुमा ओर्लियोउ र डुंगा भने रफ्तारमा त्यो ढिस्क्को तिर लाग्यो। हामी एकछिन टापुमा फोटो खिच्न थालयोउ। उता टोली ओर्ली सकेको रहेछ। टाढा बाट हात हलाउदै कराउदै थिए। हामीलाई त्यहा देखेर उत्साहित भएर होला सोचेर हामी नि हात हलाउदै कराउन थालयोउ।  

“हे!! हे!!” भन्दै ! हाम्ले सोच्योउ रमाइलो लागेर कराइ रहेको छन तिनीहरु , हो मा हो थप्दै हामी रमायोउ। तर अली अगाडि पुगे पछी पछाडि बाट केही चलेको जस्तो आवाज आयो। फर्केर पछाडि हेर्दा त कम्तीमा नि १५ फिट लामो मगर गोहीले पो हाम्लाई आक्रमण गर्ने हिसाबले लखटी रहेको रहेछ। उनीहरुली डाडा बाट उत्साहित भएर हैन कि, टापुमा टन्नै गोही छन भनेर हाम्लाई भन्न खोजी रहेको रहेछन।  ३ जाना त्यो सानो टापुमा, भागे नि कहाँ भागनु? पानीमा जाउ झन धेरै गोही छन, टापुमा बसम, एउटाले लखटी रहेको छ अरु छेउ छेउमा कुरेर बसेको छन।  

हामी तीन जान सङ्सङै बस्यो र कराउन थालयोउ, हात हलाउदै, अनी गोही पनि अली कती हच्कचियो। एकछिन अढ्कियो अनी हेरी राख्यो। हामी अझै ठुलो स्वोरले कराउन थालयोउ, र उ आफ्नो बाटो लाग्यो। हाम्रो डुंगा पनि टापु पुग्ना लागि सकेको थियो। ३ जाना हतार हतार जुत्ता हातमा राखेर भाग्योउ र डुंगामा बस्योउ। 

त्यो चितवनको फिल्ड भरीमा के के ले मात्र लखेटेन।

थान्चोक माथिको काम धेरै बेर लागेन, सङ्सङै रहेछ सबै बिरुवा चाढै चाढै काम गरेर सकाइयो र चामे तिर हिढियो। मान सरहरु सधैं होटेल तिब्बतमा बस्ने रहेछन। हामी सिधै होटेलमै गयौं, मान सर फेरी कोठाको कुरा मिलाउदै थिए, मलाई त्याह नि इज्रेली भनठाने छन। र चामेको होटेल तिब्बत कै दिदीले हुन मेरो नाम “इज्रेली चरा भाई” राखेको। 

एकछीन रमाइलो गरेर हामी कोठा तिर गयौं , फ्रेश भएर तल चिया खान झर्यौं। चामेको त्यो होटेलमा होटेल नभएर एउटा परिवार जसरी बसियो, बस्दा नि उस्तै महसुस हुने, होटेल को दिदीहरु नि धेरै रमाइलो, दाई पनि उस्तै, चियाको सट्टा रक्सी चहिने तर मान्छे मनको धेरै राम्रो। 

चामेमा हाम्रो ३ वटा फिल्ड थ्यो र करिब ३ दिन जस्तो सधैं बसिन्थ्यो। घुमेको धेरै ठाउँ मध्धे सदरमुकाममा सबै भन्दा शान्त लाग्ने भनेको मलाई चामे नै हो। जहिले सुन्सान हुन्छ, ट्रेकिङ सिजनमै गए नि उस्तै।

चामेको फिल्ड होटेल बाट अली पर थियो। लग्भग चामे बजारनै सकेर भ्राताङ तिर लाग्न पर्ने। बजार सक्किन लाग्दा एक ठाउँमा पुल तर्न पर्छ। पुल तरेर पारी लागेछी फेरी एउटा सानो दुई चार घर भएको बस्ती आउछ र त्यो बस्ती पछी करिब ५ मिनेटको हिडाइमा हाम्रो फिल्ड साइट आउथ्यो। बाटो बाट एउटा ढिस्क्को चढेर माथि लाग्न पर्ने थ्यो। बिहान खाजा खाइ ओरी हामी फिल्ड तिर लाग्यौ। पहिलो फिल्ड मा हरेक चोटि अगाडी बध्दा मलाई धेरै रमाइलो लाग्थ्यो। नयाँ ठाउँ जो पुगिन्थ्यो, मनाङ मनाङ भनेर बसेको धेरै भएको थ्यो। चामे सम्म पुग्दा नि त्यो हिमाली भुभागले छोइ सकेको हुन्न। बातावरणिय हिसाबले भने रुखहरु र त्यहाका वनस्पतिहरुले हिमाली भेगको आवास भने दिन्छन। तर मैले जुन सोचेको थिए, मनाङको एउटा पारीभाषा थ्यो म मा त्यो भने पुरा भएको थिएन। जहिले पनि मनाङ र मुस्ताङ सँगै आउने गर्थ्यो। म सोच्थे मनाङ पनि मुस्ताङ जस्तै सुक्खा मरभुमी हो। तर जती माथि माथि गैयो, मनाङ देख्दै जादा अचम्म लाग्दै गयो। मुस्ताङ हेरी मनाङ त धेरै हरियाली भएको ठाउँ रहेछ। दुबै हिमाल पारीको जिल्ला भए नि मनाङमा भने त्यस्तो सुक्खापन नरहने रहेछ। पोस्ट मन्सुन बर्षा हुने रहेछ, र हरीयाली नि कायम रहने रहेछ।

हाम्रो चामेको फिल्डको साइडमा भने ठुलो चट्टान थ्यो। तल्लो हिमाली भेगमा हुने जस्तो। पछी पछीको फिल्डमा जादा म तेही चट्टान हेरेर कहाँ छ फिल्ड भनेर पत्ता लगाउथे।

सधैं जसो सामानहरु रेडी गरेर हामी आफ्नो काम तिर लाग्यौ। बिक्रमदाइ र संजय भए सम्म, काम गर्दा कहिले पट्टाइ लाग्दो हुँदैन थ्यो। मनिपुर एफयम र इन्डियाको कथाहरु चालु भै हाल्थ्यो। मान सर कहिले नयाँ बिरुवा खोज्न निस्किन हुन्थ्यो भने कहिले पुतली खोज्न। हामी पालै पालो काम साट्दै काम जारी राख्थ्यौ, कहिले कस्ले खन्ने कहिले कस्ले नाप्ने, र कहिले कस्ले लेख्ने। चामेको फिल्डमा पनि हामी, होटेल १५ मिनेट को हिढाइ भए पनि, खाजा खान भने होटेल नै जान्थ्यौ। होटेल को दिदीलाई बिहानै भनेर निस्किन्थ्यौ, हामी १२ बजे तिर खान खान आउछौ है भन्दै। खान खाइ सकेर केही बेरको बिश्राम पछी हामी फेरी फिल्ड फर्किन्थ्यौ र एकै चोटि काम सकेर साझा होटेल फर्किन्थ्यौ।

चामेमा बसेको दोश्रो दिन तिज परेको रहेछ। त्यस दिन होटेल को दिदीहरुले दर भनेर धेरै मिठो मिठो खाना बनाउनु भएको रहेछ। हामी साझा काम सकेर फर्किदा होटेलमा त हिमाली भेगको लागि लग्भग चौरासी ब्यन्जन नै बनेको रहेछ। आलुको अचार, खिर, माछा, सेल, रोटी। घर को याद नै नआउने गरी त्यस दिन मिठो मिठो खाना खाइयो। नाचगान पनि चल्यो एकछिन, तर हामी दिन भरी थाकेर लोथ भएर फर्केकोले हामी भने सुत्न गयौ। चामे भन्दा अली कती तल त्यस दिन एउटा कन्सर्ट पनि थ्यो रहेछ। राती सम्म हल्ला खल्ला भै रहेको थ्यो।

चामेको अन्तिम फिल्ड भने चामे बजार बाट करिब १ घण्टाको हिडाइमा थ्यो। हामी बिहानै खाजा खाइ ओरी फिल्ड तिर लाग्यौ, त्यस तीन भने खान खान चामे आउन भ्याइन्न थ्यो। काम सकेर सिधै भ्राताङ गएर भात खान पर्ने हुन्थ्यो। भने पछी दिन भरी काम गर्‍यो अनी तेतै बाट भ्राताङ गएर खाएर ढिक्कुरपोखरी गएर बस्न पर्ने। त्यस दिनको काम र हिडाइ राम्रै भयो। भ्राताङ सम्म हिड्दा नै थकाईले मर्न लागि सकिएको थ्यो। बाटो लामो नभए पनि भोको पेट हिढेकोले गार्हो भैसकेको थ्यो। भ्राताङ पुग्न नपाई होटेलमा भात पकाउन भन्यौ र चिया र टेस्टी बिस्कुट भने खान सुरु गरी हाल्यौ।

पेटमा अलीकती खाने कुरा परे पछी अली अली उर्जा आयो र म चरा खोज्न भनेर ओरी पारी डुल्न थाले। भ्राताङको त्यो होटेल बाट पश्चिम पट्टी ठुलो स्याउ खेत छ। र उत्तर पट्टी भने डाडा र शायद माथि पट्टी हिमाल नि देखिन्छ, हामी सधैं दिउसो पुग्ने भएको ले बादलले ढाकेको हुन्थ्यो र कहिले देख्न पाइएन। तर शायद हिमाल भने पक्कै देख्न पर्ने हो। डाडाको एउटा साइडमा भने ठुलो झर्ना छ, झर्ना तल झरेर मर्स्याङ्दीमा मिसिन्छ। एकछिन त्यो झर्नाको फोटो नि खिच्न तिर लागेर म फेरी चराको पछी लागे। भ्राताङमा खसै धेरै चरा भने देखिन्न थ्यो। तेही कल्चौंडे देखिन्थ्यो धेरै, कहिले काही हिमाली काग। एक पटक अली चिसो मौसममा जादा हिमाली परेवाको एक बथान भने देखेको थिए। चरा खोज्दै गर्दा संजयले होटेल बाट “ओइइइइ आइज खान” भनेर बोलायो।

Facebook Comments