सानो ठाउँमा धेरै बोट भएकोले फिल्ड भने अरु ठाउँ जस्तो गार्हो भने थिएन रहेछ। बोटहरु फटाफट भेटिरहेको थियो।

लगातार केही घण्टाको काम पछी भोक लागेर हामी केही खान भनेर होटेल खोज्न निस्क्यौ। होटेल नै त तल दानक्यु पुग्न पर्ने थ्यो जुन केही बेर लाग्थ्यो, हामीले काम गरिरखेको ठाउँको अगाडि एउटा सानो घर थियो। ति घरका एक जना दाईले हामीले काम गरिरहेको हेरिरहेको थिए। उन्कै घर रहेछ। बिक्रमदाइले घर भित्र पसेर केही पकाइ दिन मिल्छ कि भनेर सोधे।

घरमा बुढा बुढी मात्र बस्ने रहेछन। दुबै जाना भखरकै रहेछन। धेरै म ३०-३२ थिए होलान ति दाई, र दिदी भने २४-२५। अन्तर्जातिय भिए गरेर त्यहा बसेको रहेछन। दाई बाहुन र दिदी भने मनाङको मनाङी, जस्ले गर्दा त्यहा घर बनाएर बस्न पाएको रहेछन। हामी चामेमा बस्ने होटेलको दाई नि नुवाकोटको बाहुन नै थिए र उन्को श्रीमती भने गुरुङ। लग्भग सबै तिर फेमस थिए उनी पनि। स्वर्गद्वारीमा बनिरहेको पुलमा नि उन्कै कम्पनीले हो कि तेस्तै के भएर काम गर्दै थिए, र उन्लाई धेरै ले चिन्थे। त्यसरी नै दानक्युको ति दाई नि फेमस रहेछन, अन्तरजातिय बिहे गरेकोले।

खाना तेही खान मिल्ने भए पछी, बिक्रम दाईले चिया बनाउन भनेछन र हामी बाहिर आएर बस्यौ। बाहिर ति दाई काम गर्दै थिए र हाम्ले के गरेको भनेर सोधे, हाम्ले गरेको कामको व्याख्य गर्यौ। उन्ले पनि, पिसाङमा जस्तै हाम्रो मेटल डिटेक्टरले यार्शागुम्बा खोज्न सक्ने नसक्ने कुरा सोधे। कुरा गर्दै जादा उन्ले यार्शा बारे सबै कुरा गरे। मनाङमा यार्शाको ब्यापार, नार-फुमा भएको यार्शा वाला घट्ना बारे धेरै कुरा सुनाए। 

कुरा नसक्किदै भित्र बाट खान पाक्यो है भनेको सुनियो। हामी भान्सा भित्र छिर्यौ र खान थालयौ। खाइ सकेर हामी फेरी काम तिर लाग्न पर्ने थ्यो। काम सकेर धारापानी जान थ्यो ।

खाइ सकेर केही बेरको बिश्राम पछी हामी काम तिर लाग्यौ। काम सक्किदा लग्भग ३ बज्न लागि सकेको थियो। समान प्याक गरेर हिड्दा साडे ३। बाटोमा हिड्दै गर्दा मलाइ भने कहिले जिप आउछ र चढम भनेको थियो। तर जिप भने आएन। दिउसै भएको भए शायद आउथ्यो पनि होला, साझा परी सकेको ले माथि बाट तल जाने गाडी आउने देखिएन।  गाडी आएको खन्डमा हामी बेसिसहर नै पुगिन्थ्यो ,नआए धारापानी मै बस्न पर्ने हुन्थ्यो। धारापानी पुग्दा सम्म नि गाडी नआए पछी हाम्रो त्यस दिनको बास धारापानी मै भयो।

त्यस दिन खासै केही गरिएन। होटेलमा टिभी थ्यो र बिक्रमदाइ आइपियल हेर्न थाले, म नि भान्सामै बसेर टिभी हेर्दै इन्टरनेट चलाई राखे। धेरै पछी इन्टरनेट चलाऊन पाएकोले खुशीको सिमा थिएन, त्यस माथि कुखुराको मासु र भात। नुहाउन भने पाइेको थिएन, तर त्यती बेला जागर भने नि थिएन।

खाना खाइ सकेर एक कप चिया खाएर म रुम तिर लागे। खाटमा बसेर फोन चलाऊदा चलाऊदैमा निदाइ सकेछु। निन्द्रा खुल्दा बिहान भै सकेको रहेछ। बिक्रमदाइ उठेको थिएन्न। म भने भान्सा तिर लागे र चिया पकाइदिन भने, र ब्रश गर्न तिर लागे।

चिया र बिस्कुट खाँदै गर्दा बिक्रम दाई नि आए। र हामी चिया खाएर निस्की हाल्ने भनेर प्लान गर्न थालयौ। जहाँ बाट गाडी पाईन्छ, चढ्ने , नपाए हिढिदिने भनेर हामी समान प्याक गरेर निस्क्यौ।

बाटोमा अझै गाडी आउने छाट्काट थिएन, ठिकै पनि हो, तेती बिहान कता बाट आओस। तल बाट माथि जाने भने आउँदै थियो। हिड्दा हिड्दै हामी म्याग्दी भिर नै पुग्न पर्‍यो गाडी पाउन। परै बाट देखिने भएकोले गाडी भने परै बाट देखी रहेको थिए। कहिले पुगिन्छ जस्तो भएको थ्यो। गाडी भएको ठाउँमा पुगे पछी मैले गाडीलाई अङालो हाले , त्यो देखेर जिपको ड्राइभर नि हाँस्दै थिए।

घुम्न धेरै मन पर्ने भए नि, घुमेर फर्किदा, कलंकी पुग्न लाग्दा काठमाडौंमा बलेको झिलिमिली बत्तीले जती आनन्द केसैले हुँदैन थियो।

खुशीको त सिमै थिएन। केही घण्टा पछी त काठमाडौं पुगिदै थियो…..

3

मनाङमा दोश्रो पटक

पहिलो फिल्डमा सरको काम धेरै भएकोले चरा भने धेरै हेर्न पाइेको थिएन। तेसैले, चराको लागि मात्र भने म फेरी मनाङ जान पर्ने थियो। यस् पाली मान सरहरु कोइ थिएन म सँग जान। एक्लै नि के जानु , कोइ साथी लेर जाउ सजिलो हुन्छ भनेर मलाई सरले भनेकोले मैले सुनीललाई सोधे। उ जान तयार भयो।

केही बर्ष अगाडि हामीले चितवन राष्ट्र निकुन्जमा काम गर्दा , त्यो टोलीमा एउटा पेरुको साथी थियो, अल्बर्टो । उस्को अर्को साथी नेपाल घुम्न आउन लागेको रहेछ, उस्ले हामीलाई मेसेज गरेर मेरो साथी आउँदै छ नेपाल, तिमीहरुले भेट्न सक्छस भनेर सोध्यो। हामीले हुन्छ भन्यौ।

उस्को साथी नेपाल आए पछी हाम्ले ठमेल मा भेट्यौ, उस्ले हामीलाई ट्रेकिङ जान कहाँ ठीक हुन्छ भनेर सोध्यो। तेती नै बेला सुनिलले हामी अन्नपूर्ण सर्किट जान लागेको कुरा उस्लाई सुनायो र उ पनि जान इछुक भयो। 

हामी पर्सीपल्ट हिड्दै थियौ, र उ सँग तयार हुन धेरै समय थिएन। पहिलो कुरा त नेपाल पर्यटन बोर्ड गएर उस्को ट्रेकिङ अनुमती पत्र बनाउन पर्ने थ्यो। भोली नै त्यो काम चाँही सक्न पर्ने भन्दै, पर्यटन बोर्डमा भेट्ने भनेर हामी हामी छुटियौ।  

 अल्बर्टो धेरै रमाइलो मान्छे थियो। उस्को साथी इमानोल कस्तो थ्यो हामीलाई थाहा थिएन। १५ दिन जस्तो कोही नचिनेको मान्छे सँग घुम्नु भनेको नि अफ्ट्यारै कुरा हो। तेही पनि उस्ले इक्ष्या देखाएकोले हाम्ले नाइ भन्न सकेनौ।

भोली पल्ट १० बजे तिर मैले उस्लाई पर्यटन बोर्डमा भेटे। हामी उस्को अनुमती पत्र लिन भित्र गयौ। फर्म भर्दा, कती दिनको ट्रेक भनेर उल्लेख गर्न पर्ने हुने रहेछ। उस्ले मलाई सोध्यो र मैले लाग्ल १५-१८ दिन जस्तो भने। बिदेशी हो टाइम लाग्छ भनेर। हाम्रो काम भने धेरै थिएन। तेही एक हप्ताको थियो। चरा हेर्दै हिढ्ने थियो।  

“क्यान वि डु इट इन फिटिन डेज?” भनेर इमानोलले मलाई सोध्यो।

मैले, मोस्ट प्रोब्याब्ली वि विल भने।

“आइ याम एक्स्साइटेड डिउड! व्हाट टाइम आर वि मिटिङ टुमरो?”

हामीले बेसिसहर बाट हिढ्ने पहिलो माइक्रो समात्न पर्ने भन्दै मैले ६:३० सम्म उस्लाई बसपार्क आउन भने। “आक्स योर ट्याक्सी ड्राइभर टु ड्रप यु अफ याट बस स्टप फर बेसिसहर” भने र म निस्के।

भोली पल्ट बिहान…….

बिहानै गैरिधारा चोक बाट ट्याक्सी लिएर म बसपार्क तिर लागे। सुनिलले नि घर बाट हिंडे भनेर मेसेज गरी सकेको थियो। इमानोल पनि शायद हिढेको थियो होला। मेसेज भने गरिन मैले।

म स्टप पुग्दा सम्म उ आइ सकेको रहेछ। एउटा अर्को बिदेशी केटी सँग बोल्दै थियो। मलाई देखे पछी उ म भए तिर आयो।

“गूड् मर्निङ डिउड” भन्दै हात मिलायो।

मैले नि गूड् मर्निङ फर्काए।

“दिस इज सेसिल” उस्ले आफु सँग भएको बिदेशी लाई देखाएर भन्यो।

मैले हाइ भनेर हात अगाडि बढाए

आइ याम अनुज।

“सेसिल” भन्दै उ मुस्कुराइ।

“सी इज अल्सो गोइङ टु डु सर्किट”

मैले सोचे, उस्ले बस स्टपमा भेट्यो र तेतै जाने भएको ले बोल्यो र उ एक्लै जादै थि अनी हामी सँग आउने भै।

केही बेर मा सुनिल नि आयो।

तेस पछी हामी टिकेट लिन गयौ। माइक्रो छुट्नै लागि सकेको रहेछ र धेरै बेर कुर्न परेन।

सुनिल र म एउटा सिटमा बस्यौ र उनीहरु हाम्रो अगाडि। इमानोल टाइम टाइममा पछाडि फर्किन्थ्यो केही सोध्थ्यो र फेरी अगाडि कुरा गर्थ्यो।

उ पनि पछाडि हेर्थी र मुस्कुराउथी। खासै बोल्न भने बोलेको थियिन। उनीहरु दुबै जना फ्रेन्चमा कुरा गरिरहेको थिए। इमानोल पेरुको थियो, उस्को आफ्नो भाषा श्प्यानिश भए पनि उस्लाई फ्रेन्च नि राम्रै आउने रहेछ। 

सेसिललाई अफ्ट्यारो लागेर नबोली बसेको होला जस्तो लाग्थ्यो तर उस्लाई अङ्रेजी नै न आउने रहेछ। धार्केमा चिया खान रोक्दा, सुनिलले उ सँग कुरा गर्न खोज्दा थाहा भयो। र, इमानोलले उस्लाई बाटोमा भेटेको नि हैन रहेछ। उनीहरु ठमेलमा एउटै होटेलमा रुम शेर गरेर बसी रहेको रहेछन। हिजै मात्र भेट भएको रहेछ। उस्ले आफु अन्नपूर्ण ट्रेकिङ जान लागेको भने पछी उस्ले नि इक्ष्या देखाएर, तेही बेला गएर पर्मिट बनाएर आएको रहेछ। उस्ले आफ्नो बारेमा फ्रेन्चमा भन्थी र इमानोलले ट्रान्स्लेट गर्थ्यो। तेस पछी बल्ल हामी राम्ररी बोल्न थालयौ। उ समाज सेवाको लागि नेपाल आएकी रहेछ। जर्सिङ्पौवा तिर कता स्कुलमा काम गर्ने र काम सुरु हुन अगाडि २ हप्ता जस्तो फ्री भएकोले “हिमालयाज” हेर्न मन लागेको ले आएको उस्ले बाताइ।

चिया खाएर हामी फेरी माइक्रोमा बस्यौ। इमानोल ले उस्लाई म चरा खोज्न हिंडेको भने पछी उ झन उत्साहित भै र, आइ लब बर्ड्स भनेर भनी रे। उस्ले उल्था गरेर सुनायो। मलाई फ्रेन्चमा मेसी बोकु बाहेक केही आउँदैन थियो, तर त्यो समयमा ठ्यक्कै मिल्ने भएर मैले मेसी बोकु भने, र उ झन खुशी भै।

“तु पार्ले फोन्से?” उस्ले सोधी।

स्प्यानिश अली अली आउने भएर मैले पुरै नबुझे नि अनुमान गरे र उस्ले तलाई फ्रेन्च आउछ भनेर सोधेको जस्तो लागेर। नो भनेर भने। उ हासी र मलाई फ्रेन्च सिकाइदिउला भनेर फ्रेन्च मा भनी, जुन इमानोल ले मलाई बुझायो।

मैले “स्योर, आइ वुड लब टु लर्न फ्रेन्च” भने र उ फेरी मुस्कुराइ।

हामी खुलेर कुरा गर्न थाली सकेको थियौ।

इमानोल टाइम टाइम मा “कोमो से दिसे” भन्थ्यो र अङ्रेजीमा त्यो शब्द सम्झेर उस्लाई बुझाउ थ्यो।

सेसिलले उस्लाई फ्रान्समा अन्नपूर्ण हिमाल सगरमाथा भन्दा चर्चित भएको बाताइ। र मैले त्यो सुनेर, मौरिस हेर्जग मात्र के भनेको थिए।

उ , उइ भन्दै खुशी भै। र फेरी मौरिसको बारेमा बताउन थाली। तेसै गरी हाम्रो यात्रा अगाडि बढ्दै गयो र झन रमाइलो हुँदै गयो।

सधैं झै खाना खान मलेखु कटे पछीको होटेलमा रोक्यो। अरु ठाउँ भन्दा त्यहा खाना अली मिठै हुन्थ्यो। तेसैले हामी भात नै खाने भनेर बस्यौ। इमानोल नि “ड्याल भात” भन्दै आयो। सेसिल भने स्न्याक्स खाने भन्दै बदामहरु ब्याग बाट झिकेर खान थाली।

खाना खाइ सकेर गाडी हिड्यो। बेसीसहर पुगेर जिप समतेर च्याम्जे सम्म पुग्न थियो। काम पहिले कै अनुसार दोहोराउन पर्ने भएकोले हिंड्ने पनि उस्तै हिसाब मिलाएर, पहिलो दिनको बास च्याम्जे मै गर्ने प्लान बनेको थियो। मुङ्लिनको पुल कटेर, मर्स्याङ्दी हाइड्रोपावर स्टेसन पुग्न भन्दा केही अगाडि माइक्रो बिग्र्यो। टायरको रिममा क्य्राक कि के भएछ।

“५ मिन मै बन्छ, तर एकछिन सबै जाना ओर्लिनु भन्दै खलासी भाई झ्याल बाट टाउको निकाल्दै करायो”

हामी बाहिर निस्क्यौ र खोला पट्टी गएर बस्यौ। म दुर्बिन र क्यामेर बोकेर निस्के। त्यता तिर सान्तिनो डम्पिङ साइट नै जस्तो फोहोरको थुप्रो हुने गर्थ्यो तेती खेर र गिद्ध नि देखिन्थे। पारी पट्टीको डाडामा कहिले काही लङुर नि देखिन्थे। केही न केही देखिएला भनेरै म क्यामरा बोकेर निस्केको थिए। नभन्दै पारी पट्टीको हरियो डाडामा केही चलेको जस्तो देखियो। मैले औंला देखाउदै “लुक देर” भने र सबैले हेरे। एउटा रुखहरुमा ५-६ वटा बाँदर बसिरहेको थिए।  मैले फोटो खिच्न ट्राइ गरे तर तेती राम्रो भने आएन।

“मोन्ताने” भन्दै सेसिल ले आउँला देखाइ।

“नो माउन्टेन, जस्ट अ हिल” भनेर मैले भने।

इमानोलले ट्रान्स्लेट गर्‍यो र भन्यो, मैले फ्रेन्च बिर्सी सकेको थिए, तिमीहरु लाई ट्रान्स्लेट गर्दा गर्दा फेरी आउने भयो भन्दै हसायो। चरा खोज्दै गरा गाडी को हर्न बज्यो र हामी गाडी तिर लाग्यौ। उनीहरुले नेपालको, घुम्न हिड्दाको एउटा रमाइलो पाटो देखी सकेको थिए, गाडी कती बेला कहाँ बिग्रिने हो भन्ने।

गाडी चल्यो र हाम्रो बेसीसहरको यात्रा सुरु भयो। लग्भग आधी घण्टा जस्तो खेर गएको थियो होला त्यता। बेसीसहर पुग्दा लग्भग १:३० भएको थियो। अब को चुनौती भनेको जिप पाउनु थियो। मान्छे नभरी नलाने भएकोले त्यो नि गार्हो काम थियो। हामीलाई गाडी मिलाउन लग्भग १ घण्टै लाग्यो। गाडी मिलेर हिड्दा ओर्दा ३ नै बज्न लागि सकेको थियो। च्याम्जे नै पुग्न परेकोले खासै फरक भने पर्थेन। च्याम्जे त पुगिन्थ्यो नै जसरी नि।

जिप हिड्यो र सुरु भयो जिन्दगीको एउटा एकदमै सदाबहार यात्रा।

जिपमा भने हामी सबै एउटै सिटमा थियौ। ड्राइभरको पछाडिको लाइनमा ४ जान कोचिएर। झर्ना वा डर लाग्दो बाटो आए उनीहरु उत्साहित हुन्थे र फोटो खिच्न रेडी हुन्थे। केही अचम्मको चिज वा चरा देखे मलाई सोध्थे। फ्रान्समा शायद त्यस्तो बाटो कहिले नहिडेकोले सेसिललाई उफार्दै हिडाएको बाटोमा धेरै रमाइलो लागि रहेको थियो। त्यस माथि मनाङको बाटो। बाटो मै खोलामा जसरी पानी बघेको देख्दा झन उनीहरु अचम्म पर्थे। इमानोलले त एकचोटी “आर यु स्योर दिस इज अ सेफ रुट?” भनेर नि सोध्यो। हुन पनि हो, त्यस्तो डर लाग्दो जो छ बाटो, अनी गाडी भित्र कोचिएर बस्या छ, केही भै हाले के गर्नु?

यु क्यान ट्रस्ट आओर ड्राइभर भनेर मैले आश्वासअन दिए।

राम बजार पुगे पछी गाडी रोकियो। चिया ब्रेक थियो।

हामी गाडी बाट ओर्लियौ। सेसिल फोटो खिच्न थाली हामी होटेलमा चिया भन्न गयौ। एकछिन पछी सेसिल पनि छिरी भित्र , र चिया खान्छु भनी। हामीले अर्को एउटा चिया थप्न भन्यौ।

चिया खाइ सक्दै लग्भग घाम धल्न लागि सकेको थियो। त्यहा बाट अझै केही घण्टा लाग्थ्यो चाम्जे, बाटो टाढा नभए नि उलाको र खाल्डोले गरेर समय लाग्थ्यो। होटेल नपाईएला भन्ने थिएन, खासै धेरै मान्छे बस्ने ठाउँ नभएकोले। धेरै बिदेशी स्याङे सम्म गाडीमा आउथे र त्यहा बाट ताल सम्म हिड्थे। पहिलो फिल्ड जस्तै होटेल च्याम्जे मै बस्न पर्ल भन्ने सोचेको थिए। तर गाडीको ड्राइभरले मेरो दिदीको होटेल छ डिस्काउन्ट दिन्छ, तेतै बस्नु भन्यो र हुन्छ भनियो।

चाम्जे पुग्न भन्दा २ ४ मिनेट अगाडि जस्तो डाडाको टुप्पोमा रहेछ होटेल। वारीपरी डाडा-काडा र हरियाली भएको। दुई जना बिदेशीलाई त झन के चाहियो। उनीहरु त धेरै रमाए। 

चिसो हावामा तातो चिया खाँदै हामी बाहिरको बङैचामा धेरै बेर बस्यौ। पढाई, नेपाल, ट्रेक्किङ र धेरै कुरा गर्दै। खाना रेडी नहुँदा सम्म हामी त्यसरी नै बस्यौ।

खाना खाए पछी आफ्नो आफ्नो रुम तिर लागियो । भोली बिहानै उठेर तिमाङ जो पुग्नु थियो।

बिहानै उठेर ब्रेक्फास्ट रेडी गर्न भनेर हामी डाइनिङ मा बस्यौ। हामीलाई त चिया बिस्कुटले पुगी हाल्थ्यो, उनीहरुलाई नपुग्ला भनेर भनियो। उनीहरुले के खाने भनेको थिए, अगिल्लो रात नै। होटेलको साउजीले हामीलाई नि तेही कुरा होला भनेर उस्तै ब्रेकफास्ट बनाइदेछन। तिब्बतअन ब्रेड, अंलेट, साँधेको आलु, फल्फुल र जुस, लग्भग पुरै अमेरिकन ब्रेक्फास्ट जस्तो।

ब्रेक्फास्ट सक्न नपाई हामी हिड्यौ। उनीहरु च्याम्जे बाट हिढे देखी रमाइ रहेको थिए। हिजो हामी एस्तो बाटो आयौ। कती माथि रहेछ हेर त? एक मिस्टेक भए त सिधै खोला को खोचमा पुग्ने रहेछ भन्दै हिढे। म जिपीयस हेर्दै हिढी रहेको थिए, हरेक २०० मिटर अक्षांश बढे पछी म चरा हेर्न भनेर रोकिन्थे। उनीहरु नि एक छिन ब्रेक लिन भनेर बस्थे। पारी बाट गाडी हिढेको देखेर उनीहरु उत्साहित हुन्थे। रोडै रोड के हिढाउनु भनेर मैले पल्लो पट्टीको ट्रेकिङ ट्रेल बाट लगेको थिए। उनीहरुलाई त्यो बाटो धेरै मन परेको थियो। हरेक डाडालाई माउन्टेन भन्दै खुशी हुन्थे। जब कि हिमाल नै भने देखिएको थिएन त्यो बेला सम्म। म “वेट टिल यु सि यान यक्चुवल माउन्टेन ” भन्थे। 

ताल पुग्न भन्दा अगाडिको उकालोमा उनीहरुलाई अली गार्हो भयो। तेसैले हामी बिस्तारै हिड्यौ। डाडाको टुप्पोमा पुगेर पारी हेर्दा म्याग्दी भिर तिर केही मान्छे एता उता गरिराखेको देखिन्थ्यो। २ ३ वटा जिपहरु रोकेर राखी रहेको थिए।

पारी बसेर मैले बाटो हेरे अनी पछील्लो चोटि आउँदाको द्रिश्य सम्झे। खुट्टाले दु:ख दिएर कनी कनी हिढेको, ताल भन्दा माथिको बाटो पुगे पछी सेता जिप देखेर खुशी भएको सम्झनाहरु अझै ताजै थियो मस्तिस्कमा। केही हप्ता अगाडिको कुरा न हो।

“दिस इज हार्ड” भन्दै इमानोल पछाडि बाट आयो। “इज इट गोइङ टु बि लाइक दिस अल द टाइम?”

“इट्स गोइङ टु बि वोर्स” मैले भने।

उस्ले हिमाल नै पुगे पछी त ठिकै छ, जोसले नि हिडिन्छ, एताको डाडामा गार्हो भयो भन्यो। हुन त उ पेरुको थ्यो, तेसैले हाम्रो डाडा उस्लाई नि डाडै हुन्थ्यो हिमाल नभएर। सेसिल भने पछाडि बिस्तारै आउँदै थि। हामी त्यहा एकै छिन रोकियौ, बिश्रामको लागि। सेसिल ले फ्रेन्च मा केही सोधी मलाई, अनी इमानोल ले उल्था गर्‍यो। उस्ले, त कती चोटि आएको छस एता भनेर सोधेकी रहेछ। मैले यो भन्दा अगाडि एकचोटी भनेर भने। उस्ले देज वाजु? भनी, चरा ? भनेकी रहेछ। मैले फेरी उइ भनी दे। उ टाइम टाइममा “कोमो दिभु …..” 

भन्दै इमानोललाई सोध्थी। यो कुरा कसरी भन्ने भनेकी रहेछ। उस्लाई अङ्रेजी आउथ्यो तर तेती धेरै हैन। तर उस्ले त्यो ट्रिप भरीमा अङ्रेजी सिक्ने र मलाई फ्रेन्च सिकाउने बाचा गरेकी थि।

उनीहरु अझै बसम भन्दै थिए, तर त्यह बाट ५ मिन को हिढाइमा मेरो फिल्ड पोइन्ट भएकोले मैले भने अगाडि जाम म २० मिन जस्तो चरा हेर्छु अनी तिमी हरु तेतै बस्नु भनेर भने र हामी हिड्यौ। म हरेक २०० मिटरको अक्षांश पछी चरा खोज्न हिड्थे।  चरा गन्न “पोइन्ट काउन्ट विधि” को प्रयोग गरिन्छ। जस्मा एउटा ठाउँमा बसेर कारीब ३० मिटर सम्मको रेडियसमा, १५ मिनेट सम्म देखिएको सबै चरा टिपिन्छ। समय र रेडियसमा भने फरक पर्न सक्छ। मैले भने आफ्नो बिधीमा तेती समय र रेडियसमा गरेको थिए।

काग, हिमालयन बुलबुल, भङेरा, सेतो टिक्टिकेहरु प्रसस्तै थिए। कापीमा लेखेर, फोटो खिचेर म र सुनिल एउटा ढुङ्गा बसी राखेको थियौ। पछाडि बाट इमानोल र सेसिल आएछन। उनीहरु पनि ढुङ्गा माथि चढे र वरीपरी हेर्न थाले। “बिउटिफुल” भन्दै उनीहरु खुशी देखिन्थे। सेसिलले चरा देखिराछस भनेर सोधिछ, इमनोलले भन्यो। अ ! अली अली भन्दै मैले फोटो देखाइदिए। उस्ले फेरी बिउटिफुल भनी। १५ मिन सक्के पछी हामी फेरी हिंड्न थालयौ। ताल पुग्न अगाडिको त्यो डाडा मनाङ र लम्जुङको सिमाना पर्छ। तालमा स्वागत छ भनेर लेखिएको एउटा सानो ढोका पार गर्दै हामी मनाङ छिर्यौ। मेरो भने मनाङमा दोश्रो पल्ट थियो त्यो। 


नयाँ यात्रा, नयाँ मित्रता

अन्नपूर्ण सर्किट भरीमा रमाइलो ठाउँहरु मा ताल मलाई एकदम मन पर्ने ठाउँ मा पर्छ। खोलाको किनारमा रहेको बस्ती, पारीको डाडा बाट निला छत भाका घरहरु र पृष्‍ठभुमीमा एउटा लामो झर्ना देख्दा, सानो छदा फोटोस्टुडियो मा फोटो खिच्न जादा पृष्‍ठभुमीमा हुने तस्बिर जस्तो देखिन्थ्यो। शायद त्यो कतै बिदेशको हुन्थ्यो होला, तर त्यो भन्दा मनोरम देखिने द्रिश्य आफ्नै देशमा रहेछ। पछीलो यात्रामा डाडा पारी बाट मात्र देखेको थिए, यस् पाली भने तालको बस्ती बाटै हिढ्दै हामी अगाडि बढ्दै थियौ। बस्ती सक्किन नपाई त्यो झर्न आयो। उनीहरु त झन धेरै मक्ख परे। इमानोलले आफ्नो गोप्रोमा भिडियो नि बनाउन थालयो। सेसिल फोन बाट सेल्फी खिच्दै थि।

एकदिन अगाडि सम्म हामी सँगै हिंडे नि खासै नचिनेको मान्छे जस्तो थियौ, तर बिस्तारै उनीहरु सँग मिल्दै थियौ हामी। सुनिल र म भने स्नातक देखीको साथी। हामी धेरै चोटि त्यसरी डुल्न निस्की सकेको थियौ। जता गए पनि केही न केही रमाइलो भने भै हाल्थ्यो। तेस्ले र मैले शायद बिर्सिदै नबिर्सिने एउटा यात्रा भने कालिन्चोकको थियो।

कालिन्चोकको बारेमा धेरै सुनिएको थियो, त्यस बेला धेरै चर्चित नै त थिएन तर धार्मिक हिसाबले मान्छे गै राक्थे। टुइटरमा कस्ले हो फोटो राखेको देखेर हामी पनि गैदिन पर्छ भन्ने निर्णय बनाइयो। पुरानो बसपार्क बाट चरिकोट जाने बस चल्छ भन्ने हाम्लाई थाहा थियो। कालिन्चोकको चाँही धेरै कुरा थाहा थिएन। तर मैले सुने अनुसार २ घण्टा जस्तो हिढ्न पर्छ भन्ने मलाई एक जाना गएर आएको मान्छेले सुनाएको थियो। तेतीको भरमा हामी बिहान ७ बजे तिर बसपार्कमा भेटेर चरिकोट तिर हिड्यौ। करिब ३ बजे तिर चरिकोटमा बस्ले हाम्लाई ओराल्यो। खाडीचौरमा खान खाइेको थ्यो, तर बाटो खराब भएकोले धेरै समय लागेर चरिकोट पुग्दा सम्म भोक लागि सकेको थियो। चरिकोट ओर्लेर हामी चिया खान भनेर एउटा पसलमा पुग्यौ। चिया बनाइदिन भन्दै सुनिल साउजी तिर लाग्यो र डुनट नि बोकेर आयो।

“खाजा नखाइ सकिन्न हिंड्न, केही खाएर जाउ मुला ” भन्दै।

“भाइहरु कता हिड्या?” चिया पसलको दाईले सोधे।

कालिन्चोक जाउ भनेर हिड्या, मैले भने

“ए अनी आज एतै बस्ने?”

“हैन, कुरी जाने” सुनिलले भन्यो।

“एती बेला? अली ढिलो भएन र?”

पुगी हालिएला नि। भखर ३ बज्न लाग्यो।

“पुगिन्छ तर राती पर्छ” दाईले भने।

होर? कती घण्टा लाग्छ र?

“करिब ६ घण्टा जस्तो”

मलाई जस्ले भनेको थ्यो उस्ले २ घण्टा जस्तो भनेको थ्यो। म एक्छिन छक्क परे। सुनीलले मलाई हेर्यो, के हो कुरा भनेको जसरी। तेतिकै झुट त नबोल्न पर्ने भन्ने सोचियो। पछी बुझ्दा थाहा भयो उस्ले कुरी बाट भनेको रहेछ। चरिकोट बाट हैन। चरिकोट बाट त लग्भग १७ किमी जस्तो पो रहेछ।

परेन फसाद! अब हिंड्न त पर्‍यो। बरु छिटो छिटो हिंड्ने तर माथि नै जाने भनेर हामी चिया खाइ सकेर दौडी हाल्यौ।

पहिले त बाटो खोज्नै एकछिन टाइम लाग्यो। चिया पसलको दाइले पत्रीकाको एउटा टुक्रामा नक्सा बनाइदेको त थिए। तर त्यो नक्सा भने नक्साको आविस्कार गर्ने वा नक्साबिदले नि बुझ्न सक्दैन थ्यो। एउटा थोप्लो थ्यो त्यहा बाट एउटा लाइन कोरिएको थियो। तर उस्ले, एउटा बैंकको देब्रे पट्टी बाट भर्र्याङ् छ, त्यो भर्र्याङ् बाट माथि लागेर गए आर्मीको क्याम्प पुग्छ अनी त्यता बाट देब्रे लाग्ने भनेर सिकाएको थ्यो र हामी तेही खोज्दै हिड्यौ। बाटो मा ३ ४ चोटि अरुलाई सोध्न नि पर्‍यो। 

सुरुमै राम्रै हिढाइ रहेछ। रोडै रोड जस्तो हिडिदै थ्यो। डुनटले धान्ला जस्तो लाग्न छोडि सकेको थियो। वरीपरी केही आउँला जस्तो नि थिएन। तर सुरुमा जोस भएकोले हामी जे जनावर, धेरै जस्तो चरा र पुतली, जता देखे नि फोटो खिची हाल्थ्यौ। बिस्तारै भोक लाग्न थाली सकेको थियो। हामी सँग खाने कुरा नि थिएन।

“केही बोक्न पर्ने थ्यो मुला, तल बाट खाने कुरा ” भन्दै थ्यो सुनील।

मलाई नि भोक चाँही लागि सकेको थियो।

केही बेरको हिढाइ पछी हामी देउराली पुग्यौ। देउरालीमा भने होटेलहरु थिए। हामी सबै भन्दा पहिलो होटेलमा छिर्यौ र चाउचाउ बनाइदिन भन्योउ। वाइवाइ अन्डा हालेर।

“कालिन्चोक जादै बाबुहरु ?” भनेर होटेलको साउनी ले सोधिन  

अ! पुगिएला नि चाढै नै। एती बेला बल्ल हिडियो। बाटो झुक्किने छ कि कस्तो छ?

“पुगिन्छ, झुकिन्ने छैन। त्यो बिजुलीको पोल पछ्याउदै गए ठ्यक्कै कुरी पुगिन्छ”।

उन्ले तेती भने पछी हराइन्न भन्ने भयो। बरु छिटो खाएर निस्की हाल्ने भनेर हामी तयार भयौ।

चाउचाउ खाइ सक्न नपाई हामी हिड्यौ। बिस्तारै उकालो बढ्दै थियो। देउराली पछीको उकालोको टुप्पोमा एउटा सानो चोर्तेन थियो। त्यहा एकछिन बसेर फोटो खिचियो र बिश्राम नि गरियो। र फेरी हिंड्न थालइयो।

हिढ्दा हिढ्दै रात पर्न लागि सकेको थियो। कुरी आउने नामो निशान थिएन। न बाटोमा एउटै मान्छे देखिएको थियो न कुनै जनावर नै।

केही बेर मै रात परी हाल्यो। रात परे पछी जङल को बाटो नदेखिएला भनेर, हामी बिजुलीको पोल छोडेर बाटै बाटो हिंड्न थाली सकेको थियौ। जुन गर्दा हाम्रो हिडाइ झन धेरै हुन जान्थ्यो। तर कमसेकम बाटो मा होइन्थ्यो र हराइन्न थ्यो।

जती हिंडे नि गन्तब्य भने आउँदैन थियो। दुबै जाना थाकी सकेको थियौ। अब त भोक नि लाग्न थाली सकेको थियो। अन्दकार रातमा एउटा सानो टर्च लाइट बालेर दुई जाना लखर लखर हिढी रहेको थियौ। टर्चनी धेरै मज्जा ले बल्दैन थियो। न बस्तीको केही अवास आउथ्यो न केही, देखिन्थ्यो त खाली अन्दाकार र आकाशमा अनगिन्ती चम्किला ताराहरु। न छोडेर कतै जानु , न तेही बसिदिनु। शायद चैत्रको महिना थ्यो, चिसो नि हुन थाली सकेको थियो। कुरी पुग्नु भन्दा अगाडि नै हिउ थियो। हामी सकी नसकी अन्दकारमा हिंडेको हिडै गर्यौ। कहाँ पुगियो नि थाहा थिएन, कती बाँकी थ्यो नि थाहा थिएन। एउटा स्थलमा पुगेर त हिंड्नु कि नहिंड्नु भै सकेको थियो, तर राती जङलमा बस्ने भन्ने त कुरै थिएन, एउटा त चिसो , अर्को खाने कुरा केही थिएन। एउटा समयमा त एती थाकिएको थियो कि, हिंड्नलाई केही उर्जै बाँकी थिएन। हामी थाकेर भुइ मै बसेको थियौ, हाम्रो साइडमा एउटा ठुलो ढलको पाइप थियो। एकछिन त के एही पाइप भित्र रात बिताउन सकिएला भनेर नि सोच्न थाली सकिएको थियो। अन्दकारमा त्यो सानो प्रकाश को टर्च बाल्दै हामी हिडि राख्यौ, कहिले आउँदैन जस्तो भै सकेको थियो। तर कता कता कुकुर भुकेको आवाज आयो। तेस पछी ज्यानमा आँफै कहाँ बाट उर्जा आयो। तर वारीपरी बत्ती भने थिएन। एउटा ठाउँमा पुगेर ओरालो आयो। हामी एक्छिन अल्मल्लियौ। हिमाली भेग जान भनेर हिंडेको छ, ओर्लिन पो परेको छ। त्यो नि अन्दकारमा।

बाटो एही त हो भनेर एकछिन सोच्न वाध्य भयौ। तर अली कती अगाडि झरे पछी तल खाल्डो मा एउटा घरमा सानो बत्ती बलेको देखियो। कतै कतै अरु फट्ट फुट्ट बत्ती थिए, तर धेरै जसो अन्दकार नै थियो। शायद त्यो कुकुर नि तेही भुकेको थियो।

हामी हतारिदै तल ओर्लियौ। सबै भन्दा पहिले जुन घर आयो, तेही गएर कोठा छ भनेर सोध्यौ। एक जाना बुढो मान्छे थिए र उन्ले छ भनेर हाम्लाई कोठा तिर लगे। यो सबै अन्दकार मै भै राखेको थियो। उन्को हातमा नि एउटा सानो टर्च त थियो, तर हाम्रो जस्तै धेरै उज्यालो थिएन। उन्ले हाम्लाई तेही घरको दक्षिण पट्टी रहेको एउटा काठको घर मा लगेर र कोठा देखाए। दुई वटा खाट थियो, र केही सिरकहरु।

तेती बेला त हामी ढुङ्गा खाएर भुइमै सुत्न नि त्यार थियौ। खान नि बन्छ? हाम्ले सोध्यौ। बुढाले, म बुझ्छु भनेर बाहिर निस्के। हामी आफ्नो झोलाहरु राखेर उन्को पछी पछी लाग्यौ।

भान्सा भित्र बाट उन्को बुढीले, तरकारी केही छैन, दाल भात मात्र छ भनिन। हाम्ले हुन्छ भन्यौ, भोक को सुरमा।

तर जब खान लाई रेडी भैयो, म त्यो पल कहिले बिर्सिन्न। एक चम्चा भात मुखमा हाले पछी , त्यस रातको त्यो अन्तिम गास भएको थियो मेरो लागि। नमिठो भएर हैन, पिरो भएर। दाल र भात मात्र भए पनि दालमा अचार मा हाल्ने भन्दा धेरै पिरो हालिएको थियो। एक गास बाट दुई गास खान सकिन मैले। सुनिल भने अली अली पिरो खान सक्ने भएको ले खादै थियो। मैले तेही छोडिदिए र रात भरी भोकै बस्न परेको थियो। कोठा मा छिर्दा फेरी एती छिटो थियो कोठा, सुरुमा हेर्न आउँदा, उत्साह र रुम पाएको खुसी ले हो वा हिढेर तातो हुँदै आएको भएर हो याद गरिएन छ। पछी जादा थाहा भयो कती चिसो रहेछ। सिरक ४ वटा जस्तो थियो भनेर खुशी भएको, सिरक ओढ्नु भन्दा नओडेकै तातो हुने जस्तो थियो। 

त्यस पछी पनि हामी धेरै सँगै डुलेको थियौ, तर सधैं खाने कुरा भने बोकेरै हिड्थ्यौ। यस् पाली चाँही बोकेको थिएनौ। बाटोमा सबै कुरा सजिलै पाउने भएर। 

तालको बाटो सकेर कोत्रो पुग्दा झर्ना देखेर उनीहरु धेरै रमाए। सम्भवतः तेतीको झर्ना पहिले नदेखेको ले होला। पानी धेरै भएकोले जुत्ता खोलेर हिड्दा ठीक हुन्छ भनेर भनेको थिए, सेसिलले खोलेर हिडि, तर इमानोल भने केही हुन्न भन्दै जुत्ता लगाएरै ढुङ्गा माथि चढ्दै हिड्यो।

धारापानी पुग्दा सम्म भोक लागि सकेको थियो। र हामी तेतै खाना खान रोकियौ। ३ वटा दाल भात मगायौ। सेसिलले भने अरु केही खाइ। खाइ सकेर निस्किदा मैले क्यामरा होटेलमै बिर्सेंछु, त्यस बेला म सँग क्यामरा थिएन, मैले सन्ज्यको क्यामरा बोकेर हिंडेको थिए। बिर्सेंको भए त बर्बाद नै हुन्थ्यो। 

म र इमानोल अगाडि निस्केको थियौ, केही बेर हिंडे पछी मैले क्यामरा सम्झे र लिन भनेर फर्के। सेसिल र सुनिल पछाडि आउँदै रहेछन। के भयो भनेर सोध्यो सुनिलले, म क्यामरा भन्दै दौढे।

जब होटेल पुगे त्यहा क्यामरा थिएन। मैले त खाना खाने तेबलमै राखेको थिए। एकछिन डर लाग्न थाली सकेको थियो। भान्सा मा गएर होटेलको दाईलाई सोधे, मैले क्यामरा छोडेछु दाई एता, देख्नु भएको छ?

“तपाइको साथीले लेर गएको छ भाई”

सुनिलले क्यामरा देखेर लगेको रहेछ। म लिना गएको देखेर केही भनेन। पछी फर्किदा हाँस्दै थियो। 

हामी गफ गर्दै तिमाङ तिर लाग्यौ, दानक्युमा स्याउ बेच्न राखेको देखेर उनीहरुले स्याउ खाने इक्ष्या देखाएर हाम्ले स्याउ किनेर खायौ। स्याउ टोक्दै हामी तिमाङको डाडा चढ्न थालयौ। केही हप्ता अगाडि तेही ठाउँमा खुट्टा घिसार्दै फिल्डमा काम गरेको याद आयो। त्यो होटेलमा खाएको खाना, दिन भरीको काम। फिल्ड मा अझै नि कत्ती बिरुवाहरु तलाई थिए। हामी हिड्दा थिचिएर। त्यहा बाट तिमाङ अझै केही समय लाग्थ्यो पुग्न।  

हामी गफ गर्दै तिमाङ तिर लाग्यौ, दानक्युमा स्याउ बेच्न राखेको देखेर उनीहरुले स्याउ खाने इक्ष्या देखाएर हाम्ले स्याउ किनेर खायौ। स्याउ टोक्दै हामी तिमाङको डाडा चढ्न थालयौ। केही हप्ता अगाडि तेही ठाउँमा खुट्टा घिसार्दै फिल्डमा काम गरेको याद आयो। त्यो होटेलमा खाएको खाना, दिन भरीको काम। फिल्ड मा अझै नि कत्ती बिरुवाहरु तलाई थिए। हामी हिड्दा थिचिएर। त्यहा बाट तिमाङ अझै केही समय लाग्थ्यो पुग्न, पहिलो पटक आउँदा सन्जयले तेही हो, आइ हाल्छ भन्दै लगेको जस्तै यो पाली उनीहरुलाई म तेही गर्दै थिए।

अरु भन्दा नि धेरै चाँही सेसिल थाकेको थि। पहिलो दिन हो, भोली बाट बानी बस्छ भन्दै हिड्दै थि। इमानोल नि भोली बाट सजिलो हुन्छ भन्दै थियो। च्याम्जे देखी तिमाङ को बाटो नि लामै हिढाइ मा पर्छ। थाक्नु पनि स्वाभाबिक नै थियो। तिमाङको तल्लो गाउ पुग्दा सम्म त लग्भग सबै जना थाकिएको थियो। दानक्यु बाट हेर्दा माथि घाम लागेको थियो, त्यहा पुग्दा सम्म भने बादलले ढाकी सकेको थियो। पसिनाले झ्यान निथुर्क्क भिजेको, केही बेर रोकिए पछी चिसो हावाले बिस्तारै छोएर आनन्द आइ रहेको थ्यो। त्यहा बस्नको लागि एउटा कुर्सी जस्तो बनाइेको थियो बासको। हामी तेही बसेर बिश्राम गर्दै थियौ।

सेसीलले इमानोललाई केही सोधी, र उस्ले हाम्लाई अब कती बेर छ भनेर सोध्यो।

मैले करिब १० मिनेटमा होटेल पुगिएला भने। हामी पहिले बसेकै होटेल मा बस्ने वाला थियौ। तेती भने पछी उनीहरुमा जोश देखियो र उनीहरु हिंड्न थाले। लगभग 15 मिनेट जस्तोमा हामीले होटेलहरु देख्न थालयौ। हाम्रो होटेल उकालो सक्किन नपाई थियो।

होटेलमा पुगेर रुमको बारे बुझ्दा, रुम छ भने, तर अर्कै होटेल तिर लगे। होटेल त तेही रहेछ, तर नयाँ बिल्डिङ थ्यो साइडमा त्यो नि उनिहरुकै रहेछ। हामीलाई त्यता लगेर राखे। तेही हामी बसेको होटेलकै साइडमा। तर त्यता चलाउने मान्छे भने अर्कै देखिन्थे। शायद तेही होटेल वालाको कोही आफ्नत थिए।   

आफ्नो आफ्नो रुममा गएर ब्याग राखियो अनी डाइनिङ तिर भेटियो। सुनिल र म चिया पिउन तयार भएर बसेको थियौ। इमानोल तल आएर, तातो पानी हुन्छ यहाँ? मलाई नुहाउन छ भन्न थालयो।

“हिजो नि नुहाउन पाएन, आज दिन भरी हिंडेको छ , नुहाउन पर्छ, सेसिल नि नुहाउछु भन्दै” छ भन्यो।  

होटेलमा सोधेको, गिजर रहेछ। २०० रुपैया एकचोटीको भने। उस्ले ठिकै छ भनेर गिजर खोली दिन भन्यो।

इमानोल माथि गयो, उस्को पछी पछी म पनि गए। भर्र्याङ् चढेर माथि लागे पछी मैले, त नुहाएर सुटुक्क निस्की अनी म छिर्छु भने, उस्ले हुन्छ भन्यो। उ नुहाउन छिर्यो र म फेरी तल लागे। चिया सकेर माथि आए, अनी लुगा जम्मा गरेर उ कहिले निस्किन्छ भनेर कुरेर बसे।

उ नुहाएर निस्किना साथ म छिरे र हत्तपत्त नुहाउन थाले। तातोपानी मा नुहाउन पाएको, त्यो नि दिन भरी हिढेर पशिनाले भिजेको जिउ। मज्जाले पानी हालेर, साबुन दल्दै थिए , तातो पानी त रोकियो। लग्भग जिउ भरी साबुन दली सकेको थिए। रुमालले नै पुछौ भने नि सानो रुमाल थियो। साबुन नै त पुछेर कसरी जान्थ्यो। तर एकछिन पछी पानी फेरी आयो, तर चिसो!

समय हेरेर हुने रहेछ, कि त त्यो होटेलको मान्छेले म छिरेको देखेर बन्द गरेको हो। जे होस् पुरा जिउ भरी साबुन लिएर अब त्यो तिमाङको चिसो पानी ले जिउ पखाल्न पर्ने थियो। एकचोटी लामो सास फेरे अनी फटा फट नुहाएर बाहिर निस्के। तेस पछी त्यो ट्रिप भरी एकचोटी नुहाइेन। सम्बभत: मुख पनि धोइेन। 

मरिन्छ कि क्या हो जस्तो हुँदै म बाथ्रुम बाट निस्के र सिधै भान्सा तिर गए। चिया मगाइ हाले।

सुनिल तलै थियो, एस्तो एस्तो भयो भनेर सुनाए।

“तेही भएर नुहाउन नै हुन्थेन”

एस्तो चिसो पानीले त कहिले नुहाइेको थिएन होला।

“मुक्तिनाथ बिर्सिस”?

त्यस पछी बल्ल मलाई मुक्तिनाथको याद आयो! शायद यो दोस्रो चिसो पानी थियो होला….

२०६७ को चैत्र को कुरा हो। हामी मुक्तिनाथ गएको थियौ, स्नातककोत्तर गर्दा। बिहानै जोम्सोम बाट हिंडेर हामी मुक्तिनाथ तिर लाग्यौ। मुक्तिनाथ वारीपरी टन्नै हिउ थियो, धारा को पानी भने जमेको थिएन, एस्सै नि धारामा त दौढियो। मन्दिर अगाडिको त्यो सानो दुइटा कुन्ड भन्ने वा पोखरी भन्ने, तेस्मा भित्र छिर्दा, पानी एती चिसो रहेछ कि, म उठ्न नि सकिन एकछिन त। झन्डै अरुले उठाउन परेको थियो। शायद तेस्लाई यो पानीले जित्दैन थियो। त्यो एउटा जमेकै पानीमा हाम्फालिएको थ्यो भने यो तेती चिसो थिएन।

केही बेर मा सबै जाना तल जम्मा भयौ। मैले नुहाउदा को कथा सुनाउदा उनीहरु नि एकछिन सम्म हासे। खाना तयार भए पछी खाइयो र रुम तिर लागियो।

भोली पल्ट बिहान चाढै उठियो। प्लान भने पिसाङ सम्म पुग्ने थियो। तेसैले अली चाढै हिंड्न पर्ने भयो। ७ बजे सम्म हामी होटेल बाट निस्की सकेको थियौ। उनीहरुले अझै थाकेको ले गर्दा बिस्तारै हिढौ भन्दै थिए। हाम्ले हुन्छ भन्यौ र त्यस दिन बिस्तारै नै हिडियो। जब मेरो चरा हेर्न पर्ने बेला हुन्थ्यो हामी केही बेर लाई बिश्राम लिन्थ्यौ। अनी फेरी हिडिन्थ्यो। बिहान ब्रेक्फास्ट नगरि हिंडेकोले हाम्ले चामेमा भात खाएर निस्किदा ठीक होला भनेर त्यता रोकियौ। तेस पछी सिधै भ्राताङ पुग्न पर्थ्यो।

चामे पुगे पछी हामी पहिलेकै होटेलमा गयौ। पहिलो फिल्डमा आउँदा मेरो दारी धेरै लामो थियो। यो पाली भने काटेर गएको थिए। सुरुमा त होटेलको दिदीले चिनिन्न। एकछिन पछी “छ्या इज्रेली भाई पो रहेछ भनिन”।

त्यो सुनेर भित्र बाट अरु बहिनीहरु नि आए। हालखबर के छ कस्तो छ, कती दिन बस्ने, सर कहाँ छन भनेर सोधे।

मैले यो पाली चामे नबस्ने र सिधै पिसाङ जाने बाताए, खाना मात्र खान रोकिएको भनेर भने पछी खाना नि बनाइदी हाल्न आग्रह गरे। ४ थाल चिकेन भात!

खाना तयार हुँदा सम्म हामी गफ गरेर बस्यौ।

इमानोललाई दालभात धेरै मन परेको थियो। उ अरु भन्दा तेही खान रुचाउथ्यो। चामेमा भने धेरै मिठो खाना खुवाउथे। एकदुइ गास खान नपाई उनीहरु खुशी भए। खाना सँगै डल्ले खुर्सानी नि राखिदिएको थिए। म पिरो फिटिकै खान नसक्ने भएको ले चासै दिन। सुनिल अली अली खाइरथ्यो। इमानोलले मलाई नि ट्राइ गर्न मन लाग्यो भन्यो र अली कती टोक्यो। सक्किन नपाउदै आथा उत्थु गर्न थालयो। हामी मज्जाले हास्यौ।

“तैले खाएर देखा अनी हास” इमानोल ले जिस्काउदै भन्यो।

खाइदिन्छु म खान परे, मैले भने।

“ल त खाएर देखा एउटा सिङै खुर्सानी, म तलाई १००० रुपैया दिन्छु” उस्ले चुनौती दियो।

आफुलाई फेरी चुनैती दिए पछी सके सम्म स्विकार गर्नै पर्ने रोग छ। म पिरो फिटिक्कै खान सक्ने मान्छे हैन। डल्ले खुर्सानीको त झन के कुरा गर्नु।

उस्ले मेरो अगाडि सबै भन्दा ठुलो खुर्सानी राखिदियो र भन्यो। यो खान पर्छ तैले अनी पानी वा गुलियो केही खान पाउदैनस ५ मिनेट सम्म।

मैले हुन्छ भने। उस्ले आफ्नो गोप्रो अन गर्‍यो र भिडियो बनाउन थालयो।

मैले खुर्सानी टोके। एती पिरो थियो कि के भन्नु। एक चोटि टोक्न नपाई मेरो मुख बाट धुवा निस्की सकेको थियो। खुर्सानी भने लग्भग सिङै बाँकी थियो। टुप्पो मात्र टोकेर हेरेको थिए। 

तर म आसुँ आउँदा सम्म खाइ राखे। आधा मिनेट जस्तो लाग्यो होला त्यो खुर्सानी सकाउन तर सकाएर छोडे। जिब्रो र ओठ पोलेर नै मरिन्छ कि जस्तो भएको थियो तर कनी कनी पानी नखाइ बसे।

५ मिनेट पछी उस्ले मलाई १००० रुपैया दियो!

तैले खान्छस जस्तो लागेकै थिएन। बेक्कर १००० रुपैया हारे भन्दै थियो। तैले नै त हो मलाई खा भनेको भनेर मैले उस्लाई १००० को नोट देखाएर जिस्काए।

हामी होटेल बाट निस्केको धेरै बेर पछी सम्म पनि मेरो जिब्रो पोली रहेको थियो। भखरै जितेको १००० रुपैया बाट मैले अली अली चक्लेट किनेको थिए चामेमा। तेही खाँदै हिढ्दै थिए, पिसाङ तिर।

बाटोमा होटेलको दाई भेट भयो। स्वर्गद्वारी बाट गाडीमा फर्किदै रहेछन।

“किन हिड्न हुन्छ भाई, म छोडि दिन्छु त्यहा सम्म” भन्दै थिए तर मेरो काम गर्दै जान परेकोले हामीले हिंडेरै जान्छउ भन्यौ।

थान्चोक देखी भ्राताङ सम्म को बाटो मलाई धेरै रमाइलो लाग्छ। च्याम्जे देखी हिड्दा त्यहा पुगे पछी बल्ल हिमाली भेगमा पुगेको जस्तो महसुस हुन्छ। हरिया सल्लाका बोट हरु, ठुला ठुला हिमाली चट्टान का डाडाहरु। र मर्स्याङ्दीको त्यो मिठो आवाज।

कुरै कुराको सुर मा कती खेर भ्राताङ पुगियो पत्तै भएन। हामीले त्यहा एकैछिन चिया पिउनलाई बिश्राम लियौ। सेसिललाई मैले पारीको झर्ना देखाइ दिए र उ फोटो खिच्न भनेर गै।

 भ्राताङ देखी स्वर्गद्वारीको बाटो उनीहरुलाई नि धेरै रमाइलो लाग्यो। पहिलो फिल्डमा खुट्टा पोलेर त्यो ढुङै ढुङ्गाको बाटो हिंडेको सम्झिदै हिड्दै थिए म। मनाङ देखी कसरी ताल सम्म पुगे जस्तो लाग्यो एकैछिन त।

“हाउ फार इज द प्लेस”? इमानोल ले सोध्यो

“वी आर अल्मोस्ट देर, वि ह्याब टु गो डाउन , थेन क्रस अ ब्रिज यान्ड थेन क्लाइम्ब अप द हिल यान्ड वि विल रिच द प्लेस”

“२ आओर्स?”

“सम्थिङ लाइक द्याट”

२ घण्टा अली लाग्दैन थियो, तर हामी बिस्तरै नि हिड्दै थियौ, र मेरो काम नि गर्न थियो।

स्वर्गद्वारी पुगे पछी इमानोलले

“इज दिस द ब्रिज?” भनेर सोध्यो

“एस, नाउ वि क्लाइम्ब” भन्दै म हिंडे

डाडा को टुप्पोमा पुगेर अली कती हिंडे पछी ढिक्कुर पोखरी आउथ्यो। उस्ले तेही नै हाम्रो त्यस दिनको गन्तब्य सोचे छ। मैले अझै हिंड्न बाँकी छ भने पछी उ एकछिन निराश भयो। सेसिल पनि।

तर त्यहा बाट धेरै टाढा छैन भनेर आश्वासन दिए। तर उस्ले सिधै तेरो विश्वाश लाग्न छोड्यो बाटोको कुरामा अब भनिदियो।

मेरो बानी तेस्तै थियो। धेरै बाँकी छ भने मान्छे उत्प्रेरित नै हुन्नन, आइ हाल्यो भन्दै कुदाउने अनी। अझ कालेज बाट घुम्न जादा त मेरो “अब दुई मिनेट” त प्रसिद्ध भएको थियो।

यो पाली भने, ओरालो, पुल अनी उकालो अनी आयो भन्ने प्रसिद्ध भएको थ्यो।

हामी केही बेर ढिकुर पोखरीको पोखरी मा बस्यौ। त्यहा सेतो टिकटिके र भद्राइ धेरै पाइन्थ्यो। यस पाली भने हिमाली गिद्ध पनि दुई वटा देखे। १५ मिनेट जती त्यता बसेर हामी पिसाङ तिर लाग्यौ। मलाई पुरानो होटेलमा भने बस्न मन थिएन। त्यो होटेलमा पुरानो ट्रिपमा एती बसियो कि यो पाली त्यो होटेल हेर्न नि मन थिएन। तेसैले हामी पोखरीलाई एक राउन्ड लगाएर पारी पट्टी गयौ र माथिल्लो पिसाङ तिर लाग्यौ।

तेस्को मत्लब फेरी उकालो चढ्न पर्ने थियो।

इमानोल र सेसिल खुशी थिएनन। म भने माथि त हिड त्यहाको भिउ देखे पछी सबै थकाई हराउछ भन्दै हिडि रहेको थिए। जब हामी पिसाङ पुगियो भिउ जती सबै बादलले ढाकेको थियो। हुँदा हुँदा तल्लो पिसाङ नि देखिएको थिएन। तल्लो पिसाङ हेरी कन माथ्लो पिसाङ मा होटेल भन्दा नि होमस्टे खाल्को घरहरु रहेछन। हामीले एउटा ठाउँ भेट्यौ र तेतै बस्यौ।

सामान राखेर चिया पिएर गुम्बा तिर जाउ भनेको थिए मैले , तर इमानोल र सेसिल भने थाकेको छु भन्दै हामी जान्नम भने।

चिया पिएर सुनिल र म भने गुम्बा तिर लाग्यौ। माथिल्लो पिसाङमा टन्नै गाजले पीतचरी रहेछन। भङेरा पनि। रमाइलो लागेको कुरा भने, ताल छोडे देखी भङेरा र परेवा कतै देखिएको थिएन। एकै चोटि पिसाङमा आएर देखियो। मानवबस्ती भएको ठाउँमा बस्न रुचाउने यि चराहरु धेरै ठुलो बस्ती भएको ठाउँमा मात्र पाउने गर्दो रहेछन।

धेरै मात्रामा पाउने चरामा टुङगा र टेमु नि हुन। हेर्दा काग जस्तो देखिने यि चराको चुचुरो पहेलो र रातो हुन्छ। धेरै जसो हिमाली भेगमा सामान्यतया पाईन्छ। मनाङ उपत्यकामा नि धेरै थिए, पछीलो पटक जादा।

हामी चरा हेर्दै, फोटो खिच्दै गुम्बा सम्म पुग्यौ। माथि बाट हिमाल भने देखिएको थिएन। बादलले पुरै ढाकेको थियो। साझा पर्न लागि सकेकोले हामी धेरै बेर माथि बसेनौ। होटेल नै फर्कियौ।

इमानोल र सेसिल डाइनिङ मा बसेर कुरा गर्दै रहेछन। हामी पुगे पछी सेसिलले हिमाल देखिएको छ भनेर सोधी। मैले बादलले ढाकेको ले देखिएन, भोली बिहान देखिन्छ भनेर आश्वासन दिए।


एउटा सपना पुरा : तिलिचो

बिहान उठेर हामी मनाङ तिर लाग्यौ। माथिल्लो पिसाङ बाट तल झर्दै गर्दा पारी पट्टी अन्नपूर्ण II सुर्यदयको पहिलो किरणले टल्की रहेको थियो।

“गफ त देको हैन रहेछस” इमानोलले हिमाल तिर हेर्दै भन्यो। उनीहरुले हिंडेको दिन देखी हिमाल देखेको भने यो पहिलो पटक थियो। तिमाङ मा बादलले नछोपेको भए मनास्लु देख्थे, तर त्यहा देख्न पाएन्न। ढिकुरपोखरी पुग्दा नि धेरै अबेर भै सकेकोले गर्दा बादल ले ढाकी सकेको थियो।

पहिलो पटक हिमाल देख्न लाई त्यो एउटा उत्तम ठाउँ थियो। त्यहा बाट देखिने द्रिश्य साह्रै राम्रो वा त्यस्तो धेरै नै सुन्दर भने छैन, तर हिमाल को आकार भने राम्रै देखिन्छ। 

तल ओर्लेर पुल तर्दा मैले केही कल्चौडे र जलखञ्जरी देखे र म फोटो खिच्न भनेर रोकिए। सेसिल र इमानोल पनि फोटो खिच्न बेस्त थिए। सुनिल दुर्बिनले चरा हेर्दै थियो। सबै जाना शान्त हुँदा खोलाको र चरा चुरुङीको आवाज बाहेक केही थिएन वरीपरी।

हाम्रो त्यो दिनको प्लान भनेको मनाङ गएर बस्ने थियो। हामी सँग मनाङ पुग्न पुरै दिन थियो, तेसैले बिस्तारै हिडि रहेको थियौ। जहाँ जहाँ मैले चरा हेर्न पर्थ्यो म रोकिन्थे। उनीहरु नि बिश्राम गर्थे। हाम्रो फिल्डको नजिक बाट हिड्दा उनीहरुलाई म यो हाम्रो फिल्ड हो भन्दै देखाउथे। अन्तिम फिल्ड को बाटो सक्के पछी, डाडाको टुप्पो मा पुगियो। त्यहा बाट मैले हुम्देको एर्पोर्ट देखाएर भने हामी तेही हुँदै जाने हो। हेर्दा कती नजिक देखिन्छ, हिंडे पछी कहिले आउँदैन।

तेही बाटोमा कती दु:ख पाइेको थियो। तर यो पाली भने हामी रमाइलो गर्दै हिडि रहेको थियौ। त्यस पछीको बाटोमा उनीहरु झन रमाइ रहेको थिए। बल्ल हिमाली भेग पुगियो भन्या जसरी।

हुम्दे पुग्न अगाडि म चरा हेर्न भनेर रोकिए र एउटा सानो जङल भित्र छिरे। भद्राइ कता कता कराइ रहेको थियो। तर एउटा अचम्मको, काठमा कसैले ठोकेको जस्तो आवाज आइ रहेको थियो। एती माथि त काठफोर नहुनु पर्ने भन्दै सोचिरहेको थिए, तर चरा पत्ता लगाउन गार्हो भै रहेको थियो। धेरै प्रयास पछी पत्ता लगाएरै छोडे, त्यो काठफोर नभएर वनसर्रा रहेछ। खै कुनी केसको बिउ लिएर तेस्लाई फुटाउन रुखको हाङामा हानी रहेको रहेछ।

त्यता एकछिन भुलेर म फेरी बाटो तिर लागे। अरुहरु फोटो खिच्न ब्यस्त थिए। हुम्देमा खाजा खान रोकिने कि भनेर सोध्दा कसैले इक्ष्या देखाएन्न र हामी सिधै मनाङ तिर लाग्यौ।

मनाङ भरीमा मलाई सबै भन्दा मन पर्ने ठाउँ भनेको भ्राखा हो। कता कता टुकुचे जस्तो देखिने तर थोरै घरहरु भएको ले झन राम्रो देख्ने। सुख्खा रेगिस्तान जस्तो परिदृश्य भएको गाउँ, जता हेरे नि खैरो, सेतो घरहरु मा रङी चङी प्रथानाका झन्डाहरु।

हामी सबै जाना एउटा ढिस्कोमा उभिएर सेल्फी खिच्यौ। शायद त्यो पहिलो सेल्फी थियो त्यो ट्रिपको। सेसिललाई नि त्यो दिन हिंड्न गार्हो भएको थिएन। हामी धेरै बिस्तारै हिड्दै थियौ, बार्ह नबज्दै हामी भ्राखा पुगी सकेको थियौ। जती बिस्तारै हिडे नि एक घण्टा भित्र त मनाङ पुगिन्थ्यो।

सुनिल र मेरो प्लान चाँही एक दिन मनाङ बस्ने थियो। इमानोल र सेसिल लाई एक दिन बिश्राम गराएर अनी तिलिचो बेसक्याम्प तिर लाग्ने भनेर सोचेको थियौ। प्राय सबै जाना बिदेशीहरु तेस्तै गर्छन्। लेक तिर लाग्न अगाडि मनाङमा एक दिन रेस्ट गरेर अनी माथि लाग्ने।

मनाङ पुगेर हामी एउटा होटेल तिर पस्यौ। भित्र पुगेर कोठाको कुरा गर्न लागेको थिए, इमानोलले “यो भन्दा अगाडिको बस्ने ठाउँ कती टाढा छ, जहाँ बाट बेस क्याम्प जान सजिलो होस्”  भनेर सोध्यो।

त्यो ठाउँ भनेको श्रीखर्क थियो, जुन मनाङ बाट करिब २ घण्टा मा पुगिन्थ्यो। मैले उस्लाई त्यो भने पछी, उस्ले सेसिल सँग सल्लाह गर्‍यो र उस्ले नि हिंड्न सक्छु भने पछी हामी श्रीखर्क नै जाने भयौ। रुम बुक गर्न को सट्टा खाज को ब्यबस्था गर्न भनेर हामी बाहिर घाम ताप्न निस्क्यौ।

खाना तयार भए पछी होटेलको दाइले बाहिर नै लेर आइ दिए। समयको अभाव नभएकोले हामी हतार गरी राखेको थिएनौ। ४ बजे नै हिंडे नि लग्भग ६ बजे त हामी श्रीखर्क पुगिन्थ्यो। खाना खाइ सकेर हामी एकछिन घाम ताप्दै बस्यौ। ३:३० तिर हामी मनाङ बाट निस्क्यौ। हाम्रो अन्तिम फिल्ड साइट सम्म मात्र पुगेको थिए म। त्यहा बाट थोरङ ला पास जाने र तिलिचो जाने बाटो छुटिन्थ्यो। देब्रे तिर लागे तिलिचो, दाहिने बाट थोरङ ।  

त्यो भन्दा अगाडि म गएको थिन पहिले। जस्ले गर्दा म पनि उत्साहित थिए।

तिलिचो तिर जाने बाटो नि धेरै रमाइलो छ। याकखर्क पुग्नु भन्दा केही अगाडि मैले हिमाली मलेवा बगाल देखे, र तिन्लाई पन्छाउन थाले। ति मलेवा उढेर एउटा डाडा माथि तिर बसे। म मलेवा खोज्दै माथि हेरेर हिड्दै थिए, बाटो भने ढुङै ढुङ्गाको थियो, एउटा ढुङ्गामा ठोकिएर म झन्डै भिर बाट तल झरे। धन्न सुनिल मेरो पछाडि थियो र उस्ले समात्न भ्यायो। त्यो भिर बाट खसेको भए सिधै तल मर्स्याङ्दीमा झरिन्थ्यो, कुनै ब्रेक बिना। ५ मिनेट सम्म मुटु ढुकढुक गरी राखेको थियो। खसेको भए शायद नमरे नि हात खुट्टा चाँही भाचिन्थ्यो होला।

पछाडि आइ रहेको सेसिल र इमानोलको नि एकछिन होस् उढ्यो।

मुटु ढुकढुक गर्न छोडे पछी हामी फेरी हिड्यौ। परै बाट याकखर्कको ढोका देखी रहेको थियो, पुग्न लाई भने धेरै समय लाग्यो। भिर बाट झन्डै खसे पछी म नि बिस्तारै हिड्दै थिए।

याकखर्क पुग्न अगाडिको उकालो चढ्दै थियौ एउटा सानो टिकेट काउन्टर एउटा मान्छे निस्के। टिकेट लिएर जानु भन्न थाले। म एकछिन अल्मल्ल परे। पहिलो ट्रिप मा सबैले इज्रेली भनेको थिए, अहिले नि झुक्केछन कि क्या हो, र याकखर्क मा बिदेशीलाई केही टिकेट चाहिने रहेछ कि भनेर सोचे। तर उन्ले हामी सँग खैरे भएको देखेर गाइडको कुपन लिएर जान भनेको रहेछन। मैले उन्लाई आफु गाइड नभनेको बाताए, तर उन्ले लिनै पर्छ भनेर जोड दिए। शायद गाइड हैन भनेर पत्याएन्न। त्यो कुपन लिए खानामा छुट हुने रहेछ, तर मैले धेरै चोटि म गाइड हैन र हाम्ले खाना नि खान्नौ होला भनेर भनी राखे। तर उन्ले मानेन्न। अन्त्यमा जबर्जस्ती लिनै लगाएर छोडे। धेरै बेर सम्मको गल्फती पछी, मैले बरु होस् भनेर लिदिए। डिस्काउन्ट हुन्छ नै भने ठिकै छ भनेर।

र हामी त्यहा बाट श्रीखर्क तिर हिड्यौ।

त्यहा सम्म को हिडाइ भने ठिकै थियो, तर याकखर्क देखी श्रीखर्क को हिडाइ राम्रै थियो। धेरै टाढा नभए नि कती ठाउँ मा ठाडै चढ्न पर्ने थियो। त्यता पुगे पछी चाँही सेसिल र इमानोल र दुबै थाकी सकेको थिए। एउटा त हामी ४००० मिटर माथी पुग्न लागि सकेको थियौ र उनीहरु लाइ लेक ले नि असर गर्न थाली सकेको थियो।

त्यस पछीको हाम्रो हिडाइ भने धेरै सुस्त भयो। श्रीखर्क पुग्ने अन्तिम उकालोमा त झन धेरै नै सुस्त गतीमा हिडियो। माथि होटेल देखी सकेको थियो। रात अझै परेको थिएन। जस्ले गर्दा हामीलाई धेरै हतार थिएन। बिस्तारै बिस्तारै हामी साझा पर्दा सम्म श्रीखर्क पुग्यौ, उकालो सक्किन नपाई पहिलो होटेलमा छिर्यौ र तेही बस्यौ।

रुम जान अगाडि , सेसिललाई कस्तो छ भनेर सोध्दा उस्ले टाउको दुखेको बताएको थि। पछी रुममा गएर सुती छ। हामी भने चिया पिउदै डाइनिङ मै बस्यौ। एकछिन त लाग्यो, शायद मनाङ नबसेर गल्ती पो गर्यौ कि? इमानोल भने थाकेको मात्र थ्यो। उस्लाई लेक नै चाँही लगेको थिएन। गार्हो भएको छ भएन्र सोध्दा छैन भन्दै थियो, भोली हिंड्न सक्ने नसक्ने बारे चाँही उ पनि ढुक्क थिएन।

खाना आउँदा सम्म हामी सल्हा गर्दै बस्यौ। सेसिलले भने तिलिचो जान नसक्ने बाताइ। हाम्रो प्लान भनेको भोली पल्ट बिस्तारै हिंडेर तिलिचो बेस क्याम्प क्याम्प जाने र त्यता बसेर पर्सी पल्ट ताल पुगेर तल झर्ने थियो। तर खाना खाँदै गर्दा, होटेलको दाईलाई , श्रीखर्क बाट तिलिचो पुगेर झर्न भ्याइन्छ भ्याइन्न भनेर सोधियो।

“छिट्टै हिंडे त सकिन्छ” भनेर होटेलको दाईले भने पछी हामीले तेही बिचार  गर्यौ। श्रीखर्क बाटै हिंड्ने तिलिचो सम्म, फर्किदा ढिलो भए तिलिचो बेस क्याम्प बस्ने, नभए श्रीखर्क नै फर्किने। तेही प्लान गरेर हामी रुम तिर लाग्यौ। सुत्न अगाडि एक चोटि सेसिलको हालखबर बुझ्न भनेर उस्को रुममा गयौ। उ सुती रहेको थि। कस्तो छ भन्दा ठिकै छ तर लेक जान चाँही सक्दिन भनी। हाम्ले ठिकै छ रेस्ट गर, इङ्लिश प्राक्टिस गर्दै गर भनेर मैले जिस्काए। उस्ले तेरो फ्रेन्च के हुँदै छ भनी। 

उस्ले मलाई केही दिन अगाडि देखी बाटोमा केही फ्रेन्च शब्दहरु सिकाइ रहेको थि। अली अली जान्दै थिए।

अहिले सिकाउछु म तलाई भनेर उ आफु बसेको ठाउँ बाट उठी। लेख्ने कुरा छ भनेर ईशारा गरी र म आफ्नो कोठा गएर मेरो चराको कुरा नोट गर्ने कपी बोकेर उस्को रुम तिर लागे। उस्ले मलाई मुख्य शब्दहरु र वाक्यहरु सिकाइ। हामी १ घण्टा जस्तै फ्रेन्च सिक्दै बस्यौ। कत्ती कुरा इमानोलले ट्रान्स्लेट गरिदिन्थ्यो।

भोली पल्ट चाढै निस्किन पर्ने भएकोले हामी सुत्न भनेर गैयो।

Facebook Comments