भोली पल्ट बिहानै ४:३० मा उठेर हामी भान्सा तिर लाग्यौ। सुत्न अगाडि रोटी बनाइ दिन भनेको थियौ र चिया सँग तेही रोटी खाएर हामी हिंड्ने प्लान म थियौ। २ वटा अरु रोटी भने बाटोमा खान हुन्छ भनेर राखेको थियौ।

अन्दकारमै हामी तिलिचो तिर हिड्यौ।

ल्यान्ड्साइड पुग्न भन्दा अगाडि सम्म त अध्यारो नै थियो खासै केही देखिएन। पश्चिम पट्टी तिलिचो हिमाल अली अली टल्की रहेको थियो, बिस्तारै सुर्यको किरणले सुनौल स्वरुप दिरहेको थियो। ल्यान्ड्साइड पुग्दा सबै जाना धेरै उत्साहित भयौ। सधैं फोटोमा देखेको त्यो भिरालो ठाउँ, देखिन नपाई म फोटो खिच्न थाले। एक चोटि ठुलो स्वोरले कराए पनि।

ल्यान्डसाइडको बाटो हुँदै हामी तिलिचो बेसक्याम्प तिर लाग्यौ। बिचमा एकछिन रोकिएर फोटो पनि खिच्यौ। फोटोमा देखेको भन्दा धेरै भिरालो छ त्यहाको भिर। करिब ३० मिनेट जस्तो लाग्ने बाटो, सम्भवत: त्यो यात्राको सबै भन्दा रोमान्चक पाटो हो। ल्यान्ड्साइड पुग्दा सम्म हामीलाई भोक लागि सकेको थियो। त्यहा बाट बेस्क्याम्प धेरै टाढा छैन भन्ने त थाहा थियो, तर ठ्यक्कै कती टाढा भन्ने थाहा थिएन। तेसैले ल्यान्ड्साइड सक्किन नपाई हाम्ले साथमा ल्याएको रोटी खायौ। बिश्राम लिने बहाना नि भयो। हामी भन्दा अगाडि कोही गएको थिएन्न श्रीखर्क बाट। र त्यो बेला सम्म कोही भेटिएको थिएन। हामी खाएर निस्किदा सम्म भने एउटा ग्रुप आइ सकेको थिए। उनीहरु त्यो दिन बेसक्याम्प सम्म मात्र पुग्ने रहेछन। त्यता बाट भोली पल्ट तिलिचो जाने गरी। हामी श्रीखर्क बाट सिधै तिलिचो जादै भनेको सुनेर आस्चर्य परे। अझ फर्केर श्रीखर्कै जाने भन्दा त हामीलाई तिमीहरु पागल रहेछौ भन्दै हिंडे।

एउटा ढिस्क्को बाट दाँया पट्टी लागे पछी हाम्ले टाढा बेसक्याम्पको होटेल देख्यौ। अर्को ३० मिनेट जस्तो लाग्ने दुरीमा।

बेस्क्याम्प पुग्दा बाहिर होटेलको साहु हरु बसि रहेको थिए। खाना खाने हैन भनेर सोध्दै थिए। हामीले तिलिचो जादै हो भनेर भन्यौ।  तिलिचो कती बेर लाग्छ भन्दा २ घण्टा जस्तो हो भने र हाम्ले ठिकै छ गएर आएर खाउला भन्यौ। त्यो जिन्दगीमा गरेको धेरै गल्ती मध्य टप पाँच मा पर्ने गल्ती थियो।

बेस्क्याम्प छोडेर करिब ४५ मिनेट हिंड्न नपाई गलेको जस्तो अनुभुती भै सकेको थियो। भोक पनि लाग्ला जस्तो भएको थियो। तर त्यस पछीको घट्ना भने कहिले नबिर्सिने गरी परिवर्तन भयो।

बेस्क्याम्प पछीको उकालोमा हामी एकछिन बिश्राम गर्न बस्यौ। माथि हेर्दा तिलिचोको ठाडो उकालो देखिन्थ्यो। खासै टाढा जस्तो लाग्थेन, माथि पुगेर फर्केर खान भ्याइन्छ होला जस्तो लागेको थियो। तेतिनै बेला फर्केर खाएर हिंडेको भए नि हुन्थ्यो रहेछ। तर माथि पुगेर फेरी श्रीखर्क फर्किन परेकोले गर्दा समयको अभाव थियो तेसैले हामी हिडि राख्ने निर्णय गर्यौ र माथि तिर लाग्यौ। तिलिचो को ठाडो उकालो चढ्न सोचे भन्दा धेरै गार्हो रहेछ। अाधा बाट नि नपुग्दा सबैलाई गार्हो भै सकेको थियो। तेस माथि खाने कुरा को अभाव, रोटी ले जती पेट भरेर उर्जा पुराएको थियो त्यो पनि बिस्तारै सक्किदै थियो। इमानोल लग्भग निलो भै सकेको थियो, बोल्न छोडि सकेको थियो। हामी समय समयमा रोकिएर के छ अवस्था भनेर सोध्थ्यौ।

“बिएन” भन्थ्यो र हास्थ्यो, र कती समय बाँकी छ अब भन्थ्यो। उस्लाई निराश नपार्न, म आउन लाग्यो भन्थे। तर उस्ले बुझ्त्थ्यो कि तिलिचो अझै धेरै टाढा थियो।

“वी शुड ह्याब स्टेड याट बेस्क्याम्प टुडे” निलो अनुहार लाएर उस्ले भन्यो। उस्को मुहारमा पिडा र पछुतो थियो। हामीलाई के भन्ने थाहा थिएन। हामी हासी दिन्थ्यौ, र आउन लाग्यो भनेर आश्वासन दिन्थ्यौ।

भोकले लोथ भए पछी पानी पिउन बाहेक केही विकल्प थिएन। थाहा नै नपाई पानी पनि सकिएछ। कहाँ पुगियो, कती बाँकी छ केही थाहा थिएन। सुर्यको चमक र चिसो हावा को मेलले हिड्दा गर्मी हुन्थ्यो भने रोकिए चिसो। घाम भने राम्रो लागेको थ्यो। लेकमा भएको ले चिसो हावाले गर्दा त्यो महसुस हुन्थेन, शायद श्रीखर्क तिर बाहुला नभएको कमिज लाएर हिंडे नि सकिन्थ्यो होला। यहाँ भने गार्हो थियो, र हिंड्न गार्हो भएर धेरै बेर रोकिएकोले चिसो भने निकै

भै रहेको थियो। अरु भन्दा नि डर पानी को थियो। एउटा त तेती माथि, अर्को इमानोलको तेती माथि गएको बानी नभएको तेस माथि न खाने कुरा छ न पिउने पानी। 

इमानोललाई जती गार्हो भए नि केही नभनी हिडि रहेको थियो। छिन छिन मा हेर्थ्यो हास्थ्यो , हामी के छ अवस्था भनेर सोध्थ्यौ, ठीक छ भन्थ्यो अनी फेरी हिड्थ्यो।

“सेसिललाई नल्याएर ठीक गरिएछ” उस्ले हाँस्दै भन्यो।

“अ ! हामी माथी नै नपुगिने रहेछ उस्लाई गार्हो भएर” सुनिल ले भन्यो।

हामी ५ मिनेट हिड्थ्यौ र फेरी बिश्राम लिन्थ्यौ। आधा बाटो नि पुगेको थिएनौ होला थाकेर लोथ भै सकिएको थियो, न हिंड्नु नबस्नु। भोक को त झन के कुरा गर्नु। हामी तीन जानै भुइमा बस्यौ र हास्न थाल्याउ। तेती नै बेला माथी बाट दुई जाना बिदेशी आए। म उठेर, कती समय छ भनेर सोधे।

“अल्मोस्ट हाल्फ वे” अली गार्हो उच्चारण सहित ति बिदेशीले भने। शायद दक्षिण युरोप तिरको थिए।

त्यो सुनेर हामी झन निराश भयौ। तर तेती माथि पुगी सकिएको थियो, तेसैले केही गर्ने उपाए थिएन।

“डु यु ह्याब वाटर?” इमानोलले सोध्यो.

“नो, वि र्‍यान आउट,सरी” बिदेशीले भने

“इट्स फाइन, वि डिड्न्ट ब्रिङ्ग एनफ” भन्दै इमानोल उठ्यो र थ्यान्कयु भन्यो।

त्यस पछी हाम्रो गती झन शुस्थ हुँदै गयो। इमानोललाई मात्र नभएर अब चाँही हामीलाई नि गार्हो हुन थाली सकेको थियो।

बरु यो भन्दा सजिलो त पैताला पोलेर हिड्दा भएको थियो अगिल्लो ट्रिपमा। त्यहा त सबै कुरा ठीक भए नि धेरै कुरा ठीक थिएन। जिन्दगीमा एकदमै जान मन लागेको एउटा गन्तब्य पुग्न बाट तेती नजिक थिए, तर दु:ख एती थियो त्यहा , एउटा समयमा त तल झरु जस्तो भै सकेको थियो। तर त्यो गर्ने नि अवस्था थिएन, काम नि गर्न पर्ने थ्यो। कनी कनी हिडियो।

म र सुनिल अगाडि अगाडि थियौ, बिस्तारै हिड्दै थियौ, कती समय बाँकी थियो भन्ने हाम्लाई केही अन्दाज थिएन। केही बेर पछी हाम्ले अली कती अगाडि एउटा साइन बोर्ड देख्यौ, हतार हतार साइन भए तिर गयौ।

बोर्ड मा लेखेको थियो “तिलिचो ३५ मिनेट”।

उहु….

म कराए। टाढा रहेको इमानोलले मैले कराएको सुन्यो र खुशी भयो।

“इज इट हेर?” हामी नजीक पुगेर उस्ले सोध्यो।

अझै ३५ मिनेट छ भन्दा उ निराश त भएन, तर खुशी नि भएन। तर त्यहा बाट धेरै गार्हो थिएन रहेछ। हाम्रो गती बिस्तारै भढ्यो, उत्साहले उर्जा बिस्तारै बढाउदै थियो। 

३५ मिनेट जती हिंडे पछी भने हाम्रो उर्जा र उत्साह फेरी घट्यो। तिलिचो कतै देखिन्न थियो, वरीपरी ताल आउन लागेको जस्तो नै केही देखिन्न थियो।

तर तेस्को केही बेर पछी मैले एउटा सानो ढुङ्गाको घर देखे। त्यसको साइडमा प्रेयर झन्डाहरु थिए।

मैले फेरी “उहु” भनेर कराए! यो पाली भने इमानोलले नि बुझी सकेको थियो कि तिलिचो आयो।

उ पनि हतार हतार हामी भए तिर आयो। खै कहाँ बाट उर्जा निकाल्यो थाहा छैन तर उ पनि कराउन थालयो जब उस्ले त्यो निलो आकाशको मुनी झनै कडा निलो रङ देख्यो। एउटा ठाउँ थियो जहाँ एदी तालको निलो अली फिक्का भएको भए ताल कहाँ अन्त्य भयो र आकाश कहाँ बाट सुरु भयो थाहा हुन्न थियो।

त्यहा बाट हामी दौडिदै ताल सम्म पुग्यौ। केही बेर अगाडिको दु:ख भने कहाँ गयो गयो।

नेपाल धेरै घुमियो, तर तिलिचो जस्तो राम्रो ठाउँ भने कमै देखेको छु। 

शायद तिलिचोको तिर्खा जिन्दगीमा कहिले मेटिन्न होला। पाए, एउटा सानो घर बनाएर म तिलिचोमै सधैं बसिदिन्थे। तेहीको चरा अध्ययन गर्थे। गर्मी महिनामा मनाङ झरेर तेहीको बिद्यालयमा गएर पढाउथे। तर, जिन्दगीमा चाहेको जस्तो सबै गर्न सकिन्न, शायद जिन्दगीमा एस्तो दिन आउँला जब म त्यो नि गर्न सकुला। तर नेपालमा कती त्यस्तो ठाउँ होलान, जहाँ म अझै जान बाँकी छ , र जहाँ म बस्न चाहुला।

हरेक कुराको समय आउला। तर आज त्यो समय थिएन। पेट बाट निस्केको भोकको त्यो स्वोरले मेरो सोचमा ब्रेक लगाइ दियो र म वास्तविकता को संसारमा फर्के।  

इमानोल र सुनिल दाहिने पट्टी देखेको घर तिर लागेको रहेछन। माथि कोही थिएन्न, ताल सुन्य थियो, त्यो सुन्यतामा एउटा सुन्दरता थियो। एउटा आश्वासअन थियो, जुन नेपालको धेरै ट्रेक्किङ गर्ने ठाउँमा पाउन गार्हो छ। बिकास आँफैमा राम्रो कुरा हो , चाहिने कुरा हो तर , धेरै बिकास हुनु भनेको, तिलिचो जस्तो एउटा ठाउँको लागि ठुलो हानी हो। तर आफ्नो आफ्नो बिचार  हो, म प्रक्रिती र प्राकृतिक सुन्दरतामा रमाउने मानछे मलाई सुन्यता मिठो लाग्छ। अरुलाई फरक होला। म उठे र त्यो घर तिर लागे। ढोका खुल्लै रहेछ, इमानोल र सुनिल भित्र थिए। बाहिर बाट हेर्दा सानो देखिने त्यो घर भित्र धेरै लामो थियो। भित्र धेरै म्याट्रेस र सिरक थिए, त्यहा त भित्र बस्न नै मिल्ने रहेछ। ढोका बाट छिर्न नपाई देब्रे तिर किचेन थियो, दाहिने तिर सुतने ठाउँ। सुनिल र इमानोल नि देब्रे तिर थिए। त्यहा थिए अरु दुई जना बिदेशी। किचेन भित्र बाट नि आवाज आइ रहेको थियो, नेपाली बोली रहेको आवाज थियो। भिर दुई जना नेपाली रहेछन। उनीहरु चाउचाउ बनाउदै थिए। मैले नि हतार हतार हामीलाई नि बनाइदिन मिल्छ भनेर सोधे।

“मैले भनी सके ” सुनिलले मलाई रोकेर भन्यो।

खान पाइने सोचेर आनन्द लाग्यो।

पानी छ दाई ? तिर्खाएर सुकेको मुख बाट सम्हालेर प्रश्न सोधे।

“चाउचाउलाई पुग्ने मात्र छ,खान लाई त लिनै जान पर्छ” भित्र भएको एक जाना ले भने।

कहाँ जान पर्ने हो लिन?

“तल जान पर्छ ताल मै”

परेन फसाद?

पानी पिउन तल ताल सम्म पुग्न पर्ने।

म निराश भए।

“चाउचाउ खाएर जाउला” , सुनिलले भन्यो।

एक हिसाबमा त कुरा ठीक हो, तर तिर्खा एती लागेको थियो कि के भन्नु। तर अरु केही विकल्पहरू थिएन। ‘

चाउचाउ बन्यो, खाइयो। ५००० मिटरमा चाउचाउ जिन्दगीमा कती चोटि खान पाईन्छ? त्यस माथि नि भोकले मर्न लाग्दा पाएको। ढुङ्गा नै पाए नि खान सक्ने अवस्था मा थियौ हामी। खाइन्न थ्यो होला त्यो आफ्नो ठाउँमा छ। तर भन्दा पैसा लाग्ने हैन, लागे नि भनिदिने हो, तेती दु:ख पाइेको थियो।

त्यो सकेर हामी ताल तिर लाग्यौ। माथि बाट हेर्दा तेही तल छ जस्तो देखिने ताल, झर्न भने समय लाग्ने रहेछ। त्यसैले ताल ४९१९ मिटरमा रहेछ, र माथि बाट हेर्दा ५००० मिटर देखाएको रहेछ जिपीयसले। तल भने जिपियस नबोकी गएको ले हेर्न पाइेन कती थियो भनेर।

बिस्तारै चिसो बढ्दै थियो, तल पुग्दा सम्म स्यास्या भै भैसकेको। छिटो छिटो जान खोजेर होला, माथि गएर चिया पिए पछी तात्छ ज्यान भन्ने थियो। त्यती बेला  महसुस भयो कि हामीले पानी बोकेर लानलाई भाडा लानै बिर्सें छौ।

खायो चिया अब।

अरु भन्दा नि पानी एती तिर्खा लागेको थियो, चाउचाउ खाएर अली अली सुख्खा भएको मुख भिजेको त थियो तर पानीको तिर्खा भने मेटिएको थिएन। र, सबै भन्दा महत्वपूर्ण कुरा पानीको बोटल नि लान बिर्सिएछ।

ताल पुगे पछी सम्झिएर के गर्नु, थाडै माथि चढे पनि कम्तीमा २० मिनेट लाग्थ्यो होला। केही बिकल्प नभए पछी मैले टाउको नै तिलिचो ताल भित्र छिराएर पानी पिए। नजिकै बसेको सुनिलले मैले त्यसरी पानी पिएको फोटो* खिचेको थियो।

*त्यो फोटो पछी एउटा कम्पिटिसनमा पठाएर मैले एउटा सानो क्यामरा नि जितेको थिए। 

हामी धेरै बेर तालमा बसेनौ, एउटा त चिसो बढ्दै थियो बिस्तारै। अर्को, हामीलाई श्रीखर्क फर्किन थियो। एकछिन बसेर फोटो खिची ओरी हामी फेरी माथि तिर लाग्यौ। माथि चढ्दै गर्दा , दुई जना मध्य एउटा फ्रेन्च नागरिक बाल्टिन बोकेर पानी लिन तल झर्दै रहेछन। हामीले तेही बेला , यस् बाट अली कती पानी खान लाई र अली कती चिया बनाउन हामीलाई दिन मिल्छ भनेर सोध्यौ। उस्ले हासेर अवस्य भन्यो।

“वी आर क्याम्पिङ हेर, सो ह्याब टु कम फेच मोर वाटर यानिवेज”

असम! मेसी बोकु। भनेर म निस्के। भखरै सिक्दै गरेको फ्रेन्च दि हाले मैले नि।

हामी माथि चढ्यौ। र कुरेर बस्यौ, त्यो फ्रेन्च केटा छिट्टै नै आयो। उ आइ पुगे पछी, चिया पकाउन लगाएर हामी बाहिरको कुर्सी मा बस्यौ। चिया बने पछी भित्र बाट बोलाए, चिया स्टिलको कपमा लिएर आएर बाहिर बसेर खान थालयौ। फोटो नि खिच्यौ, ५००० मिटरमा पहिलो पटक चिया पिउदै थियौ।

पानी बोटलमा भरेर हामी तल झर्न थालयौ। एकचोटी पछाडि फर्केर हेरे, तिलिचो ताललाई बादलले ढाकी सकेको थियो। आउँदा खेर जस्तो पछाडि निलो ताल देखिएको थिएन।

ठिकै छ अर्को पाली आइन्छ भनेर म फेरी हिंड्न थाले।

इमानोल र सुनिल धेरै अगाडि पुगी सकेको थिए। म अली अली कुदे र उनीहरु नजिकै पुगे। इमानोल खै के भनेर बर्बराउदै थियो।

के भयो भनेर सोधे, र क्यामरा झिकेर भिडियो नि बनाए।

उस्ले भनेको त्यो कुरामा जिन्दगीमा कहिले बिर्सिन्न ” त मेरो साथी भएर मात्र नभए तलाई एही मारी दिन्थे, एती दु:ख त जिन्दगीमा कसैले नि दिएको थिएन” ।  

हामी एकछिन हास्यौ, अनी फेरी हिंड्न थालयौ। फर्किदा थाहा भयो उकालो कती थाडो रहेछ भनेर, आउँदा त दु:ख भएर खासै याद नै भएन छ। झर्दा भने हामी गफ गर्दै रमाइलो गर्दै झर्यौ। बेसक्याम्प पुगे पछी होटेलमा चाउचाउ र चिया को पैसा तिर्यौ र ल्यान्ड्साइड तिर अगाडि बढ्यौ।

ल्यान्ड्साइड कट्ट्दा साझ पर्न लागि सकेको थियो, घाम ढली सकेको भने थिएन। थकाईले बिस्तारै समाउन थालि सकेको थियो, प्रोटिन पुग्या हैन ज्यानमा, चाउचाउ र रोटीको भर बाचिएको थियो। शायद त्यहा बाट श्रिखर्क पुग्न १ घण्टा जस्तो लाग्थ्यो होला।

हामी श्रीखर्क पुग्नै लाग्दा अध्यारो भै सकेको थियो। होटेल पुगे पछी एकछिन होटेलको सबै जाना अचम्म परे। बिहान श्रीखर्क बाट हिंडेर बेल्क फेरी तेही आएको भन्दा। एकछिन बसेर हामीले दिनभरी को गतिबिधी सुनायौ। चिया पियौ, पानी पियौ, र खाना बनाउन लगाएर रुम तिर गयौ सेसिललाई भेट्न। उ ओछ्यानमा बसेर पढि रहेको थि। हाम्लाई देखे पछी खुशी भएर उठी, र सोधी “कस्तो थ्यो ताल? “

हाम्ले तालको वर्णन दियौ र फोटो देखायौ। उ जान नपाएको मा दुखी भै, फोटो देखे पछी त झन निराश। हामीले अर्को चोटि आउँदा फेरी जाउला भनेर आश्वासन दियौ।

बिना पानी कती गार्हो भयो, उकालो कस्तो थियो, भोक कती लागेको थियो र कती गार्हो भयो भनेर नि सुनायौ। उ हास्थी र भन्थी , म नगएर ठिकै गरेछु भन्थी। हामी धेरै बेर बसेर कुरा गर्यौ, र खाना तयार भए पछी तल झर्यौ।

भोली पल्ट बिहान चाढै हिंड्न पर्ने थियो, हाम्रो थोरङ फेदी सम्म पुग्ने प्लान थियो, र तेसैले चाडै सुत्यौ।

भोली पल्ट हामी ८ बजे तिर श्रीखर्क बाट निस्क्यौ। श्रीखर्क बाट थोरङ फेदी जान लाई करिब ७-८ घण्टा लाग्छ। त्यो बाटो हिंड्न लाई धेरै रमाइलो बाटो छ। श्रीखर्क बाट माथिल्लो खाङ्सार कटेर अगाडि बढे पछी एउटा बिन्दु बाट मनाङ उपत्यका देखिन्छ, त्यो ठाउँ पनि गएको ठाउँहरु मध्य सबै भन्दा धेरै मन परेको ठाउँ हो।

पुर्व तिर मनाङ उपत्यका उत्तर तिर याकखर्क अनी पश्चिम तिर तिलिचो हिमाल। हिमाल हेर्दौ गर्दा मैले दुइटा हिमाली गिद्ध देखे, सेतो हिमालको पृष्‍ठ भुमी अगाडि गिद्ध। हतारहतार फोटो खिचे, र आफ्नो बाटो लागे। त्यहा बाट तल झर्ने बाटो नि उस्तै रमाइलो, अली भिरालो र पातहरु ले गर्द चिप्लो, तर हिंड्न रमाइलो।

तल फेदमै झरे पछी पुल तरेर पारी पट्टी लागियो। जहाँ मनाङ बाट थोरङ जाने बाटो सँग हाम्रो बाटो मिसियो। थोरङ जान मनाङ बाट सिधै गए पनि मिल्छ, र माथिल्लो खाङ्सार हुँदै गए पनि। त्यहा बाट भने बाटो एउटै हुन्छ। 

लेदार पुगेर खाजा खाएर निस्किने हाम्रो प्लान थियो, तेसैले ब्रेक नली हामी हिढी राख्यौ। बाटो सजिलो भएकोले खासै दु:ख भएन कसैलाई। सेसिललाई भने अली अली लेक लागेको जस्तो भै राखेको थियो। इमानोल भने हिजो मात्रै ५००० मिटर माथि पुगेकोले उस्लाई गार्हो भएको थिएन। तेही थाकेको छु भन्दै थ्यो।  

लेदार पुगेर खाना खाइ ओरी थोरङ फेदी तिर लागियो। करिब ३ बजे तिर हामी थोरङ फेदी पुग्यौ। होटेल पुदा सम्म घामनै लागि रहेको थियो, तर सामान भित्र राखेर निस्किदा भने अली अली पानी पर्न थालएको रहेछ। थोरङ फेदीमा दुइटा होटेल छन, होटेल निउ फेदी र थोरङ फेदी बेस क्याम्प लज। हामी बेस क्याम्प लजमा बसेको थियौ। हाम्रो रुमको अगाडि पट्टी डाइनिङ हल थियो। तेती माथि त्यस्तो होटेल देखेर म एक्छिन छक्क परे। भित्रको इन्टेरियर हेर्दा लाग्थ्यो ठमेलको हिमालयन जाभा हो। टेबल भरी बिभिन्न बोर्ड गेम्स थिए, बिदेशी हरु तेस्मै रमाउदै थिए। हामी नि बसेर उनो खेल्न थालयौ, चिया र चाउचाउ खाँदै।

बाहिर भने मज्जाले पानी परी रहेको थियो। हिमाली भेगमा तेती ठुलो पानी परेको मैले खासै देखेको थियिन।

कोठा सम्म जादा नै भिजिने गरी। हामी खासै जादा नि गएनौ। ८ बजे तिर खाना खाइ ओरी एकै चोटि निस्क्यौ। बिहान ४:३० म उठेर ५ बजे हिंड्ने प्लान बनेकोले हामी चाढै सुत्यौ।

रुम पुग्दा सम्मै अली अली भिजियो।

चाढै सुत्छु भन्ने प्लान नि खेर गयो। छाना बजेर सुत्न सके पो। छानाको आवाजले सुत्न नसक्ने भन्दा नि ठुलो तनाव त पानी परेकोमा थियो। कती हिउ पर्‍यो होला थोरङमा भनेर। त्यस माथि झन रोकिने नाम लिएको थिएन।

फर्केर फेरी मनाङ हुँदै घर जान परेको खन्डमा पैसै नपुग्ला भन्ने तनाव, वा तेही मात्र अर्को रात बिताउन परे नि पैसा नपुग्ला भन्ने टेन्सन। टेन्सन नै टेन्सनको बिच कती खेर निदाइेछ। बिहान उठ्दा, ३:३० जस्तो भएको थियो, पानी अझै परिरहेको रहेछ। छाना अझै बजी रहेको थियो। फेरी सुतिदिन्छु भनेर प्रयास गरे तर हल्लाले सुत्न सकिएन।

तेस पछी पुरै बिहानी तेही तनवमा बित्यो, पानी रोकिने नाम लिन्न, बस्न परे झन अर्को तनाव। ४:३० को अलार्म बजे पछी सुनिल नि उठ्यो, हाम्ले ४:३० लाई ब्रेक्फास्ट नि भनेको थियौ, तेसैले डाइनिङ तिर लाग्यौ। केही बिदेशी र दुई चार जाना गाइडहरु नि थिए।

ति मध्य एक जाना सँग हाम्रो राती कुरा भएको थियो र उनी “निन्द्रा कस्तो भयो भाई”? भन्दै आए।

निन्द्रा त राम्ररी लाग्यो, तर अहिलेको पो तनाव भयो त।

“किन र?”

पानी परेको परै छ माथि जान अफ्ट्यारो होला कि भनेर।

“केही हुन्न, हामी नि जादै हो, हामी सँग हिंड्नु”।

पहिलो चोटि हो अनी सकिन्न कि भनेर डर लाग्यो।

“हामी सँग हिंड्नु, सँगै जादा सकिन्छ।”

तेती भनी पछी हामी नि ढुक्क भयौ। हाम्रो पहिलो पटक, नदेखेको को ठाउँ, झन हिउ पर्‍यो भने हिमालमा बाटो नदेखेर हराउन सजिलो छ। तर तिन्ले तेती भने पछी हामी तयार भयौ। केही बेरमा इमानोल र सेसिल नि आए। उनीहरुमा नि त्यो डर रहेछ, तर हाम्ले सबै कुरा बाताए पछी उनीहरु ढुक्क भए।

हामीले ब्रेक्फास्ट खायौ, र प्याक गर्न निस्क्यौ। अर्को टोलीलाई केही समय लाग्ने भएकोले हामीलाई सजिलो भयो। हाम्ले प्याक गर्दा सम्म उनीहरु नि रेडी भै सकेको थिए।

होटेलको बाहिर हाम्रो भेट भयो, र हामी थोरङ हाइ क्याम्प तिर लाग्यौ। शायद अन्नपूर्ण पदयात्रा भरीको सबै भन्दा छोटो र सबै भन्दा गार्हो हिडाइ नै तेही हो। फटाफट हिंडे ३०-३५ मिनेटमा पुगिने ठाउँ छ, तर धेरै उचाइमा भएको र ठाडो हुनाले त्यस्लाई झन गार्हो बनाइ दिन्छ।

होटेलको प्रांगण छोडेर निस्किन नपाई अध्यारो भएको महसुस भयो। होटेलको प्रां गण भित्र बत्ती बलेको ले होला, कि खासै ध्यान नदेकोले अन्ध्यारोको अन्दाज भएको थिएन। तर, प्रांगण छोड्न नपाई कती अन्ध्यारो थियो थाहा पाइयो। हेडल्याम्प नली हिंड्न सक्ने अवस्था थिएन। टाउकोमा हेड्ल्याम्प राखेर हामी हिंड्न थालयौ।

इमानोल र सेसिल बिस्तारै आउँदै थिए। सुनिल र म अगाडि थियौ, हामी हिड्दै गर्दा हाम्रो अगाडि अन्दकारमा केही चलिरहेको महसुस भयो। कुकुरको आकार भन्दा धेरै ठुलो आकार भएको केही थियो। एकछिन त कतै हिउँ चितुवा पो हो कि जस्तो लाग्यो। तर जब दोस्रो पटक देखियो,हिउँ चितुवा भन्दा धेरै ठुलो आकार भएको जस्तो लाग्यो, गधा वा घोडा रहेछ कि भन्ने सोच्यौ। के हो भन्ने भन्न सकिएन। लगतै, अर्को एउटा हाम्रो अगाडि आयो, आँखा टिलिक्क टल्केको थियो, कालो पृष्ठभूमि सेता आँखा अनी त्यो बिहानीको मौन्ता।  

एकछिन त अगाडि बढ्न नि डर लाग्यो। तर अब चितुवा नभए पछी, खासै त्यस्तो डर मर्दो जनावर त्यो उचाहीमा केही नपाउने भएकोले खासै आतिएन। अली अगाडि गए पछी थाहा भयो त्यो नाउर रहेछ। र २ ३ वटा मात्र नभएर करिब १०-१२ वटा रहेछन। इमानोलले फोटो खिच्न प्रयास गर्‍यो तर अन्ध्यारो भएकोले खासै राम्रो आएन। मेरो क्यामरामा नि खासै राम्रो फोटो आएन।

थोरङ माथिलो क्याम्प भने बेसक्याम्प बाट तेही माथि देखिन्थ्यो, तर हिंड्न थाले पछी भने आउने नामोनिशान थिएन। बस्दै बस्दै गएकोले करिब एकघन्टा जस्तोमा हामी माथिलो क्याम्प पुग्यौ। हामी पछी लागेर गएको गाइड दाईको टोली पनि बिस्तारै आउँदै थियो, र हामी बिश्राम लिदा सम्म उनीहरु माथिलो क्याम्प पुगे।

हामी धेरै बेर बसेनौ, फेरी हिंड्न सुरु गरी हाल्यौ। त्यहा सम्म हिउ परेको थिएन, पानी नि पर्न रोकी सकेको थियो। अली अली उज्यालो हुन थाली सकेकोले बाटो पनि राम्ररी देखीन थाली सकेको थियो।

हाइ क्याम्प छोडेर हिंड्न नपाई सेसिललाई गार्हो हुन थाली सकेको थियो। उस्ले टाउको दुखेको र भारी भएको जस्तो भैरहेको छ भन्दै थि तर बिस्तारै हिंडे हिंड्न सक्ने बाताइ र हामी बिस्तारै हिडि राख्यौ। हाइक्याम्प बाट माथि लागे पछी एउटा ठाउँमा फलामे पुल आउछ, हामी त्यस पुल तिर पुग्नै लाग्द सुर्य उदायो, वरीपरीका डाडाहरु ति खैरा डुंगामा सुर्यको चमक परेर टलक्कै टल्किन थाले। पारी पट्टीको एउटा हिमाल नि टल्की रहेको थियो, शायद तिब्बत तिर को हिमाल होला भन्ने सोच्यौ हाम्ले। शायद थिएन होला। तर त्यहा माथि बाट नि तेती पर त्यो नि उत्तर दिशामा अवस्थिथ त्यो हिमाल नेपालमा नपर्ला कि भन्ने हाम्रो अनुमान थियो। त्यो बेला सम्म म खासै धेरै हिमालहरु नि चिन्दिन थिए।

करिब दुई घण्टा जस्तोको हिडाइ पछी सबै जाना अली अली थाकी सकेको थियौ, बिहान खाएर आएको ब्रेक्फास्टले छोड्न लागि सकेको थियो। अली अली चक्लेट र प्रोटिन बार भने खल्थीमा थियो। त्यो खान सुरु गर्न भन्दा अगाडि, पानीले नै चित्त बुझाउन पर्ला भन्दै म चाँही नखाइ हिडि रहेको थिए। कती बाँकी छ थाहा थिएन, थोरङ चढेर मात्र भएन, मुक्तिनाथ झर्न नै त्यहा बाट ३ ४ घण्टा लाग्छ भनेर सुनाउने मान्छे। तेसैले अली अली फिउल चाँही बाँकी राख्न पर्छ भन्ने लागेको थियो।

इमानोल पनि अली अली गार्हो हुन थाल्यो भन्दै थियो, हाम्रो गन्तब्य भने आउने नामोनिशान थिएन। भोकले जिते पछी फिउल जम्म गरेर राख्न नि मनले मानेन र हामी बिश्राम गर्ने निउले खान बस्यौ। खाजा खाए पछी अली अली भए नि उर्जा थपियो र हामीमा जोश आयो…..

तर त्यो जोश भने आधा घण्टा भन्दा धेरै टिकेन। कहाँ पुगियो, कती बाँकी छ केही थाहा थिएन। हामी भन्दा पछाडि हुने मान्छेहरु भने हामीलाई जितेर अगाडि पुगी सकेको थिए। सेसिललाई धेरै नै गार्हो भएकोले हामी ब्रेक लिदै लिदै हिड्दै थियौ। उ निलो भै सकेको थि, इमानोल नि थाकेर लोथ भएको थ्यो।

सवा? मैले हाँस्दै भने

कनीकनी हासो निकालेर उस्ले “यस” भन्यो।

मैले उस्लाई हिंड्न सक्छस भने हामी अगाडि अगाडि जाउ अनी कती बाँकी छ हेरम भने, उस्ले खासै चासो देखाएन तर मैले गर्न खोजेको कुरा भने बुझ्यो र मन नलागी नलागी टाउको हल्लायो। म अगाडि हिंडे उ पछाडि, सेसिल र सुनिल कहाँ थिए हाम्लाई थाहा थिएन। तर सँगै थिए भन्ने थाहा थ्यो र हामी ढुक्क भयौ। मलाई भने कती पर छ थोरङ भनेर केही अन्दाज लिन थ्यो, नजिकै रहेछ भने सेसिललाई आनन्दले रेस्ट गर्न लगाएर  सजिलो भए पछी हिंड्न पर्छ भन्ने लागेको थियो, तर हामी एक्लै नै एती बेर हिड्यौ, तर न थोरङ आयो, न कुनै संकेत, न सोध्नलाई कोही मान्छे भेटियो। अब त सेसिल र सुनिल नि कहाँ थिए कहाँ। इमानोल नि धेरै पछाडि परी सकेको थियो।

एउटा ठाउँ मा पुगे पछी म रोकिए, वरीपरी हेरे, खैरो ढुङ्गाको डाडाहरु र पृष्ठभूमिमा निलो आकाश कतै कतै साथीभाइ सँग छुटिएर एक्लै मन्डराइ रहेका बादलहरु र पारीलो घाम। अनी सुन्यता….

जीवनको यात्रा नै याद दिलाउने गरी एस्तो ठाउँमा पुगियो की, पछाडि हेर्दा कोही छैन्न, अगाडि हेरौ केही देखिन्न। म एक्लै हिडि रहे। थोरङ आउला भन्ने आश हराइ सकेको थियो।

तेती मै मैले टाढा कतै बाट आवाज आएको सुने, तर हेर्दा भने कतै केही देखिन्न थियो। शायद धेरै टाढा छैन होला भन्दै म दौडिन थाले। केही अगाडि सम्म पुगेर एउटा सानो मोड फेर्न नपाई मैले मेरो अगाडि प्रार्थना झण्डाहरु देखे। तेस पछी त झन खुशी को सिमा रहेन। एक्लै कराउदै म थोरङ ला पास लेखेको बोर्ड अगाडि पुगे। एकछिन त भावनात्मक नै बनायो, कहिले देखी पुग्न मन लागेको त्यो ठाउँ, एउटा सपना नै पुरा भएको थियो। एकछिनको बिश्राम र एउटा दुइटा फोटो पछी म आफ्नो ब्याग भुइमा राखेर फेरी आफु आएको बाटो तिर लागे। खुशीले हो कि कसरी हो एक्कासी उर्जा आयो, र म दौडिदै आफु आएकै बाटो तल झर्न थाले। करिब ३ ४ मिन पछी मैले इमानोल आउँदै गरेको देखे। उ थाकेर निलो कालो भएको थ्यो, तर म झरे देखे पछी उस्ले बुझ्यो, एकछिन रोकियो अनी मलाई हेरेर हास्यो र आफ्नो गती बढाएर म तिर आयो।

वि फाइनली मेड इट!! मैले खुशी हुँदै भने, उस्ले आफ्नो हात अगाडि सार्यो र “हाइ फाइव” गर्‍यो।

“आइ थट आइ वुड डाइ बिफोर वि रिच्ड दिस प्लेस”

हाहा….

म सँगै उ नि हास्यो र मलाई अङालो हाल्यो र भन्यो ” त पागल होस् मान्छे”

मलाई थाहा नभएको केही भन, भन्दै म हासे

इमानोललाई जादै गर भनेर म तेही कुरेर बसे, सेसिल र सुनिललाई।

करिब १० मिन जस्तो कुरे तर उनीहरु कतै देखिएन। एकछिन त मानसिक तनाव भै सकेको थियो। तर अर्को ५ मिन जस्तो मा टाडा बाट उनीहरु आएको देखे। बल्ल ढुक्क भयो, मन शान्त भयो।

उनीहरु नजिक आउँदा खुशी हुँदै आउलान सोच्या थिए, सुनिल कराउदै आयो।

“मुला कुर्न पर्दैन, कहाँ एक्लै दौढेको त। उस्लाई गार्हो भएर हिंड्न नसकेर लडी , न कोही छ वरीपरी, भोमिट गरिर छ लेक लागेर। न तल झर्नु, न माथि आउनु त्यस्तो हुँदा।”

हुन त आफु कती छ के छ भनेर बुझ्नलाई मात्र चाढै हिंडेको थिए, तर हिड्दा हिड्दै धेरै अगाडि पुगियो।

मैले सुनिललाई केही भनिन र सेसिल तिर हेरे। उ निलो देखिन्थी, एकदमै गलेको। मेरो नजिक आएर उ हासी, मैले सवा भने, उस्ले हासेर “उइ” भनी। तर ठीक भने थिइन उ। उस्लाई शायद गार्हो भयो भनेको भने नराम्रो मान्थ्यो भनेर हो कि के हो।

अब धेरै छैन, एही माथि हो भनेर आश्वासन दिए पछी उ नि खुशी भै, खासै चाडो गतीमा त हिडिन तर पहिलेको भन्दा राम्रो हिंड्न थाली।

सुनिल अझै बर्बराउदै थियो।

केही बेर मै हामी थोरङ पुग्यौ। खुशी को सिमै थिएनै कसैमा। सेसिल पनि जोसिलो देखिन्थी, थोरङमा स्वागत छ भनेर लेखेको बोर्डमा बसेर हामीले तस्बिर खिच्यौ। बोर्डको छेउमा भएको घर/होटेलमा मान्छे रहेछन। हामी भित्र पस्यौ र केही पाक्छ कि भनेर सोध्यौ। खाने कुरा त केही छैन, चिया चाँही बनाइदिन्छु भने र हामी भित्रै बस्यौ। बस्दै गर्दा सेसिललाई गार्हो भयो भन्न थाली, उस्लाई तेही भित्र भएको एउटा सानो खाटमा पल्टिन लगायौ। चिया बन्न नपाई खाएर भागी हाल्न पर्छ भनेर बसेको थियौ हामी।

चिया बन्दा सम्म सेसिलको अवस्था बिग्रिदै गएको थ्यो, उ धेरै गार्हो भयो भन्न थाली सकेको थि। हामी चिया नै नपियी झर्न पर्छ कि भन्ने अवस्थामा पुगी सकेको थियौ।

चिया बन्दै गर्दा सम्म म र सुनिल फोटो खिच्न र एस्सो घुम्न भनेर बाहिर निस्क्यौ। अली ढिलो भएकोले होला कि बादलले ढाकेर वरीपरी खासै केही देखिएको थिएन। मुस्ताङ पट्टी भने तल हेर्दा भने आँखा ले देखे सम्म ओरालो देखिन्थ्यो। मुस्ताङ भने पहिले पनि गएकोले परिदृश्य हेरेर नै मुस्ताङ हो त्यो पर देखेको ठाउँ भन्ने लागि सकेको थियो। हेर्नलाई खसै केही नभए पछी हामी फेरी भित्र पस्यौ।  

केही बेर मा चिया तयार भयो। हामी हतार हतार गर्दै पिउन थाल्यौ। ५४१६ मिटर मा हरेक दिन चिया पिउन पाइन्न। त्यो मज्जा अर्कै थियो, र तेती माथि त्यस्तो मिठो चिया पिउन पाउदाको मज्जा भने झन कती कती । सके सम्म छिटो झर्न पर्ने थ्यो, सेसिलको अवस्था हेर्दा। हामी पैसा तिरेर तल झर्न थालयौ। कता कता बाट चिसो हावा भित्र छिरिरहेको थियो। हातको चिया नि पिउदा पिउदै सेलाउदै थियो। तर चिसो ज्यानमा मन तातो नै चिया भए पनि घाटी बाट भाग्दै तल झर्दा एउटा अर्कै खाल्को आनन्द महसुस भएको थियो। शायद हिउ पगालेर बनाएको चिया थियो, स्वाद भने अली अर्कै थियो, तर मिठो। त्यो हिमालको अनकन्टारमा तेती मिठो चिया खान पाउनु नै ठुलो कुरा थियो। जस्तो भए नि गुनासो गर्ने कुरा थिएन, तर ति जो व्यक्ती भए पनि जहाँ भए पनि तिन्लाई धेरै धेरै धन्यवाद, तेती मिठो चिया खान दिएकोमा।

चिया सक्के पछी हामी तल झर्न तिर अग्र्सर भयौ। सेसिल को अवस्था हेरेर नि धेरै बेर माथि बस्न उचित देखिएन। तीन-चार घण्टा मा तल पुगिन्छ भन्ने थियो, तर लेक लागेर असर नगर्न भने एक घण्टा तल झरेर नै काफी हुन्थ्यो। उस्लाई सजिलो हुन थाले पछी बिस्तारै हिंडे नि फरक पर्दैन थ्यो।

थोरङ बाट तल झर्दा सुरुमा त तेस्तो थाडो उकालो थिएन। हाम्रो गती पनि तिब्र हुन थाली सकेको थियो, सेसिल पनि जोसिएर हिढ्दै थि, गार्हो नै भए पनि केही बेरमा सकिन्छ भनेर होला।

करिब २० ३० मिनेट को हिडाइ पछी म एक्छिन रोकिए, अगाडि ढुङ्गा जस्तै केही चलेको देखे, अरुलाई एक्छिन रोकिन भन्दै ईशारा गरेर म अगाडि गए। अझै अगाडि पुगे पछी  हिमाली हिउँकुखुरा रहेछ भने थाहा पाए। ५-७ वटा हिमाली हिउँकुखुरा डुल्दै थिए, हामीलाई देखेर नि खासै पर गएन्न। मैले नजिकै बाट राम्रै तस्बिर लिना पाए। तस्बिर लि सकेर अरुलाई आओ अब भन्दै ईशारा गरेर, उनीहरु आए, इम्मानोल र सेसिल भने   हिउँकुखुरा देखेर खासै उत्साहित थिएन्न, फोटो नि खिचेन्न, एस्सो हेरे र आफ्नो बाटो लागे। म नि पछी पछी लागे।

“कोमो सवा?” मैले सेसिललाई सोधे

“बिएन” उस्ले हासेर भनी र मलाई उछिनेर अगाडि हिडि। गार्हो नै भए पनि उ तेती खेर भने उत्साहित धेरै थि, सक्किन लाग्यो अब भनेर।

एक घण्टा बित्यो, दुई घण्टा बित्यो…

तेती खेर भने ट्रेडमिल मा हिंडेको जस्तो लाग्न थाली सकेको थियो। मुस्ताङको सुन्दर प्राकृतिक दृश्य तेही तल जस्तो देखिन्थ्यो तर जती हिंडे नि आउँदैन थियो। सेसिल र इम्मानोल फेरी निराश देखिन थाली सकेको थिए।

“कती बेला आउछ?”

उस्ले बेला बेला मा सोध्थ्यो।

म हाँस्दै खै अब आउन पर्ने हो, तेही तल हो हामी जान पर्ने भन्दै रानीपौवाको बजार देखाउथे। हिमालको चिसो र बादल पछाडि छोडेर हामी बादल भन्दा धेरै तल पुगी सकेको थियौ, जहाँ बादलले हाम्रो गन्तव्य लुकाउन सकेको थिएन। आँखै अगाडि थियो हाम्रो गन्तव्य, लुकेको थियो त सेसिलको मन र शरीरको पिडा। उस्को दु:खका बादललाई जित्दै उ हिड्दै थि। ति बादल पानी बनेर उस्को आँखा बाट झर्न नि सकेको थिएन्न।

तर हामी सँग हिंड्न बाहेक अरु कुनै विकल्प थिएन। तेती बेला थोरङ बाट तल झर्दा फेदी नपुगे सम्म केही नि थिएन। तर फेदी कहाँ छ भन्ने नै अनुमान गर्न सकिएन, जहाँ थियौ त्यहा बाट फेदी देखिन्न थ्यो, वा कुनै होटेल वा घर वरीपरी कतै देखिको थिएन। कती बेर हिडियो थाहा थिएन, तर लामै हिडाइ पछी एउटा डाडाको टुप्पोमा पुगियो, त्यहा बाट तल झर्न पर्ने थ्यो, र तेही झर्ने ठाउँ बाट भने केही घरहरु देखिए। टाढै थिए तर घर देखे पछी सबैमा जोश आयो र फटाफट हिंड्न थाले। गती बढेर हो कि टाढै देखिए नि त्यहा सम्म पुग्न भने खासै समय लागेन।

होटेल पुग्दा मेरो प्रस्ताव भने चिया खाएर जाने थियो, तर सबैलाई कहिले होटेल पुगेर सुतम भएको थियो र हामी हिंड्न थालयौ। त्यहा बाट रानीपौवा नि नजिकै देखिन्थ्यो। तर सधैं जस्तो – छैन रहेछ।

सबैको मुहारमा देखिएको जोश र उत्साह फेरी थोरङ माथि डुली रहेका बादल जस्तो कालो भएर मुहारमा झल्की रहेको थियो। तर फेरी बिकल्प नभएकोले कहाँ कहाँ बाट हुन्छ उर्जा निकालेर सबै हिढ्दै थिए। अन्तत: मुक्तिनाथको मन्दिर देखियो , अब चाँही आयो नै भन्ने भयो। लामै हिढाइ बाँकी थियो रहेछ तर त्यो खासै गार्हो भएन, हिडियो रमाउदै, मुक्तिनाथ नजिकै पुग्दा म र सुनिल फोटो खिच्न भनेर रोकियौ, इम्मनोल र सेसिल भोली खिचौला भन्दै हिंडे।

Facebook Comments