कथा ३ लाख वर्ष अगाडिको हो……

 

वर्तमान अवस्थामा साउथ अफ्रिकाको राइजिङ स्टार नामको गुफा भित्रको यो ऐतिहासिक कहानी वैज्ञानिक हिसाबले मात्र नभएर साहित्यिक हिसाबमा पनि अनौठो छ, । प्राकृतिक इतिहासको कथा सायद सबै चाखलाग्दो हुन्छन, तर यसले भने मलाई धेरैबेर सम्म नै सोच्न र यस कथाको पात्र र त्यो स्थितीमा डुब्न वाध्य बनायो। कथा को सुरुवात भने ३ लाख वर्ष अगाडि हुँदैन, सुरु हुन्छ सन २०१३ मा………

स्टिभ टकर र रिक हन्टर नामका दुई केभर्स ले राइजिङ स्टार गुफामा डुल्दैगर्दा जीवाश्म पत्ता लगाए। जीवाश्म फेला परेपछी उनीहरुले विटवाटर्सर्यान्ड विश्वविद्यालयका तत्कालिन वैज्ञानिक लि बर्जरलाई सुचना दिए। सुचना पाए पछी लि बर्जरले फेसबुकमा एउटा पोस्ट मार्फत केभर्स चाहिएको घोषणा गरे। पोस्ट यहाँ हेर्न सकिन्छ : 

https://www.facebook.com/PhysAnth/posts/check-out-this-announcement-from-lee-berger-interesting-opportunitydear-colleagu/10151950417394414/

फेसबुकको विज्ञापनको आधारमा ६ जना महिला केभर्सहरुलाई नियुक्त गरियो। त्यो प्रारम्भिक सुचनाको आधारमा गरिएको अनुसन्धानबाट अनुसन्धान टोलीले एकै गुफामा अहिलेसम्मकै सबैभन्दा धेरै मात्रमा भेटिएको “मानव जातीको” जीवाश्म भेटे। तर यो कुनै सामान्य जीवाश्म भने थिएन। भेटिएको जीवाश्म भन्दा पनि कस्तो अवस्थामा भेटियो, त्यो धेरै महत्वपूर्ण थियो। र  त्यसपछीको निरन्तर अनुसन्धानबाट प्राप्त भएका जानकारी, जसले मानवजातीको क्रमिक विकासलाई एउटा नयाँ कथा दियो, नयाँ ईतिहास दियो।

तस्बिर १ भेटिएका हड्डीहरु

 

गुफामा भेटिएका जीवाश्म झट्ट हेर्दा अहिलेका आधुनिक मानव जस्तै थिए, २०१५ सम्म पुग्दा, २ वर्ष जस्तोको अध्ययनले यी नयाँ प्रजातीको मानव थिए भन्ने प्रमाणित भैसकेको थियो। त्यो नयाँ प्रजातीको नाम राखियो ” होमो नलेदी”। ल्याटिनमा होमो भन्ना ले मान्छे बुझिन्छ, जस्तै हाम्रो बैज्ञानीक नाम “होमो सेपेन्स” हो, होमो भन्नाले मानव र सेपेन्सले बुद्धिमान जनाउँछ। त्यसरी नै होमो नलेदीलाई मानवको होमो र नलेदीलाई अफ्रिकन भाषामा तारा। राइसिङ स्टार नामको गुफामा भेटिएको भएर यसलाई गुफाको अनुसार ताराको नाम दिइएको थियो। गुफा भित्र पस्न भने सहज थिएन। जुन फेसबुक पोस्टमा लेखिएको नै छ, सानो र छरितो ज्यान भएको मान्छे चहिएको छ भनेर। (गुफा बारे अझै जान्न मन भए नेसनल जोग्राफिकको यो भिडियो हेर्न सकिन्छ। : https://www.youtube.com/watch?v=D9mXu1BWI6A )

 

तस्बिर २. गुफाको लेआउट

 

नलेदीको कंकालको भागहरू केहीहदसम्म हामी जस्तै थियो, तर विस्तृत अध्ययनले यसको हरेक कुरा भिन्न छ भन्ने देखाउँदै गयो। र एउटा हदसम्म यो अहिले सम्म भेटिएको कुनै पनि मानव जातीको नजिकबाट सम्बन्धित अर्को मानव जातीको जीवाश्म जस्तो थिएन।  

सुरु गरौँ यसको खप्परको परिणाम र अकार बाट।

तस्बिर ३. बिभिन्न होमिनिन का खप्परहरु

नलेदीको खप्पर वा ब्रेन साइज प्रारम्भिक मानव र अहिले कै मानव जातीको हेरीकन धेरै सानो छ। उस्को मुहार चेप्टो छ, निधार र चिउँडो सानो छ। जुन हेर्दा प्रारम्भिक मानवको जस्तो लक्षण देखिन्छ कुनै हदसम्म। नलेदीको ब्रेन साइज करिब ४५० देखी ६०० क्युविक सेन्टिमिटर को छ भने, अहिलेका आधुनिक मानवका १४५० क्युविक सेन्टिमिटर छ। आकारको कुरा गर्दा यसको खप्पर होमो इरेक्टसको जस्तो देखिन खोज्छ।

दाँत कै कुरा गर्ने हो भने नि नलेदीको दाँत विकास मानवजातीकै जस्तो छ। विस्कन्सिन विश्वविद्यालयका प्रोफेसर जन हक्सले बाताए अनुसार नलेदीको दाँत विकासक्रम हाम्रो जस्तै छ। बङ्गारा वा चपाउने दाँत भन्दा पहिले कुकुरे दाँत वा केनाइन दाँतको विकास हुनु। तर अरु प्राइमेट जातीमा हेर्ने हो भने बङ्गारा पहिले विकास भएर कुकुरे दाँतको विकास पछी हुन्छ। कुकुरे दात भनेको सामाजिक स्थिति वा शक्ति देखाउन प्रयोग हुने भएकोले, ति प्रजातीमा पूर्ण रुपमा विकसित भै झगडा गर्न सक्ने हुँदा मात्र ति दाँतको विकास हुन्छन। पशुपतीमा पाहिने मकाक बाँदरले कहिले झम्टिन खोजेको छ भने याद गर्नु भएको होला, अगाडिको दुइटा केनाइन दात टिलिक्क टल्केका हुन्छन। धेरै प्रजातीमा यसले शक्तीको बिज्ञापन गर्ने काम गर्छ। तर नलेदीमा भने त्यो नभएर आधुनिक मानवमा जस्तो पाइेको छ। नलेदी प्रारभिक प्रकारको प्राइमेट थ्यो भने दातको बिकासको प्रकार नि प्रारम्भिक नै हुन्थ्यो होला, तर नलेदीको केसमा यो उल्टो छ।

 

नलेदीको खुट्टा पनि ठ्यक्कै हाम्रो जस्तो छ। जन हक्सले जिस्केर भने, ४ साइजको खुट्टा भएको मान्छे कोही छ भने खुट्टा ठ्यक्कै उही हुन्थ्यो। तर शरीर रचनात्मक हिसाबले हेर्ने हो भने खुट्टा जस्तो को तेस्तै छ। 

तस्बिर ४. होमो नलेदीको खुट्टा,  होमो सेपेन्स को खुट्टा र नलेदीमा खसै भिन्नता देखिन्न।

नलेदीको हातपनि हाम्रो जस्तो छ, औंलाको टुप्पो चेप्टो र केही समात्न बनेको जस्तो । नाडीको हड्डीहरु पनि उस्तै छन। हुँदा हुँदा बुढी औंला र अरु औंलाका हड्डीको फेदमा हुने भिन्नता नि एउटै किसिमको छ। हाम्रो हात संग फरक भनेको नलेदीको औंलाहरु अली अली बक्र छन। जुन रुखमा वा अरु केही कुरामा समात्नका लागि पारीमार्जित भएको हुनसक्ने हक्सले बाताएका थिए।

जन हक्सको सेमिनार सकेपछीको प्रश्न सोध्ने भागमा मैले उनलाई सोधेको थिएँ ति औंलाको बारे। जुन तल फेरी जोड्ने छु। नलेदी कसरी बस्थे र उनको व्यवहारसँग जोडीएकोले यहाँ भन्दा नि अन्त्यमा त्यो कुरा जोड्दा ठीक होला जस्तो लाग्यो।

रुख चढ्न सक्ने भन्ने कुरालाई उसको काँधले पनि टेवा पुर्याउँछ। उसको काँध अलीकती माथितिर फर्किएको छ। यसरी हरेक हड्डी केलाउदै जादा नलेदी सबै प्रजातीको मिश्रण जस्तै देखिन थाल्य। खप्पर होमो इरेक्टस जस्तो, हिप अस्ट्रेलोपिथेकस सँग मिल्न खोज्ने, हातखुट्टा अहिले का मानव सँगै मिल्दो जुल्दो।

 तस्बिर ५. पेलियो आर्टिस्ट जन गुर्सद्वारा बनाइेको पुनर्निर्मित , अस्ट्रेलोपिथेकस, होमो इरेक्टस र होमो नलेदी। फ्याट्ट हेर्दा उस्तै भने देख्दैन्न। यही आधारमा होमो नलेदीलाई नयाँ प्रजाती मानिएको हो।

 

गुफा भित्र खोजी गर्दागर्दै टोली अहिले डिनलेदी चेम्बर भनेर चिनीने ठाउँमा पुग्यो, गुफा धेेरै सानो भएकाले त्यो ठाउँ पुग्न आँफैमा धेरै गाह्रो छ। तर डिनलेदी चेम्बर भित्र फेरी झनै अचम्मको कुरा भेटियो। 

गुफाको सबैभन्दा भित्री कुना डिनलेडी चेम्बरमा हड्डीहरु भेटियो। तर त्यहाँ कसरी पुगे त्यो हड्डी भन्ने कुराले वैज्ञानीकहरुको दिमाग खायो। ति हड्डी सतहमा थिए र पानी वा क्षरणले गर्दा तल पुग्यो भन्ने हो भने गएको २५०००० वर्ष यता त्यस्तो क्षरण हुने केही गतिबिधी नभएको पाइयो। कुनै जनावरले लगेर राखे कि भन्ने हो भने भेटिएको कुनै पनि हड्डीमा जनावरको दातको निसान वा कुनै पनि हिसाबले टोकिएको जस्तो पाइएन, भेटीएका कुनैपनि हड्डीमा। अझै रोमान्चक कुरा के थियो भने, ति हड्डी टुक्राटुक्रा नभएर कतिपय त पूर्ण रुपमा अर्टिकुलेटेड (राम्रै सँग जोडीएको थिए)।

तस्बिर ६. डिनलेडी चेम्बर तस्बिरमा एस्क्याभेसन पिट भनिएको ठाउँ हो। 

 

 

२०२० को फेब्रुअरीमा यस अनुसधान टोलीका अनुसन्धानकर्ता मेरो विश्वविद्यालय एउटा कार्यक्रममा आएर यो खोजहरु प्रिजेन्ट गरेको थिए। उन्कै टल्कमा लेखिएको नोट्सहरु बाट यो आर्टिकल लेखिएको हो। व्यक्तिगत रूपमा म आँफैलाई चाँही धेरै चाखलाग्दो लाग्यो र अरुलाई नि मन पर्ला भनेर झन प्रेरित भाईयो। मन परे शेयर गरिदिनु होला। मन नपरे के मन परेन भनिदिनु होला। धन्यवाद

Facebook Comments