ए हरिलन्ठ !!

ए + बि व्हिल स्क्वेर इक्वल्स टु ए स्क्वेर + बि स्क्वेर + टु ए बि भनेर कक्षा कोठामा रहेर बस्दा मेरो दिमाग भने बाहिर को बास्केटबल कोर्ट वा क्यान्टिन वा जहाँ नै भए पनि कक्षा कोठा भन्दा बाहिर हुन्थ्यो। न मैले त्यो सुत्र केही बुझेको थिए, न मलाई त्यस्को अर्थ थाहा थियो। पढाईको, कण्ठ पार्न लगाइयो। कण्ठ नपारे गोदाम खाइन्थ्यो। हुन त गोदाम खादा खादा पर्न थाली सकेको थियो। दु:खाइ भन्दा धेरै हासो उठ्थ्यो। शायद गुरुले खेती गरेर पिटर अर्को चोटि ध्यान दिएर पढ्छ कि भनेर सोच्ने होलान। तर मेरो ध्यान भने सधैं केही बास्केटबल कोर्ट तिर हुन्थ्यो। केही बल झै फ्री फ्री मेरा बिचारहरु कहिले कता जान्थे कहिले कता। कहिले काही त कक्षाको प्रथम बेन्चमा बस्ने केटी तिर जान्थ्यो।

आकाशमा भुर्र चरा बढेको झै चौका धुलोको ट्रेल बोकेको डस्टरले फ्य्ट्टा मुख हान्दा सम्म त म स्वप्नभन्सारमा उनी सँग कमाइ रहेको हुन्थे। कहिले काही डस्टरको सट्टा मुख निलडाम बस्ने गर्ने झापा आउथे। पुरै कक्षा गलल्ल्ल हास्थ्यो। शिक्षकलाई लाग्दो हो, सबै हानेको देखेर मेरो घैंटो मा घाम लागेर म सुध्रिन्छु। तर, प्रथम बेन्च बाट सर्लक्क गरेर म तिर हेरेर हानेको उनको मुहार देख्दा त त्यो बोरिङ्ग सुत्र कण्ठ पार्नुको सट्टा बरु दिन मा २ ४ चोटि नै गालामा झापा खाइ रु जस्तो हुन्थ्यो। निउटनले गुरुत्वाकर्षण को नियमहरु देखी लिएर डार्विनले क्रमिक विकाशको सिद्धान्त केही कक्षामा अविष्कार गरेका थिए। मैले भने मात्र उनीलाई अविष्कार गरेको थिए..

पढाई भनेको त मेरो लागि जोहो आउने कुरा थियो। तर त्यो छोरोको लागि सिटामोल भने कसैले बनाएको थिएनन। न पानीपट्टीले नै काम गर्थ्यो। बरु समय समयमा गुरुको सिस्नोपानीले अली अली उत्रेको जस्तो हुन्थ्यो तर भोली पल्ट फेरी ब्याक टु मंगल्मान।

एक दिन त झन पछाडि बसेर हल्ला गर्‍यो भनेर गुरुले प्रथम बेन्चमा आइज भनेर घिसार्दै लगे। एकछिन त खुशी नै भए प्रथम बेन्च भनेर। तर घिसार्दै उन्ले उनी भएको पट्टी नभएर कक्षा कै सबै भन्दा पढन्ते केटाहरु भएको तिर लगेर राखिदिए। यहाँ राखे पछी त कसरी हल्ला गर्ला भनेर होला। त्यो के भनिन्छ नि कुकुरको पुछेर …….शायद त्यो उखान पनि गुरुले कक्षामै पढाएका थिए। मेरो ध्यान नभएकोले खासै याद छैन। तर थाहा हुने ले पक्कै बुज्न, त्यो पुछेर भएको कुकुर मै थिए। लास्ट बेन्च होस् कि प्रथम भुक्न त मलाई कस्ले रोक्ने? न झापाले न मुख हालेको पापडले।

म ध्यान दिएको जस्तो गर्न भने प्रयास गर्दै थिए

प्रयास गर्दा गर्दै उर्जा अली धेरै खर्च भएछ कि कसो म त अली अली निदाएछु…

लास्ट बेन्च तिर भए उही पुरानो डस्टर उमेर आउथ्यो होला। पहिलो बेन्चमै हुँदा त आयो केही बज्रङबली वाला हात। चट्याङ पहिले परेर मात्रा आवाज सुनिन्छ भनेको झै, मेरो गालामा परेको त्यो चट्याङको आवाज केही बेर पछी मात्र सुने…..यो पाली भने गाला दुख्ने गरी नै खाइयो। जुरुक्क उठ्दा पुरै कक्षा हामी रहेको थियो। हतरपतर उनी तिर हेरे, उनको त्यो मुस्कानले घाममा आइडेस्क दल्दा पोल्ने झै पोले पनि, आइडेस्क झै आलमको काम नि गर्‍यो।

शायद उनलाई थाहा नि थिएन मेरो दबाइ नै उनी थियिन।

कक्षामा हल्ला गर्न मा त म च्याम्पियन थिए। शायद विद्यालयमा हल्ला गर्ने मा ओलम्पिकमा खेल हुने भए म तेस्रो सम्म चाँही पक्कै हुन्थे। हल्ला म धेरै नै गर्ने भए नि घमण्ड गरेर पहिलो नै हुन्छु भन्न अली मन लागेन। म भन्दा नि खत्तम कुनै कुनै विद्यालयमा कोही न कोही विद्यार्थी हुन्छन झै लाग्थ्यो….

शायद म गलत थिए….

गाला छल्दै म कुहिनो डेस्कमा राखेर गुरुको कुरा सुनेको जस्तै गर्दै थिए। के नेपाल सानो छ र के के भन्दै थिए।

“ग्लोब मा हेर्दा त राम्ररी देखिन्न, सानो नभए के छ त बुढो” भन्न मन थ्यो। तर भनिएन।

नेपाली सरको एउटा बानी चाँही अचम्मको भन्ने कि के भन्ने , तर अनौठो थियो। पहिलो बेन्चमा दुबै हात राखेर ढल्केर पढाउथे।

“हिरा सानो हुन्छ, मोती सानो हुन्छ, मणी सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ………….बालुवाको दानालाई सानो भनु भने……”

भन्दै गुरु सुनाउदै थिए।

मेरो आँखा अगाडि नि सानै कुरा थियो। गुरुको हात ठ्याक्कै मेरो अगाडि थियो। उनको औंला हेर्दै म मन मनै भन्दै थिए। औंला सानो हुन्छ, नङ अझै सानो हुन्छ। त्यो नङमा मैले यो कलमले डट बनाए भने त्यो अझै सानो हुन्छ…

म आफ्नै संसारमा थिए। मेरो हातमा भएको कलमले म गुरुको नङमा बिस्तारै चित्र कोर्न थाले।

“भन्सारमा सानो र धुलोका दुई दृष्टिकोणका भेद छन……

भन्दा भन्दै केही बेर शान्त भै सकेको रहेछ……..

मैले याद नै गरिन छु।

म सोच्दै थिए, के गुरुको आवाज सानो छ? केही बोले जस्तो त लाग्दैन। सोचको संसार बाट आफुलाई र आफ्नो टाउको उठाएर माथि हेरेको मात्र के थिए, गोलभेडा झै रातो आँखाले पाउला झै गरी हेरी रहेको देखे। धार्मिक मान्छेलाई त शिवको तेस्रो नेत्र झै लाग्थ्यो होला। शिव रिसाए पछी ब्रम्हान्ड के के हुन्छ भन्थे। ति गुरुले ब्रम्हान्ड त शायद हल्लाउन सक्थेन्न। तर, आफ्नो औंलामा त्यो मुर्ख विद्यार्थी कोरेको आवेशमा ति बुढा नि रिसाएको शिव भन्दा कम थिएनन् ।

“उठ” अङ्रेजीमा लेख्न मिल्ने भए शायद सबै क्यापिटल लेटर मा हुन्थ्यो होला। २ ४ किलो मिटर पर सम्मको मान्छेले शायद सुने होलान। म जुरुक्क उठे।

“झर्याम्म” गालामा डाम बस्ने गरी आवाज सहितको झाप्पड आयो।

रन्थन्निएर के भयो सोच्न खोज्दै थिए, फेरी अर्को झाप्पड आयो…..

कान किन्न गर्दै थियो। कताकता पुरै कक्षा हानेको हो कि झै आवाज आउँदै थियो। मलाई झल्याँस्स याद आयो…शायद उनी पनि हाँस्दै होली?? छालाको दु:खानले खासै त्यता हेर्न भने मन लागेन। तर, पक्कै हासिन। मैले गालामा ला
गेको त्यो झाप्पडको दु:खाइ बिर्सें। जब मैले उनको मुहार देखे, त्यो हामी रहेको मुहार, मुसुक्क मुस्कुराएको मुहार।

तर फेरी मुस्कुराएको मुहार बिर्सेर गुरुको झप्पडले अरुकै मा मा गरम झै भएको थियो, तर नमिल्ने। मन मनै भनियो होला…..शायद……

“तैले मलाई अर्को कक्षा सम्ममा आफ्नै संस्करणको “के नेपाल सानो छ” लेखेर ल्याउछु…..”

हो सर, भनेर म आफ्नो सिटमा बस्न मात्र के लागेको थिए, गुरुले च्याप्प समातेर एकता आइज, यहाँ कुखुरा बन आधी घण्टा भने….म चुप लागेर ब्ल्याकबोर्डको अगाडि गएर कुखुरा बने। यो पाली भने ठ्याक्कै उस्को सिटको अगाडि।

के नेपाल सानो छ को गाथा बुन्दै थिए गुरु। म भने यस्सो मेसो मिलाएर उनको अनुहार हेर्न सकिन्छ कि भन्दै कुखुरा नजर उनी तिर लगाउदै थिए। छिन छिन मा देख्थे। उनी भने पूर्ण एकाग्रताको साथ गुरुको कुरामा ध्यान दिदै थियिन। मलाई लाग्यो कतै हामी पूर्ण रुपा भिन्दै त छैनौ? तर, कता कता लाग्यो एकाग्रताको कुरामा त जसरी उनी पढाई तिर थियिन, म नि तेतिनै एकाग्रताको साथ उनीतिर आकर्षित थिए…”हाहा” – मन मनै हाे म।

त्यो आधी घण्टा दिन भरी जस्तो लागि सकेको थियो, बुढाले “जा आफ्नो सिटमा” भन्लान भनेर बसेको थिए, मरी गए भनेन्न। आखिरमा कक्षा नै सल्केर बुढा बाहिर गए पछी मात्र म उठ्न पाए।

उठेर ढाड तन्काएर उनको अनुहार तिर हेर्दा उनी बाहिर निस्की सकेकी थियिन।

केही दिन पछी…….

फेरी नेपाली कक्षा सुरु भयो…..

गुरु आए। सबै उठेर गूड् आफ्टरनुन सर भने…..म नि उठे…..नउठे फेरी गोदाम खाइएला भन्ने डर? केही नभनी उठे र बसे। म केही गएको दिनको क्लासको बारे सोच्दै थिए। बुढाले के के भन्दै थिए, झल्याँस्स याद आयो।

“तैले मलाई अर्को कक्षा सम्ममा आफ्नै संस्करणको “के नेपाल सानो छ”

मैले के लेखेर खानु। भुसुक्कै बिर्सी सकेको थिए। घर गएर त टोलभरीका केटाहरु जम्मा गरेर क्रिकेट खेल्ने बाहेक काम थिएन।

परेन फसाद! फेरी खाने भयो कुटाइ….

बुढाले सम्झिन भने भ्याएको थिएनन। मैले सोचे, बरु बुढाले सम्झिन अगाडि केही भए नि लेख्छु

“के नेपाल सानो छ?”

शीर्षक मात्र लेख्न भ्याएको थिए। बुढा ले सम्झिए। आजको कक्षा सुरु हुन अगाडि, म यो हरिलन्ठकको गृहकार्य हेर्छु।

बुढा ब्ल्याक्बोर्ड अगाडि बाट म बस्ने लास्ट बेन्च सम्म आइ पुग्दा मैले एउटै मात्र कुरा लेख्न भ्याउने….

मैले शीर्षकको तल लेखे

“छैन”
अहिले फर्केर हेर्दा लाग्छ, कतै सबकन्सियस रुपमै मैले उनी मुस्कुराएको हेर्न चाहेर नै पो त्यो गृहकार्य नगरेको पो हो कि?

Facebook Comments Box

Mr Zoologist

I am a Zoologist!

Leave a Reply

Your email address will not be published. Required fields are marked *