जाडो मौसमको अन्त्यसँगै बिस्तारै हिउँ पग्लिदैँ थियो। दिनहरू पनि लामा हुँदै थिए। फोटोपिरियड बढ्दै थियो। औसत तापमान  नेगेटिभमा भएपनि उच्च तापमान बिस्तारै पोजेटिभ तिर खुड्किला टेक्दै थियो।

स्पर्श  ग्रीष्म ऋतुको लागि आफूलाई तयार पारिरहेको थियो।

गूड बनाउन उपयुक्त ठाउँ र चाहिने सामान खोज्नु थियो। सबै भन्दा ठूलो कुरा गीत गाएर माया गाँस्नु थियो। 

उ त्यति राम्रो गायक भइसकेको थिएन। समाजमा धेरै सुरिलो स्वर भएका गायकहरू छन् भन्ने हेक्का  भएकाले उनीहरूसँग गायनमा जित्न सक्दिन की भन्ने पीर थियो उसलाई।  

बरू गूड राम्रो बनाउँछु भनेर लाग्यो। सबैभन्दा पहिले एउटा प्वाल खोज्न पर्‍यो।

उ भङेरा हो। त्यसैले  जहाँ पायो  त्यहीँ गूड बनाउँदैन। बनाउन पनि भएन। उसलाई पहिले नै कतै भएका प्वालहरू चाहिन्थ्यो। जस्तो घरहरूका इट्टामा भएका वा अरू कुनै त्यस्तै प्वालहरू। ती खोज्न सजिलो छैन। जहाँ पोथी चराहरू धेरै हुन्छन् र खाना खोज्न सजिलो हुन्छ त्यस्तो ठाउँ खोज्न पर्ने। पहिले नै कोही पुगी सकेको र राम्रो गाउन पनि सक्ने छ भने त्यो ठाउँको प्लानै फेल खान्थ्यो।

 केही दिनको मेहनतपछि स्पर्श ले एउटा काठको बट्टा भेट्यो।

आफ्नो लागि उपयुक्त हुन सक्छ भनेर नजिकै गयो। बट्टा मात्र भएर पनि नहुने।  पहिले त गूड बनाउन वरिपरी पराल वा त्यस्तै केही सामाग्री चाहिन्छ। सामाग्री भेटेर गूड बनाउन सके पनि छानिएको ठाउँमा खाने कुरा कत्तिको पाईन्छ भन्नेमा ध्यान दिन परिहाल्यो। गूड बनाउने बेला नै उसले सोच्नुपर्छ कसै गरी माया बसिहाल्यो भने घरजम भैहाल्यो भने  चल्ला हुर्किँदासम्ममा टन्नै किरा, फट्याङ्रा चाहिनेछ भनेर।

काठको बट्टा भएको ठाउँमा वरीपरी गाई गोठ, खेत थिए। स्पर्श लाई लाग्यो, यहाँ गूड बनाए राम्रै हुन्छ होला। उसले बिस्तारै बट्टामा पराल भर्दै त्यो पराललाई एउटा सानो घरको रूप दिन थाल्यो। मान्छेको जस्तो फ्यान्सी नभए पनि उसको घर कम थिएन।

बट्टा माथि थकाई मारेर बस्दा उ अरूको बट्टा तिर नि नियाल्थ्यो। त्यहाँ कोही रहेनछ भने छिर्थ्यो र हेर्थ्यो छिमेकी गूड कस्तो छ भनेर। आफ्नो भन्दा अरूको गूड राम्रो भए त पोथी चराले अर्कैलाई रोज्छे भन्ने उसलाई थाहा थियो।

गएको साल उसको पहिलो बर्ष भएकोले उसले राम्ररी गूड बनाउन सकेको थिएन। यो बर्ष भने उ सबै कुरामा निपूर्ण हुने गरी प्रेरित छ।

सजिलो कत्ति नभएपनि गूड् बनाउन उ पछि पर्ने वाला छैन। सबैभन्दा राम्रो गूड मै बनाउँछु भनेर कस्सिएको छ। तर यो पहिलो खुड्किला मात्र हो। गूड बनिसके पछि पनि, गूडमा बसेर गीत गाउन बाँकी नै थियो। र उसको स्वर त्यति राम्रो छ झैँ उसलाई लाग्दैनथ्यो।

भँगेराका लागि गीत गाउनु प्रजनन सफलताको पहिलो र महत्वपूर्ण खुट्किला हो। राम्रो गाउन नसके पोथी चरा गूडमै आउँदिन।  तेत्रो गूड् बनायो, सबै उर्जा सक्कायो, अन्तिममा कोही आएन भने बेक्कार हुन्छ भन्ने डर  छँदैछ।

लगभग २ दिन जसो मेहेनत गरेपछि उसले गूड बनाएर सक्यो। मेहनत गरेको फल राम्रो नआए बेक्कारको दु:ख हुने सोच्यो।

‘हेरम न त, कोही आइ हाल्छन कि!’ यस्तो सोच्दै उ गूड मा बसेर गाउन थाल्यो।

१ घण्टा बित्यो, २ घण्टा बित्यो, ३ घण्टा…

उसलाई कसैले चासो दिएन। न त कसैले गूडतिर फर्केर हेर्‍यो। उसको छिमेकीको घरमा २ जना आएर गइसकेका थिए।

पोहोर साल जस्तै अहिले पनि मेहेनत खेर जाने भयो भनेर उ बिस्तारै निरास हुँदै गयो। तर हिम्मत भने हारिसकेको थिएन।

दिउँसो भएकाले चराहरू खासै सक्रिय हुन्नन्। उ पनि बिश्राम गर्न तिर लाग्यो, सोच्यो साँझ तिर फेरि गाउँला गीत गीत।

उसले गएको बर्ष आफ्नो पहिलो बर्ष भएको ले धेरै कुरा सिकेको थियो। उसले घर बसाएको चराको नि पहिलो पटक भएकोले दुवैले दु:ख पाएका थिए। न उनीहरू तातो हुँदा सम्म कुरे, न त किरा फट्याङ्रा सकृय हुँदासम्म। गर्मी बढी नसकेको हुँदा, अन्डा धेरै चिसो भै राखेर चल्ला बन्न चाहिने पर्याप्त आन्तरिक विकास नै हुन पाएको थिएन।

त्यो बेला उनीहरूले दोश्रो पटक पनि प्रयास गरे। त्यतिबेला पर्याप्त तापक्रम भएपनि किरा फट्याङ्र धेरै सकृय हुने बेला भएको थिएन। भँगेराहरू ह्याच भएदेखि १२मा उड्न सक्ने हुन्छन्। तर उनीहरूले उचित आहार पाउनुपर्छ। त्यसो नभए चल्ला बाँच्न नसक्ने सम्भावना बढ्छ।

चल्ला हुर्काएर, गूड छोड्ने बनाएर आउने जाडोयाम कटाएपछि अर्को बर्ष फेरि बच्चा पाउन सक्ने भएमा बल्ल भँगेराको प्रजनन सफलता मानिन्छ।

जिन्दगीमा यो सफलता एकपटक भएर हुन्न। सफलताको शिखरै चुम्न पर्ने हुन्छ।  उसको जिन फैलिने गरि। सफलताको शिखर चुम्न गूड बनाएर, पोथी चरा पाएर मात्र हुन्न। त्यस्लाई निरन्तरता दिएर, बच्चाहरू हुर्काएर ठूलो बनाएर राख्न सक्नुपर्छ। र यो सानो मेहनतले हुँदा पनि हुन्न।

पोथीले त्यो मेहनत नर चरामा खोज्छिन् भन्ने उसलाई थाहा थियो।  पोथिले नरमा अरू धेरै कुरा हेर्छिन्।  

जस्तो छातीमा हुने कालो दाग  (जो टेस्टएस्टरोन हर्मोनले कायम राख्छ) कतीको चम्किलो छ, प्वाँखहरू कतिको राम्रा छन, शारिरीक गूण राम्रो भएका नरले पक्कै खाना नि राम्रो खोज्छन्, तीन मा जिन नि राम्रो हुन्छ। यी सबै कुरा हेरेर विचार गरेरमात्र पोथीले नरलाई  छान्छन् भन्ने उस्ले बिस्तारै बुझ्दै थियो।

पोहोर साल हेरि उ यो बर्ष धेरै आश्वस्त देखिन्थ्यो। उसका प्वाँखहरू धेरै चम्किला र राम्रो देखिन्थे। उस्ले गीत पनि राम्रो गाउँन सिकी सकेको थियो।

भँगेराहरू ‘सङ बर्ड’ वा गीत चरामा पर्छन्। ‘सङ बर्ड’ प्यासेराइन वा प्यासेरिफोर्मेस अर्डरमा पर्ने चराहरू हुन् जसको भोकल कर्ड धेरै विकसित भएको हुन्छ। सामान्य रूपमा भन्नुपर्दा तीनले राम्रो गीत गाउन सक्छन्।

भँगेराहरू एसियाका आदिवासी चरा हुन्।

एसियाबाट उडेर संसारका धेरै ठाउँमा पुगे। अहिले संसारका लगभग सबै ठाउँमा पाइन्छन्।

पशुपंक्षीमाहरूमा इस्पेसलिस्ट र जेनेरलिस्ट भन्ने विधा हुन्छन्। जस्तो कुरा खाएर बाँच्न सक्ने जेनेरलिस्ट हो भने कुनै विशिष्ट आहराको जरूरत हुने स्पेसलिस्ट । भँगेराहरू जे पनि खाएर बाँच्न सक्ने भएकोले जस्तो ठाउँमा नि बाँच्न सकेका हुन्। भँगेराका चल्लाहरूलाई भने जे पनि भएर हुन्न, किरा फट्याङ्ग्रा नै चाहिन्छ।

त्यसै त किरा फट्याङ्ग्राहरू सक्रिय हुने बेलासम्म नकुरी अन्डा पार्न वा चल्ला हुर्काउनतिर लागेमा ह्याच हुने बेलासम्म खुवाउने कुरा हुँदैन।

उ निरन्तर आफ्नो गुँडको माथि बस्थ्यो र वरीपरी हेर्थ्यो। केही पर उस्ले एउटा रङिन चिज हावामा उडी रहेको देख्यो। मनिसले फालेका प्लास्टिक होला भनेर उस्ले त्यस प्रती ध्यान दिएन र फेरी टोलाउन थालयो। उस्ले हेरेको दिशाको बिपरित भागमा पनि उस्ले तेस्तै एउटा रङिन चिज उढेको देख्यो, यस पटक भने उस्लाई के रहेछ भनेर हेर्न मन लाग्यो र उ उडेर त्यस बस्तुको नजिक पुग्यो। नजिकै पुग्दा उस्ले थाहा पायो त्यो त पुतली रहेछ। हावाको बेगले आफु अगाडि राखिदिएको अढ्चनलाई जित्न खोज्दै उ आफ्नो आत्मबल नघटाइ निरन्तर पखेटा हल्लाउदै उढी रहेको थियो। निलो आकाशको पृष्ठभूमिमा रातो पुतली देख्दा उस्लाई रमाइलो लागेको थियो। पुतली हुन पाए नि रमाईलै हुन्थ्यो होला भनेर सोच्दै उ आफ्नो गुँड तिर फर्क्यो।   

उ सँग पुतली हुन पाए कती रमाइलो हुन्थ्यो भनेर दिवास्वप्न देख्नको लागि पनि समय थिएन। उ फेरी आफ्नो गुँडमा गएर बस्यो र फेरी तेही सुर मा कराउन थालयो…

 

चिर्‍र् चिर्‍र चिर्‍र….

कुनै गन्तब्य नभएको जसरी हावा स्वार्‍र स्वर्‍र गर्दै भौतारिदै थियो। उढाएरै लाग्छ कि जसरी, तेही बिचमा हावाको आवाज सेलाएको बेला उस्ले केही उढेको देख्यो। यस पाली त्यो पुतली थिएन, उडेर उ नजिक आउँदै गरेको त एउटा पोथी भङेरा थि, जो उस्को गीत सुनेर उ भएको ठाउँ अवलोकन गर्न आएकी थि।

त्यसरी पोथी भङेरा आफु तिर आएको देखेर उस्का खुट्टा लग्लग काम्न थालेको जस्तो भयो। उ आशंकित भयो। मै तिर आएकी हुन र उनी भनेर एकछिन अल्मल्लियो।

 

अल्मल्लिएर सोच्दा सोच्दै ति पोथी उस्कै गुँड अगाडि आएर बसी। उ अझै सोच्मा डुबेर बसेको थियो। एकछिन झस्कियो, पोथी त उस्लाई हेर्दै थि, उस्को गुँड तिर आँखा घुमाइ घुमाइ नियाल्दै थि। उ भने वाल्ल परेर उस्लाई हेर्दै थियो। तेती मै उस्ले महसुस गर्‍यो कि यसरी वाल्ल परेर हुन्न गीत गाउन पर्छ। र उ आफ्नो डरलाई एक कुना मा राखेर गाउन तिर लाग्यो…

 

तर,एक्लै भएर गाउदाको तिखो चिर्‍र् चिर्‍र चिर्‍र…..

 

हराएर यस पाली उस्को घाटी बाट भ्यागुता नै कराएको जस्तो मधुर टवार टवार झै आवाज निस्क्यो। उ अझै नर्भस भयो। फेरी प्रयास गर्‍यो तर फेरी आवाज आएन।

 

उ चुप बसेको देखेर पोथी अरु गुँड तिर हेर्न थाली सकेकी थि। त्यो देखेर उ अझै नर्भस भयो।

 

पोथी उड्न तयार हुन लागि सकेकी थि। उ दबाब मा परी सकेको थियो, तेत्रो मेहेनत उस्ले खेर फाल्ने वाल थिएन, एकै छिन बसेर लामो सास फेरेर उस्ले फेरी गाउँ सुरु गर्‍यो।

 

यस पाली भने तिखै स्वरमा उ करायो

 

चिर्‍र् चिर्‍र चिर्‍र….

 

त्यो सुनेर पोथीको ध्यान फेरी उ तिर केन्द्रित भयो।

 

 

 

 

 

Facebook Comments Box