बिहान उठेर एस्सो टुइटर खोलेको थिएं। सधैं झै टाइमलाइनमा हुने मान्छेहरुकै टुइट थियो। स्क्रोल गर्दै थिएं, आधा निन्द्रामा। सरर-र्‍र् जादै गर्दा एउटा टुइट माथि फ्याट्ट एउटा खप्पर देखेको झैं लाग्यो। फर्केर माथि जांदा फेरी तेही टुइट भेटिन। र काममा जान तयार हुनु पर्ने भएकोले गर्दा खोज्ने इक्षा नि जागेन। तर काममा पुगिसकेर फेरी टुइटर हेर्दा एक जना साथीले रिटुइट गरेको देखें। र, खोलेर के रहेछ भनेर हेर्दा, चीनमा पाइएको एउटा मानव जातिकै खप्परबारे रहेछ।

कुरा के रहेछ भन्दा, चिनको हार्बिन भन्ने ठाउँमा एउटा पुरातन खप्पर भेटिएको रहेछ। जस्लाई ‘होमो लङी’ नाम दिइएको रहेछ। चीनी भाषामा लङी भनेको ड्र्यागन रहेछ। र, त्यो मानव जातिको कमन नाम ड्य्रागन म्यान राखिएको रहेछ।

मैले पढेको समाचार अनुसार त त्यो हाम्रो, होमो नियन्डर्थल वा होमो इरेक्टस भन्दा नि नजिकको सन्तान पर्ने रहेछ। मेरो उत्सुक्ता अझै बढ्यो र म त्यसबारे अझै खोजेर पढ्न थालें। होमो नियन्डर्थल हाम्रो सबै भन्दा नजिकैको हाङामा पर्ने मानव जाती हो। तल राखिएको तस्बिरमा विभिन्न हांगाहरू प्रष्ट पारिएको छ।

                                                                                  तस्बिर १: मानवजातिको क्रमिक विकासको क्रमिक रुख (इभलुस्नरी ट्री)

 

र यो अध्ययनले भने त्यो कुरालाई नि चुनौती दिएको रहेछ।

होमो नियन्डर्थल सम्भवतः ३५००० देखी ५०००० वर्ष अगाडि लोप भएको अध्ययनले बताउॅंछ।अहिले पाइएको ड्र्यागन म्यान भने कम्तीमा १४०,००० वर्ष पुरानो रहेछ।

साइड नोट: होमो सेपियन्स वा होमो नियन्डर्थलमा “होमो” भन्नाले मान्छे जनाउछ। सेपियन्सले ‘वाइज’ वा बुद्धिमान। नियन्डर्थल भने नियन्डर उपत्यका बाट आएको हो।

नेपालमा तिनउ खोलामा पाइएको मानव जीवाश्मलाई रामापिथेकस सिवालेन्सिस भनिन्छ, त्यसमा रामा भनाले रामको र पिथेकस भन्नले ग्रिकमा एप वा बाँदर बुझिन्छ। तर यहाँ बाँदर भन्नाले गलत अर्थ लाग्न सक्छ। यो बाँदर हामीले पशुपतिमा देख्ने वाला बाँदर नभएर पुच्छर नभएका मानव झैं देखिने एपहरु हुन। मानव जाती बाँदरबाट आएको हुन् भन्ने एउटा अफ्वाह मात्र हो। त्यसमा बाँदर भन्नले एप बुझ्नुपर्छ। जे होस्, वैज्ञानिक नाम कि त त्यो जिवाशम वा जनावर भेट्ने मान्छेको नाममा वा भेटिएको ठाउँको नाममा राखिन्छ।

 

त्यसरी नै यो ड्य्रागन म्यानको खप्परलाई अध्ययनमा हार्बिन क्रेनियम नि भनिएको छ। हार्बिनमा पाइएकोले।

खासमा ड्र्यागन म्यान पाइएको कुरा रोचक रहेछ।

सन् १९३३ मा एक चीनी कामदारले हार्बिनमा एउटा निर्माण क्षेत्रमा काम गरिरहेको बेला त्यो खप्पर भेटेका रहेछन्। त्यतिबेला उनी त्यहां जापानीहरुको लागि काम गरिरहेका रहेछन्।कताकता उनलाई त्यो खप्परले केही महत्व बोकेको छ कि झैं लागेर उनले त्यो लुकाएर राखेछन्। तर, २०१८ मा उनको मृत्‍यु हुनुभन्दा अगाडि उनले त्यो खप्पर राखेको ठाउँ आफ्नो परिवारलाई भनेका रहेछन्। र उनका परिवारले त्यो खप्पर ‘जियोविज्ञान मिउजियम’- हेबिए विश्वाबिद्यालयको भूविज्ञान संग्रहालयमा दान दिएका रहेछन्। त्यहां बाट बल्ल ड्र्यागन म्यानको अध्ययन सुरु भएको रहेछ।

आजै, वा शुक्रबार मात्रै प्रकाशनमा आएको शोधपत्रमा उल्लेखित कुरा सक्दो बुझ्दो पढेर तल बुझाउन प्रयास गरेको छु।

***र यो भन्न अगाडि, यो मेरो विशेषज्ञता वा अध्ययन क्षेत्रको बिषय हैन, क्रमिक विकासमै काम गरेपनि मैले मानवजाती वा मानव जातीको क्रमिक विकासमा काम गर्दिन। मैले आफुले बुझेको कुरा वैज्ञानिकबाहेक अरुलाई नि बुझाउॅं भन्ने हिसाबले लेख्न खोजेको मात्र हो। यस्तो कुराहरु धेरै महत्वपूर्ण कुरा हुन्। हामीले हाम्रो उत्पत्ति र त्यस्को कारणबारे जान्न जरुरी हुन्छ जस्तो लाग्छ। त्यसैले मलाई यो लेख्न उपयुक्त लाग्यो ।

ड्य्रागन म्यान कहिलेको भनेर कसरी पत्ता लगाइयो त?

धेरै जसो जिवाशमहरु कहिले को हुन भनेर पत्ता लगाउन ‘कार्बन डेटिङ’ गरिन्छ। कार्बन डेटिङ बारेमा म अर्को ब्लग लेख्नेछु। तर, मुख्य कुरा भनेको हाम्रो वायुमण्डल भएको कार्बन १४ को क्षय अवलोकन गरेर कुनै पनि कुरा कति पुरानो हो अनुमान लगाउन सकिन्छ।

यस अध्ययनमा भने अरु नै शिल्पविज्ञान (टेक्नोलोजी) प्रयोग भएको पाएं। त्यो मैले आफुले बुझेसम्म यहाँ वर्णन गर्न प्रयास गरेको छु।

यहाँ गरिएको अध्ययनमा, ड्र्यागन म्यानको खप्परमा एक्सआरएफ यानलाइसिस्ले क्याल्सियम, फोस्फोरस, आइरन र म्याग्नेसियम भएको पत्ता लगाएको अनुसन्धानमा उल्लेख गरिएको छ। ड्र्यागनमन मा पाइने तत्वको तुलनाको लागि प्लेइस्टोसिन एरामै पाइने अरु स्तन्धारीहरुको हड्डी, जस्तै दुइटा कन्ट्रोल** गैंडाको हड्डी, प्रयोग गरिएको थियो। र ति दुबैमा उस्तै-उस्तै तत्त्वहरू पाइएको छ।

**धेरै जस्तो वैज्ञानिक विधिमा कुनै पनि कुरालाई अर्को कुरा सँग तुलाना गरिने कुरालाई कन्टोर्ल भनिन्छ। जस्तै, कुनै नयाँ औषधीको परीक्षण गर्न पर्दा, त्यो औषधी र कन्ट्रोल वा प्लसिबो को प्रयोग गरिन्छ। यसरी नै यहाँ भने, त्यो ड्र्यागन म्यानको खप्पर कति बेलाको हो भनेर त्यसलाई तुलना गर्नको लागि प्लेइस्टोसिन एराको हड्डी सँग तुलाना गरिएको हो।

एक्सआरएफ यानलाइसिस् भनेको के हो?

एक्सआरएफ वा एक्स्-रे फ्लोरोसेन्स नन डिस्ट्रक्टिभ विश्लेषणको एउटा प्रविधि हो, जस्ले तत्वसंरचना निर्धारण गर्न मद्दत गर्छ।

ड्र्यागन म्यानको खप्पर र हार्बिन क्षेत्रमै पाइने अरु स्तन्धारीको हड्डीहरुमा पनि समान मात्रामा स्ट्रोनियम, यिट्टियम र जिर्कोनियम पाइएको छ।

तस्बिर २. सोही अध्ययनमा पब्लिश गरिएको माथिको फिगरले समान मात्रामा रहेका ति तत्वहरु देखाउछन्। यहाँ हार्बिन म्यान र लेट प्लेइस्टोसिन-अर्ली होलोसिन र मिडल-लेट प्लेइस्टोसिन स्तन्धारीसँगको तुलना देखाइएको छ।

र त्यसरी नै आरइइ अर्थात ‘रेर अर्थ एलिमेन्ट‘ (Rare earth element) को प्रयोग बाट ड्र्यागन म्यानको नाकको हड्डीलाई सोही समयमा पाइएको अरु सात प्रजातीको स्तन्धारी र दुई प्रजातीको मानव जाती सँग तुलना गरिएको थियो। र ति विश्लेषणले पनि ड्र्यागन म्यानलाई मिडल प्लेइस्टोसिन तिरै राखेको पाइएको रहेछ।

त्यसरी नै यो अध्ययनमा कार्बन डेटिङको सट्टामा इुउ सिरिज डेटिङ (जुन कार्बन डेटिङ जस्तै इुरेनियम-थोरियम डेटिङ हो) , स्ट्रोनियम इसोट्रपिक कम्पोजिसन र लिथोस्ट्राटिग्राफइक कोरिलेसन को पनि प्रयोग गरिएको रहेछ।

यो सबै अध्ययनले त्यो हार्बिन क्रेनियम वा ड्र्यागन म्यानको उमेर कम्तिमा १४८ केए (KA) वा किलोयानम ( भन्नाले हजार बर्ष) जनाउछ। समग्रमा गरिएको सबै अध्ययनको अनुसार, हार्बिन क्रेनियम वा हार्बिन म्यान नाम दिइएको यो मानवको जाति प्लेइस्टोसिन एराको रहेको अध्ययनले देखाएको छ।

कस्तो छ त ड्र्यागन म्यान? 

हार्बिनमा पाइएको जिवाशम एउटा पुरुषको हो भन्ने अध्ययनले बताएको छ। जसको मानवजातिसँगको  तुलनात्मक रुपमा ठुलो दिमाग वा ब्रेन साइज थियो। उसको आँखा तुलनात्मक रूपमा ठुला देखिन्थे, नाक ठुलो थियो।

र त्यो ड्र्यागनम्यान को चिउडो भने भेटिएको रहेन छ।

 

तस्बिर ३/४ /५ . ड्य्रागनम्यानको खप्पर/ रेन्डेसन इमेज. 

माथि भने जस्तै, यो मेरो विशेषज्ञताको विषय हैन, तर अझै केही जान्न मन लागे मलाई मेसेज वा तल कमेन्ट गर्नु होला।म थप अध्ययन गरेर बुझाउन प्रयास गर्नेछु।

र मेरो नेपाली ध्वस्त भएको हुँदा र जति सकिन्छ सम्पादन गरिदिनु भएकोमा अन्जना अधिकारीलाई धेरै धेरै धन्यवाद। 

र यो लेख “सेल” जर्नलमा प्रकाशित भएको सोध पत्र पढेर लेखिएको हो। यो सोध पत्र “यहाँ” क्लिक गरेर वा तलको रिफ्रेन्स /वेब्साइट बाट खोज्न सकिन्छ।

 

https://www.cell.com/the-innovation/pdfExtended/S2666-6758(21)00056-4

 

 

Facebook Comments Box