शिवपुरीको सयर २०१९

अमेरिका हुँदा देखि नै नेपाल आएर ईश दाइ सँग ट्रेकिङ, हाइकिङ र साइक्लिङ जाने प्लान भनेको थ्यो। यता आए पछि साथीभाइ परिवार भेटघाटमा यति व्यस्त भइयो कि समय मिलाउनै सकिएन। हामीले त अझ तिलिचो साइक्लिङ जाने योजना बनाएका थियौँ तर अत्यधिक जाडोले गर्दा साइक्लिङ लाई साइड लगाएर तिलिचो  ट्रेकिङ जाने निर्णयमा पुग्यौँ। तर मनाङमा अत्यधिक चिसो र हिमपातको कारणले गर्दा हाम्रो योजनामा तुसारापात गर्‍यो। लौ त नि अब तिलिचो सकिएन मार्दी जाम भन्दा पनि जाडोले गर्दा जाने आँट आएन। भन्दा भन्दै अब फर्किन धेरै दिन नि बाँकी छैन, त्यसैले बरु शिवपुरी पिक सम्म मात्र भए नि हाइकिङ जाउ न त भनेर “शिवपुरी पिक हाइकिङ” प्लान बन्यो। यसो चरा नि हेर्न हुन्छ, हाइकिङ नि हुन्छ दाजु भाइ को घुमघाम नि हुन्छ राम्रै हो। शनिवार कता कता बोलाई राख्ने अनि नमिल्ने भएकोले गर्दा,ईश दाइ ले बिहीबार बिदा लिन्छु म भनेका थिए।
त्यही प्लान अनुसार आज हाइकिङ जाने प्लान बन्यो। बिहान ७ बजे बुढानीलकण्ठ मन्दिर अगाडी भेट्ने र ब्रेकफास्ट गरेर पानी मुहान हुँदै शिवपुरी पिक जाने प्लान बन्यो। प्लान अनुसार दुवै जना को भेट लगभग त्यस्तै समयमा मन्दिर अगाडि भयो तर ब्रेकफास्ट भने माथि नै गएर खाने निर्णय गरियो।  बिस्तारै कुरा गर्दै हामी पानी मुहान पुग्यौँ र राष्ट्रिय निकुञ्जको ढोका बाट बायाँ पट्टीको पानी मुहान रेस्टुरेन्टमा ब्रेकफास्ट गर्न छिर्‍यौँ।

IMG_20190103_075202

यात्रा सुरु हुनु अगाडि

धेरै जसो सधैँ त्यही खाने गरिएको थियो, खाना मिठै पाइन्छ। ईश दाइले रेस्टुरेन्ट भित्र गएर ” हामीलाई २ कप चिया, दुइटा अम्लेट र एक प्लेट आलु दिनुस् न है” भने।

रेस्टुरेन्टकै छेउमा एउटा सानो खोला बग्ने भएकोले वरी परी टन्नै चरा थिए। म क्यामरा झिकेर चरा खोज्न निस्के ईश दाइ कुकुर सँग गफ गर्न थाले। खोला नजिकै ओर्लिन नपाई नीलाम्बर जलखञ्जरी एउटा सानो घरको छानोमा देखे र खिच्न थाले।

Redstart

निलाम्बर जलखञ्जरी

खोलाको तिरै तिर सेतो टाउके जलखञ्जरी नि उफ्री रहेको थियो, एक छिन एउटा ढुङ्गामा बस्थ्यो भने एकै छिन अर्को मा। जसरी भए नि फोटो लिएरै छोड्छु भनेर म खोला तल ओर्लिए। होटेलको एउटा कालो कुकुर रहेछ, उ पनि मेरो पछि पछि लाग्यो, “के खोज्दै छ यो” भन्या जसरी। म जता जता हेर्थे, उ नि त्यतै हेर्थ्यो, र म जता गए उतै पछि लाग्थ्यो। शायद कुकुरले गरेर नि हो कि त्यो चरा झनै अस्थिर भयो।   धेरै प्रयास पछि नि सकिएन र उता होटेलको दिदीले चिया ल्याइदिनु भई सकेको थियो। । म चरा छोडेर चिया तिर लागे। बिहानको चिसो मौसम, एकै छिनमा चिया सेलाउने। चिया सुरु गर्न नपाई हाम्रो एक प्लेट आलु र एक प्लेट अम्लेट नि आयो। दुई प्लेट भनेको एक प्लेट मात्र अम्लेट आयो, ठुलो थ्यो हेर्दा र, शायद एउटामा दुइटा अन्डा हालेको रहेछ भन्दै बाँडेर खाइयो। खाइ सकेर पैसा तिर्न जाँदा, “अर्को अम्लेट नि बन्दै छ, दुइटा भनेको हैन” भन्दै दिदी बाहिर निस्किन।

IMG_20190103_081123

ओहो! कति मिठो आलु

ए ल बनाइ सक्नु भएको छ भने अब ठिकै छ भन्दै म बाहिर निस्के र अम्लेट कुरेर बसे। केही बेरमा अम्लेट आयो र खाइ ओरी म फेरी पैसा तिर्न निस्के।

हाम्रो कति भयो दिदी, अनि एक बोतल पानी नि थपिदिनुस् है त्यसमा भन्दै फेरी भित्र छिरे

ईश दाइ बाहिर, “यस्तो जाडोमा कसले पानी खान्छ, चाहिँदैन पानी सानी” भन्दै थिए।

क्यालकुलेटरमा नम्बर हाल्दै, दिदीले ३५० भयो भनिन। मैले खल्तीमा  पैसा हेरे, म सँग २५० मात्र रहेछ। हिजो राती थकाली खान गएको र भएको सबै पैसा त्यही तिरेको बिर्सेछु। र एटिएम छिर्न पर्छ भन्ने सोच दिमागमा आएन। आफू सँग नभएकोले म ईश दाइ सँग लिन गए।

दाइ मलाई सय रुपैयाँ दिनुस् त”

ईश दाइले  ब्याग बाट सय रुपैयाँ झिकेर केही नभनी मलाई दिए.

पैसा तिरेर धन्यवाद भन्दै हामी राष्ट्रिय निकुञ्जको टिकेट काउन्टर तिर लाग्यौँ।

पच्चिस हैन दुई सय पचास

टिकेट काउन्टरमा पुग्दा भित्र कोही थिएन। छेउको झ्यालमा सोध्दा आउँछन् होला कोही,  कुर्दै गर्नुस् भने र हामी एक छिन कुर्‍यौँ, केही बेरमा निकुञ्जको प्रवेशद्वार बाट एक जना दाइ हतारिँदै आए।

काउन्टर भित्र छिरे र सोधे, “दुइटा टिकेट हो?”

त्यति  बेला सम्म म काउन्टर अगाडिको सूचना पाटी हेर्दै थिए, त्यहाँ लेखिएको थियो “नेपाली नागरिक २५ रुपैयाँ”
यसो तल तिर हेरे साइक्लिङ को दर एक पटक नेपालीकै लागि १००० पुराइएको थियो। ३० देखेर अचम्म लाग्यो कस्तो घटाएछन् त भनेर।

भित्रको दाइले “नाम भन्नुस्” भनेर मेरो ध्यानाकर्षण गराए।

अनुज घिमिरे, मैले नाम भने र ५० रुपैयाँ उनलाई  दिए। “२५० भाइ दुई जनाको” भनेर उनले ५० रुपैयाँ फिर्ता दिए। यहाँ त २५ लेखेको छ भन्दै, मैले सूचना पाटी देखाए, “अर्को साइडमा हेर्नुस् भन्दै झ्याल भित्र बाट उत्तर आयो। बायाँ पट्टीको झ्यालमा हेरेको “नेपाली नागरिक :१०० रुपैयाँ” लेखेको रहेछ। दायाँ पट्टीको त वन्यजन्तु कोषको लागि मात्र रहेछ।

आफू सँग खल्तीमा त्यही ५० रुपैयाँ मात्र बाकी थियो। फेरी ईश दाइ लाई भन्न पर्‍यो भन्दै पछाडि फर्के र , दाइ २५० रहेछ, म सँग ५० मात्र छ तपाईँले दिनु त भनेको। ईश दाइ हाँस्दै “मुला म सँग नि छैन” भन्दै उफ्रे।

हैट दाइ, म सँग त छैन पैसै हिजो राती सबै सकाइयो भने

ईश दाइ फेरी “म त तिमी ले ल्याउँछौ भनेर पैसै नबोकी आए” भन्न थाले।

मलाई चाहिँ साँच्ची भन्न पर्दा म सँग पैसा थिएन भनेर याद नै भएन। हिजो राती थकाली खाइको थियो र त्यता तिरेर सक्केको थियो, बिहान खाजा खादा बल्ल याद गरे। जे भए नि धेरै चाहिने हैन २-४०० हो ईश दाइ सँग छ होला भनेर रेस्टुरेन्टमा केही भनिन। ईश दाइले नि धेरै चाहिने हैन, म सँग होला भनेर केही भनेको थिएनन् रहेछ। दुवै जना एक अर्काको विश्वास मा बस्यौँ र अन्त्यमा दुवै सँग पैसा रहेन छ। टिकेट काउन्टर अगाडि एक छिन बिल्लै भयो। काउन्टरको मान्छे मात्र नभै वारी परी गाइड दाइहरू थिए दुई चार जना।

दुवै जान बसेर एक छिन हाँसियो मर्ने गरी। ईश दाइले काउन्टरको दाइलाई अहिलेलाई मिलाइदिनुस् हामी बेलुका आएर तिर्छु भन्दै थिए, तर के मान्थे।

तर एकै छिनमा ईश दाइले जुक्ती लगाइ हाले।

तपाइहरूँ कसैको इ-सेवा छ? नभए म तपाईँहरू लाई ५०० पठाइ दिन्छु अनि तपाईँहरू मलाई यहाँ दिनुस् भने। ठिक ठाउँमा ठिक आइडिया लगाउन त ईश दाइ लाई आइहाल्छ। दुर्भाग्यवश त्यहाँ भएको कसै सँग नि इ-सेवा रहेन छ।

परेन फसाद?

ईश दाइले फेरी दिमाग लगाइ हाले। “नभए म तपाईँहरू लाई फोनमा ५०० रुपैयाँ पठाइदिन्छु, यहाँ मलाई दिनुस् न त” भने। एक जना गाइड दाइ ले हुन्छ भनेर समाधान भयो समस्याको । तर त्यही समयमा अर्को समस्याको बिउ रोपियो, जुन हामीले २ घण्टा जस्तो पछि मात्र महसुस गर्‍यौ।

ती गाइड दाइले “मलाई ५०० त के काम भाइ, फोन त्यति चलाइन्न ” भने, र हामीले ठिकै छ नि त २५० रुपैयाँ गरिदिन्छु भनेर भन्यौँ। त्यति भने पछि उनी राजी भए, र ईश दाइले २५० रुपैयाँ फोनमा ब्यालेन्स हालिदिए  र हामीले २५० रुपैयाँ लिएर टिकेट किनेर आफ्नो बाटो लाग्यौँ।

शिवपुरीको उकालो

व्यक्तिगत रूपमा मलाई चाहिँ बाघ द्वार जान आनी गुम्बा भन्दा नि विष्णुमती द्वार र सिक्रे जाने पट्टीको बाटो बाट जान मन लाग्छ। सिधा जाँदा रोडै रोड पर्ने गुम्बा सम्म अनि चरा खासै नपाइने। तर अर्को बाटो जाँदा  जङ्गल को बाटो पर्ने अनि चरा नि धेरै पाइने। त्यसैले आज नि त्यही बाटो उक्लियौँ।  बायाँ लाग्न नपाई आउने सानो पुलको पारी एक परिवार बाँदर जुम्रा हेर्दै थिए, जसलाई हामी “Grooming” भन्छौ। तिनीहरू को फोटो खिचेर हामी फेरी सिडी चढ्न तिर लाग्यौँ। धेरै भएको थियो हामी त्यसरी हाइकिङ नगएको। र पुरानो कुराहरू सम्झिँदै, पुराना यात्राहरू को कुरा गर्दै हामी माथि माथि लाग्यौँ। जहाँ जहाँ चरा देखिन्थ्यो, फोटो खिच्न रोकाइन्थ्यो। कुराको क्रम जारी रह्यो, बिस्तारै, अमेरिका बसाइ र अमेरिकामा सिकेको कुराहरू, देखेको अनौठो कुराहरू मैले सुनाउँदै गए। उनीहरूको खेलकुद संस्कृति र खेलकुद प्रतीक आकर्षण  र त्यो कसरी एउटा परिवारको संस्कृतिमा जोडिन्छ भन्ने कुरा गर्दै डाँडा चढियो।

पहिले त्यस्तो हिँडिन्थ्यो। आज भने आधी घण्टा हिँड्न  नपाई म थाकी सकेको थिए। मुटु घोडाको रफ्तार मा दौडिँदै थियो, स्या स्या गर्दै बिस्तारै चढे। उता बसेर केही नगर्ने बानीले धेरै बिगारेछ। हरेक २/२ मिनेटमा रोक्दै सास फेर्दै म माथि चढी रहे। कहिले ईश दाइले, म गई सके पछिको यता को ट्रेकिङ बारे सुनाउँथे, कहिले म अमेरिकामा घुमेको ठाउँहरू बारे।

२/२ मिनेटमा बस्ने क्रम चाहिँ जारी नै रह्यो।

केही बेर पछि हामी, विष्णुमती द्वार र बाग द्वार जाने बाटोको जंक्शनमा पुग्यौ। त्यहाँ देखेको दृश्य यति रिस उठ्यो, बाटो भरी प्लास्टिक र फोहोर फालिएको। अचम्म लाग्छ हाम्रो ताल देखेर, खाएको कुरा आफ्नो ब्यागमा राखेर कतै डस्टबिनमा हाल्दा के बिग्रिन्छ? जहाँ जे खायो त्यही फाल्न पर्ने? अनि देश यस्तो भएन र उस्तो भएन भन्दै फेरी आफैँ कम्प्लेन गर्ने? आफैमा चेतना भने छैन। एक छिन त्यसै बारे कुरा गर्दै फेरी त्यहाँ नि विश्राम गरे मैले।  

 

IMG_20190103_090608

राष्ट्र निकुन्ज भित्रको फोहोरको डुङुर (तस्बिर : इश्वर काफ्ले )

ईश दाईले चाँही शायद बादरले छिरलेको होला हौ यो फोहोर भन्दै थिए।

हुन नि सक्छ, जाथाभाबी नै थियो। तर अरुले नि नफाल्ने चाही हैन्न ! बाटो भरी नै प्लास्टिक र फोहोर जतात्यतै थ्यो।

एकछिनको विश्राम पछी फेरी उकालो लागियो। त्यहा बाट बाघद्वार ठ्यक्कै ५ किमी छ। ५ किमी भनेको सम्म सडकमा लगभग ३५-४० मिनेटको हिढाइ हो, तर डाडा चढ्दा त्यो धेरै बेर नै लाग्ने हिढाइ हो। टाइम टाइममा ईश दाई, मैले पुरानो जेनेरेटरले निकाल्ने जस्तो आवाज निकालेको देखेर, “सकिन्छ हैन ब्रो?” भन्दै पछाडि हेर्थे। म सकिन्छ सकिन्छ भन्दै फेरी हिढ्न थाल्थें।

 

बस्न नहुने बसाइ

कुराको अन्त्य भने खाली लामो सासले मात्र गरी रहेको थियो। एती गार्हो गरी त शिवपुरी डाडा जिन्दगीमा कहिले चढेको थिइन। रोक्की रोक्की, बिस्तारै डाडा चढ्ने क्रम जारी नै रहयो। बिच बिचमा भुइमै बसिदिन्थे भने कहिले काही उभिएर सासको दर सामान्य हुँदा सम्म कुर्थे।

एती खेर आएर टिकेट काउन्टर र बुढानिलकण्ठमा गरिएको गल्तीको महसुस भयो।

पहिलो गल्ती: बुढानिल्कन्ठमा खान नबस्नु, एदी त्यहा बसेको भए शायद पैसाको कुरा तेही थाहा हुन्थ्यो र एटियम छिरे र पैसा झिकिन्थ्यो।

दोश्रो गल्ती: दोश्रो गल्ती सुरु गर्न अगाडि अली कती भूमिका बाध्न चाहन्छु। ईशदाइ र म दुबै जाना धेरै नै ट्रेक्किङ गर्ने मान्छे। हामी बिचमा हाम्ले एती ट्रेक्किङ गरेको छौ कि, धेरैको अगाडि हामी ट्रेक्किङ कै लागि नि चिनिन्छौ। मैले त अझ हाइकिङ र ट्रेक्किङ गर्दा बोक्नै पर्ने अति आवश्यक

कुराहरु बारे ब्लग नै लेखेको छु। तर आज दुबैको दिमागमा एउटा कुरा आएन : खाने कुरा बोकेर हिढ्न पर्छ भनेर। हामी जब पानीमुहान बाट खाएर निस्क्योउ, त्यहा बाट हामी सँग झोलामा खान लाई केही थिएन। अरु त अरु, ईश दाईले त “एस्तो जाडोमा पानी खाइन्न, नलगे नि हुन्छ” भन्दै थिए।   

लापरवाही नि एती गरियो, जुन २ घण्टा जस्तो पछी महसुस हुँदै गयो। बिस्तारै भोक लाग्न थाली सकेको थियो। धन्न पानी भने बोकिएछ। समय समयमा रोक्किदै मुख भिजाउदै हामी डाडा चढ्दै गयौं ।

एउटा त आफु हिढ्न सकेको हैन थाकेर, तेस माथि बिस्तारै भोकले छोप्दै गै सकेको थियो। म भने अब हरेक ५ ५ मिनेटमा बस्दै बस्दै गै रहेको थिए। जिउ पुरै गाली सकेको थियो। भोकले पेट टाइम टाइममा कराउदै थियो। न पानी नै छ प्रसस्थै न केही खाने कुरा नै। आफु धेरै चकलेट खाइ रहन पर्ने, त्यो बेला चकलेट पाएको भए स्वर्गै पुगेको अनुभुती हुन्थ्यो होला। त्यस पछी ” म:म याद आयो, चिकेन तन्दुरी याद आयो, अमेरिकाको चाइनिज बफे याद आयो” भन्दै म सुनाउदै हिढे। घरमा आफ्नो टेबलमा एतिकै बसेको चकलेटको नि याद आयो। त्यो मात्र बोकेर आएको भए? एक्लै सोच्दै कनी कनी भोक बिर्सिन खोज्दै डाडा चढी रहे। तर बिस्तारै धेरै गार्हो हुँदै गै सकेको थ्यो। एउटा समयमा त भोक र थकाईले केही याद नै नहुने अवस्थामा पुगी सकेको थिए। शिवपुरीको लग्भग सबै बाटो चिन्थेमा। विशेष गरी सिक्रे झर्ने, त्यो बाटो अद्वितीय रुपमा छुटिन्थ्यो , बाघद्वार जाने बाटो बाट, तर आज भने त्यो बाटो आउने नाम नै लिदैन।

हिढ्दा हिद्दै मलाई केही आवाज आएको जस्तो अनुभुती भयो, मैले रोकिएर एस्सो सुने। भटभटभट किसिमको एउटा निरन्तर आवाज जङलको फेद बाट आइ रहेको थियो।

उत्साहित हुँदै मैले भने, “उ सिक्रे तिर चलेको बाइकको आवाज आइ सक्यो” शायद पिक आउन लाग्यो। पिक बाट मैले पहिले तेस्तै आवाज डाडाको तल सुनेको थिए।

ईशदाइ एकछिन रोकिएर सुन्न थालेएक्कै चोटि हाँस्दै “हावा मुलाहेलिकप्टर हो त्यो ” भन्दै हास्न थाले।

IMG_20190103_102924

सिक्रे जाने बाटो  (तस्बिर : इश्वर काफ्ले )
                                                               

IMG_20190103_093107

थाकेर कनी कनी हिढ्दै म! (तस्बिर : इश्वर काफ्ले )

निराश हुँदै म फेरी हिंड्न थाले। केही बेरको हिढाइ पछी धेरै नै थाकियो र मुख नि सुकी सकेको थियो, र म फेरी बसे। थकाई र भोकले केही सोच्न नसकेको, भुइमा एउटा ढुङ्गामा थुचुक्कै बसे।

बसेको केही बेरमा एउटा अनौठो तर कतै कतै थाहा पाएको जस्तो एउटा गन्द बढ्दै गयो।

के गनायो यो?” ईश दाई ले वारी पारी हेर्दै भने।

रुखको चोप जस्तो लाग्यो मलाई चाँही भन्दै, म खासै चासो नदी बसे। तर गन्द भने निरन्तर आइ राख्यो।

थकाईले लोथ परेको म, ढुङ्गामा मस्त बसेर कुरा गर्दै थिए। पानी खान पर्‍यो भनेर ब्याग खोले र पानी झिके। ईश दाईले तेही बेला, ओहो तिम्रो ढाड त कस्तो भिजेको पशिनाले भने। भित्र बाट त चिसै भएको थ्यो र अचम्म भने लागेन। तेही नि कती भिजेको रहेछ हेरम न त भनेर एस्सो ढाड छामे। ढाड बाट अली तल ज्याकेटको फेद तिर चाम्दा त हातमा केही चिपचिप लागेको जस्तो लाग्यो। के रहेछ भनेर अली राम्ररी चामे। औंला त टासिन खोज्छ, उठेर एस्सो प्यान्ट छामछु त प्यान्ट भरी तेस्तै च्यापच्याप लागेकोछ। भरे त म आँफै रुखको चोपमा बसेको रहेछु। उठ्न नपाई ढुङ्गा त चिसै देखियो र टिलिक्कै टल्केको चोप। कस्तो याद नगरि बसेछु भन्दै कराउदै थिए, उत ईश दाई मुर्छा परेर हाँस्दै थिए.

परेन फसाद? फेरी?

हिजो भखर धोएको प्यान्ट लाएर गएको पुरै चोप टालिएको छ। हतरपतर ईश दाईलाई केसैले पुछिदिन भने। ईश दाई हास्स्दै, ज्याकेट भरी लागेछ भन्दै पुछिदिन थाले।

आफ्नै प्यान्ट छाम्छु जहाँ छोए नि च्यापच्याप लागेको छ। एउटा त भोकले चुर तेस माथि अब यो। दिमाग नै खराब।  

चोप पुछी ओरी फेरी डाडा चढ्न थालइयो। जहाँ जहाँ चोप खसेको देखिन्थ्यो, ईश दाई “यहा नि बस ल” भन्दै जिस्काउथे।

भोक मिठो कि हाइकिङ मिठो

हिंडेको लग्भग ३ घण्टा कटी सकेको थियो। अब त ईशदाइ नि भोकले लोथ भै सकेको थिए। कहिले “ओहो ब्रो, सुन्तालाको खोल, अहिले खान पाए कती मज्जा आउथ्यो भन्थे, कहिले ओहो म:म खान मन लाग्यो”।

अगाडि हेर्दा डाडा सबै सक्किन लागी सकेको थ्यो तर सिडीको अन्त्य भने आउने नामोनिशान लिदैन थ्यो।

दिनभरी हिडीसकेको जस्तो महसुस हुन थाली सकेको थियो। पिक पुग्न अगाडिको ठाडो भर्र्याङ् आएको हो कि जस्तो लागेको थ्यो, तर अझै त्यो पुरानो याद भएको बाटो आउने नामो निशान थिएन। एउटा टुप्पोमा पुगे पछी चाँही अब चाँही आयो होला भन्दै सोच्दै थिए। टाढा बाट कोही मान्छे बोलेको सुने।

IMG_20190103_105440

एती भर्र्याङ् देख्दा त झन्डै फेन्ट भैएन  (तस्बिर : इश्वर काफ्ले )

ओहो! मान्छे बोलेको सुनियो, म उत्साहित हुँदै कराए।

ईशदाइले अगाडि बाट, अघीको बाइक जस्तै हुन तिम्रो मान्छे भनेर जिस्काए। तर यो बेला म निश्चित थिए कि कोही बोली रहेको छ। नभन्दै केही मिनेट पछी पिकको त्यो ठुलो ढुङ्गा देखियो। खुशीको त सिमै थिएन। मान्छे बोलेको सुने पछी, पक्कै केही न केही त होला उनीहरु सँग भन्दै हामी खाने कुरा माग्ने भएन्र त्यार थियोउ। तर जब हामी त्यहा पुग्योउ, तब थाहा भयो कि त्यो त एुउटा पूजा गर्न आएको टोली रहेछ र उनीहरु सँग खान लाई केही नि थिएन।

जसो तसो, भोकले मरीराख्दा नि, शिवपुरी पिक पुगेको खुशीयालीमा एकछिन भोक मर्यो। माथिको दृश्यले भोक लाई जित्यो।

म ढुङ्गा मा लम्पसार परेर सुते एकछिन, ईश दाई “वाउ म्यान, लुक याट दिस भिउ” भन्दै फोटो खिच्न व्यस्त थिए। म भने त्यो पारीलो घाम र ढुङ्गाको आढमा आनन्दले सुती राखे। एकै छिनमा जोस आयो र क्यामरा झिकेर एता उता हेर्न थाले। ठ्यक्कै मेरै अगाडि बाँया पट्टी हिमाली लेकचरी देखे र उत्साहित भएर फोटो खिच्न थाले। एकचिन स्थिर भएर नबस्नाले खासै राम्रो तस्बिर भने लिना सकिएन।

IMG_20190103_113701

बादल पारी लुकेका हिमाल हरु (तस्बिर : इश्वर काफ्ले )

IMG_20190103_114554

माथि पुगे पछीको खुशी

IMG_20190103_115133

नजिकै कतै खाजा खाने ठाउँ छ कि भनेर खोज्दै ईश दाई

Accentor

हिमाली लेकचरी

IMG_20190103_115847

घडीको जिपीयस भर्सेस जिपियस

 

अली अली चराको तस्बिर र अली अली हाम्रो लिएर हामी फेरी आफ्नो बाटो लागियो। एकैछिनकै लागि मात्र भए नि सिडी चढ्न गार्है भयो। तर धन्न तेती चढे पछी ओर्लिन पर्थ्यो र खासै गार्हो हुन्थेन। ओरालो आए पछी एती खुशी भइएन र गुन्टुङटुङ दौढिदै हामी एकैछिनमा बाघद्वारको बाबाहरु को आश्रममा पुग्योउ। एती निश्चित थ्यो कि त्यहा केही न केही खान पाइन्थ्यो। केही नभए एक मुट्ठी चिनी भए नि म अर्को एक घण्टा टिक्थे। त्यहा एक भिछु फोनमा व्यस्त हुनुन्थ्यो, हामी उहाको फोन सक्किने बेला कुर्ने भनेर बस्योउ। तर फोन धेरै बेर नै गै राख्यो, र हामी नि तेही भुइमै लढ्योउ। बाँया पट्टी बाट एउटा बुढो बाबा घाम ताप्न लाई चकटी बोकेर निस्के। ईश दाई उठेर उन्को सामु गए।

ए बाजे सार्है भोक लाग्यो हौ” भन्दै

बुढा बाजे ले अली कान नसुन्ने रहेछन, “अली बेस्कन भन बाबु सुनिन” भने। ईशदाइ तेस पछी तेही बाबको छेउ मा बसे र फेरी भने ” भोक लागेर मर्न लागियो”

के खान्छउ त बाबु? चिउरा छ अनी बिस्कुट छ”

म जुरुक्क उठेर “दुबै” भन्दै बाबा तिर अगाडि बढे।

चिया नि खान्छउ त बाबु ?” भन्दै बाबा आफ्नो ठाउँ बाट उठे।

चिया पर्दैन” ईश दाईले बाबालाई भने।

तनाव के थियो भने, एतिकै खाने कुरा भएन। खल्तीमा छ ५० रुपैया आफु सँग। ईश दाई सँग अर्को ६० रुपैया रहेछ। धेरै कुरा खादा नि फेरी तनाव।

बुढा बाजे भित्र बिस्कुट लिन जादा, ईश दाईले फेरी ” बा चिया नि खाइदिउम न त भने”  

बुढा “हुन्छ बाबु ” भन्दै भित्र छिरे।

तेती नै बेला सुरुमा देखेको भिछुको नि फोनमा कुराकानी सकिएछ।

कहा बाट आउनु भयो बाबुहरु” उन्ले फोन खल्तीमा हाल्दै भने।

एही तल पासिकोट बाट हो। भोक ले मर्न लागियो, खाने कुरा नबोकी आइयो। मैले भने

एता केही पाइन्न बाबु, धेरै जाना आउछन त्यसरी नै भोक्काएर। के गर्न हुन्छ त ? खान बनाउ?”

भात त कती खाइन्थ्यो होला त्यो बेला, बनेको भए, तर खल्तीमा ११० रुपैया थ्यो, के के मात्र खानु?

हैन ठिकै छ, हाम्ले चिया भनेको छौ”, ईश दाईले थपे।

चिउरा नि खान हुन्छ त? म सँग चिउरा छ” भन्दै भिछु भित्र छिरे।

ईश दाई नि उहा सँगै, हुन्छ खाम भन्दै भित्र छिरे।

एकैछिन पछी ईशदाइ एक प्लेट चिउरा लिदै खुशी भएर आए। “ब्रो चिउरा! सही छ” भन्दै।

त्यो बेला सम्म हामी सँग हातमा बुढा बाजेले दिएको एउटा कोकोनट बिस्कुट थियो। ईशदाइले बिस्कुट फुटालेर चिउरामा मिसाए र हामी दुबै जाना हतारिदै चिउरा र बिस्कुट खान थाल्योउ।

                                                           IMG_20190103_122108           

छोइला चिउरा भन्दा मिठो “कोकोनट बिस्कुट र चिउरा” ( तस्बिर : इश्वर काफ्ले) 

केही बेरमा बुढा बाजे चिया र हातमा अर्को बिस्कुट बोकेर निस्के। मैले एक हातले चिया लिए र अर्को हातले बिस्कुट लिए, र बुढाले ईश दाईलाई अर्को ग्लासको चिया दिए। स्टिलको ग्लासमा ल्याएको चिया एती तातो थ्यो तर मत्लब नै नगरि खाइयो, जिब्रो पोल्ने गरी। फेरी चिया एती मिठो थ्यो।

ईश दाई खुशी हुँदै, “बाजे चिया कती मिठो” भन्दै चिया खान थाले। बुढा तेती सुनेर धेरै खुशी भए। मैले नि थापे, “एकदम मिठो छ”

साधा चिया भयो, दुध छैन बाबु, नभए अझै मिठो हुने”

कालो भए नि धेरै नै मिठो छ चिया” ईश दाइले थपे।

त्यो चिया र चिउरा खान एती मज्जा आएन।

छोइला चिउरा भन्दा मिठो भयो” मैले जिस्किदै भने

ईश दाइले फेरी आफ्नै पारमा भने “भयो ब्रो छोइला चिउरा जस्तो त केही मिठो हुँदैन”

दुबै जाना शरीर भित्र भखर छिरेको केही खानेकुरा को आढमा अली अली उर्जा निकालेर हास्योउ। र फेरी खान तिर लाग्योउ।

बिस्कुट चिउरा सक्किए पछी हामी बुढाले दिनु भएको अर्को बिस्कुट खोल्न तिर लाग्योउ। त्यो बिस्कुट ३ ४ वटा खाए पछी ईश दाइले मलाई पुग्यो भनेर खाने छोडे। म भएन चिया सँग बिस्कुट खाएको खाइ थिए। तर ४ ५ वटा बाँकी हुँदा सम्म भने टन्नै भै सकेको जस्तो भयो।

दाइ २ वटा जती खानु न” मैले ईश दाईलाई भने ।

हैन ब्रो, मलाई पुगी सक्यो” , भन्दै ईशदाइ भित्तामा आढ लगाएर सुत्न थाले।

बिस्कुट मलाई धेरै नै भै सकेको थियो। तर तेती भोक लागेर पाएको बिस्कुट नखाने भन्ने भएन, कनी कनी चियाले निलेर भए नि सके।

तेती आनन्द त शायद केही गर्द मिल्दैन थ्यो होला जिन्दगी मा।  चिया सकेर दुबै जाना भित्ता को आढ लगाएर एकछिन निदाइयो। बिचमा भने बुढा बाबा नि घाम तापेर बस्दै थिए।  कती बेर सुतियो थाहा भएन, तर घामलाई त्यहाको रुखले छेकेछ र चिसो आयो र निन्द्रा एक्कासी खुल्यो।

                                                                                                            

IMG_20190103_123357

तीन जोगीको घाम तपाइ 

हैट ब्रो जाडो भयो यार” भन्दै ईश दाई घाम भएको तिर गए।

म नि दाईको पछी लाग्दै तेतै गए।

त्यहा बसेर नि एकछिन घाम तापियो, तर बिस्तारै चिसो हुँदै गएको थ्यो र ईश दाईले अब चाँही ओर्लिन पर्छ भन्न थाले।

मैले नि हुन्छ भने, अनी बुढालाई पैसा बारे एस्सो कुरा गर्नु न भने।

मुला तिमी गर, जे नि मैले गर्न पर्छ” भन्दै ईश दाईले मलाई आफु सँग भएको पैसा दिए।  अफ्ट्यारो कुरा कहाँ निर थ्यो भने, के भनेर सोध्ने? एदी हामी सँग भएको भन्दा धेरै भएन्को भए के गर्ने?

अफ्ट्यारो मानी मानी म बुढा भएको ठाउँ तिर गए।

बाजे, हाम्ले कती दिनु पर्‍यो बिस्कुट र चिया को? ” भनेर सोधे।

म पसल हो र? भोक लागेको भनेको ले खुवाए, मलाई केही दिन पर्दैन।” भन्दै बुढा आफ्नो म्याट्रेसमा सुते।

हैन जे भए नि अब खुवाउनु भयो, अली अफ्ट्यारै हुन्छ नि भनेर सोधेको” उन्को नजिक गएर भने।

तेस्तो केही हुँदैन, मन लागेर हो गरेको , दिन पर्छ भन्ने छैन”

अब नदिउ भने नि अफ्ट्यारो लाग्ने, दिउ भने नि पैसा धेरै छैन।

हैन भन्नु न” ईशदाइले थपे।

पर्दैन बाबु, दिन पर्छ भन्ने छैन, मन नै लागेर हो भने जती दिए नि भयो।” उन्ले भने

तेस पछी मैले आफ्नो वालेटमा हेरे र ७५ रुपैया झिकेर उन्लाई दिए। उन्ले खुशी हुँदै राखे।

एती अफ्ट्यारो लागेको थ्यो, पैसा भए को भए अझै दिन हुन्थ्यो। दुबै जाना धेरै धेरै धन्यवाद भन्दै आफ्नो बाटो लाग्योउ।

मानवता भनेकै एही हो के ब्रो” ईशदाइले भर्र्याङ् झर्दै भने।  

ति बाजेले खुवाएको खाजा र उन्ले दिएको श्राधाले बाट निस्केको उर्जाले हामी फटाफट तल झर्योउ, बाघद्वारको मुहानमा एकैछिन फोटो खिचेर फेरी आफ्नो बाटो लाग्योउ।

तल झर्न खासै समय नै लागेन। चराहरुको कुरा गर्दै, अमेरिकामा मध्य जाडो याममा चरा खोज्न हिढेको कथा सुनाउदै म चरानी खोज्दै झरी रहे। ईशदाइ नि आफ्नो पुरानो यात्राको बारे सुनाउदै गए। टाइम टाइममा फोटो खिच्न रोकिन्थे। यादै नभै कती छिटो हामी नाङी गुम्बा पुग्योउ। फर्किदा नि फेरी माथि बाट पानी भर्न बिर्सेंको थियौ र गुम्बामा पानी भरियो र खाइयो पनि। तेस पछी फेरी तल झर्ने क्रम जारी रह्यो।

IMG_20190103_140816

                                                                                                  नाङी गुम्बा  ( तस्बिर : इश्वर काफ्ले) 

गुम्बा बाट ठ्यक्कै तल झरेको मात्रै थियौ, पछाडि बाट एउटा ट्रक आइरहेको रहेछ र ईश दाईले औंला ठढाएर लिफ्ट मागे। ट्रक ड्राइभर दाईले, ईशारा गर्दै पछाडि बस्ने भए मिल्छ भने। हाम्लाई के समस्या तेस्मा, हुन्छ, धन्यवाद भन्दै पछाडि चढियो।

हल्लाउदै ट्रक फेरी हिढ्न थालयो। ईशदाइ पछाडि बाट भिडियो बनाउन थाले। दुई चार वटा सेल्फी नि खिचियो। खासै भन्ने हो भने हामी हाइकिङ गर्नै , र एस्सो चराहरुको फोटो नि खिच्न भनेर गएको थियौ। हाइकिङ त धेरै रमाइलो भयो, एकदमै यादगार पनि। चराको फोटो भने खासै खिचिएन। केही बेरमा हामी फेरी राष्ट्र निकुन्जको चेकपोस्ट पुग्योउ। फर्केको समय टिपाएर हामी तल झर्न थालयोउ। ढोका बाट करिब ५० मिटर तल झर्न नपाई ईश दाईले उत्साहित हुँदै “ब्रो चरा” भने।

म क्यामरा लिएर तयार भए। दाँया पट्टीको रुखमा दुइटा जुरेली र जुल्फे जुरेली रहेछ। हतार हतार फोटो खिचियो। तेस पछी फेरी तल झर्न थालियो। हाइकिङ सफल मात्र नभएको र सोचेको भन्दा धेरै यादगार भयो भन्दै हामी कुरा गर्दै तल झर्योउ। शायद यो अर्को केही बर्षको लागि हाम्रो अन्तिम हाकिङ हुन्छ होला, तर सधैंको अन्तिम भने हैन। फर्के पछी अझै धेरै ठाउँ जानै बाँकी छ, धेरै नयाँ यादहरु बनाउनै छ।

Tit Red Vented

जुरेली चरा 

ईशदाइ सँग धेरै ठाउँ गैयो, र आज सम्म बोरिङ्ग वा नरमैलो भएको भनेको कतै छैन, जहाँ गए नि केही न केही रमाइलो भएको कै हुन्छ।    

नेपाल आए पछीको धेरै रमाइलो कुरा मध्य यो हाइकिङ पक्कै शीर्ष ५ मा पर्छ।

IMG_20190103_142707 IMG_20190103_142721

Facebook Comments Box

Mr Zoologist

I am a Zoologist!

Leave a Reply

Your email address will not be published. Required fields are marked *