विश्वमा लोप मानिएको डोडो चरा नेपालमा फेला पर्यो।
सबै भन्दा प्रख्यात मानिएको तर हाल धर्ति बाट लोप भैसकेको ठानिएको डोडो चरा केही दिन अगाडि नेपालमा फेला परेको छ । चितुवाको अध्ययन गर्नका लागी सुदुरपश्चिम प्रदेशको बैतडीमा जिल्लामा राखिएको क्यामरा ट्र्यापमा सो चरालाई अध्ययनकर्ताहरुले देखेका थिए । डोडो चरा लाई फेला पार्ने अध्ययनकर्ताको भनाइ अनुसार हाल उक्त चराको प्वाँखलाई आणविक परिक्षणको लागि अमेरिका पठाउने तयारी हुँदै छ ।
डोडो चरा परेवाहरू (अर्डर कोलुम्बिफर्मिस) कै समुहमा पर्ने तर उड्न नसक्ने चराहरू हुन । १७ औँ शताब्दी देखि लोप भएको मानिएको यो चरा नेपालमा भेटिनु लाई जिवबिज्ञान जगतका लागी बडो आश्चर्य र उत्साहजनक अवसरको रुपमा हेरिएको छ । तर यी सबै भन्दा अचम्म लाग्ने तथ्य के हुन भने यो चरा मरिसियसको टापुमा यो चरा बैतडीको कालापत मन्दिर नजिकैको घना जंगल वरिपरि देखिएको छ । घना जंगल तिर बस्न रुचाउने यो चरा मरिसियस बाट नेपाल कसरी आई पुग्यो बैज्ञानिक जगतमा चासोको बिषय बनेको छ ।
अनुसन्धानकर्ताहरु अनुसार यो चरा लोप हुनुको मुख्य कारण यसको बसोबास मासिनु तथा यसको अत्याधिक सिकार रहेको छ । डोडोको मासु शक्तिवर्धक हुने विश्वास तत्कालिन समयमा रहेको थियो । कहिलेकाहीँ संयोगवश हुने यस किसिमका घटनाहरू हुने भएता पनि डोडो भेटिनुलाई चमत्कारको रुपमा बैज्ञानिकहरुले हेरेका छन् । केही वर्ष अगाडि मात्र नेपालमा १७८ वर्ष सम्म नदेखिएको “रेड फेस्ड लियोचिच्ला” भेटिएको थियो । यसले नेपाल जैविक विविधतामा निकै धनी छ भन्ने कुरालाई थप प्रमाणित गरेको छ । नेपालमा चराहरूको प्रजाति मात्र धेरै होईन कि अन्य जिवजन्तुका समेत निकै धेरै प्रजाति तथा विविधता रहेको कुरामा बैज्ञानिकहरुको विश्वास रहेको छ । नेपालले ति सबै जिवजन्तुका समान रूपले संरक्षण गर्नुपर्ने र त्यसको लागी सारा विश्वले नेपाल संग हातेमालो गर्नुपर्ने राय बैज्ञानिकहरुले ब्यक्त गरेका छन् ।
स्मरण रहोस् नेपालमा अझै पनि धेरै जिवजन्तुहरुलाई औषधीको रूपमा खाइने प्रचलन रहेको छ । उदाहरणका लागी बगेडी चराहरूलाई पासोमा हालेर पक्रिने र सहज रूपमै बजारमा बेच्ने प्रचलन बढ्दो छ । कुनै पनि वैज्ञानिक अनुसन्धानले भने यी चराहरू औषधीको रूपमा राम्रो हुन्छन् भनि देखाउदैन तर नेपालमा उक्त चरालाई सेवन गर्दा यौन क्षमता बृद्दि गर्ने तथा सन्तान नहुनेहरुलाई सन्तान प्राप्त हुन्छ भन्ने अन्धविश्वास ब्याप्त रहेको छ । समयमा नै बगेडी चराहरूको बारेमा सचेतनामूलक कार्यक्रमहरू संचालन नगरिने हो धेरै समय यसको संरक्षण गर्न नसकिने चाँडै नै उक्त चरा लोप हुन सक्ने कुरा एक अनुसन्धान बाट पत्ता लागेको छ ।
नेपालमा डोडो भेटिनुलाई चराहरुको अनुसन्धान तथा पर्यटन प्रवर्द्धनमा समेतको एकदमै ठुलो क्षण हुने मानिएको छ । धेरै सङ्ख्यामा भेटिए यो डोडो चराले नेपाली पर्यटन प्रवर्धनमा मा कायापलट गर्ने नेपाली अनुसन्धानकर्ताहरूको भनाइ रहेको छ । हाल उक्त भेटिएको चरा वास्तवमै डोडो चरा हो कि हैन भन्ने अध्ययनको लागि अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा आनुवंशिक विश्लेषण भई रहेको विश्वविद्यालयका प्रोफेसर अप्रिल्स फुलले बताएका छन ।
Facebook Comments Box