समयले साथ नदिएर होला, तर अन्नपूर्ण सर्किट घुम्ने इच्छा धेरै अगाडिदेखी मनमा थियो, २०१३ को अन्त्य सम्ममा अन्नपूर्ण सर्किट पुगेरै छोड्छु भनेर बसेको थिएँ। तर जान मिल्ने जस्तो अवस्था आइरहेको थिएन। मास्टर्स डिग्रीको परिक्षा आउन लागेको थ्यो, टियु भएर कहिले भन्ने चाँही ठेगाना थिएन, र थेसिसको काम पनि भखर सुरु हुँदै थ्यो। दिनभरी जस्तो थापथली वारी पारी शहरी स्तन्धारीको निरिक्षणमा बिति रहेको थ्यो। अर्ब्यान वाइल्ड्लाइफको शहरमा असर र तिनले पुराउने हानी नोक्सानी बारे जान्ने इक्ष्या भएकोले सो को अध्ययन गर्ने निर्णय गरेको थिएँ। काम सोचेदा धेरै नै गार्हो भएता पनि रमाइलो भने भै रहेको थ्यो। कहिले बज्रायोग्नी पुगियो कहिले घ्याम्पे डाडा। एक्लै डुल्न रमाइलो लाग्ने भए पनि काम गर्न भनेर निस्किन पर्दा एक्लै झ्याउ लाग्ने भएर साथीहरु लिएर गैन्थ्यो। सन्रक्षण आँफैमा एउटा जटिल कुरा हो, सन्दर्भ घ्याम्पे डाडाको, अर्ब्यान कमन ल्योपार्ड, चितुवाको बारे बुझ्न भनेर घ्याम्पे डाडा पुगेको थिएँ, सिधै गएर सोध्न उचित नहोल भनेर एउटा पसलमा चिया खान बसियो, बिस्तारै कुरा गर्दै जादा, जब चितुवा बचाउन पर्छ भन्ने तर्कमा पुगिएको थ्यो, पसलको साउजी आक्रमक रुपमा प्रस्तुत भए, र भने “मेरो छोरीलाई चितुवाले मारेको छ अनी तपाईं चितुवा बचाउ भन्न हुन्छ मलाई? देखे भने ठाउँको ठाउँ मारिदिन्छु।” एस्तै घट्ना थाप्थलीमा नि दोहोरियो, बाँदर खोज्दै हिड्दै गर्दा थाप्थली वारीपरी बस्ने एउटा महिला के गर्दै हुनुन्छ भनेर सोध्न आइन्, बाँदर बारे अध्ययन गर्दै छु भन्दा, ”अध्ययनले के हुन्छ? सक्न हुन्छ भने यहाँ बाट बाँदर कतै लगेर छोडिदिनुस्” भन्न थालिन्, “दु:ख दिन बाहेक केही गर्ने हैन”। त्यो समयमा खासै केही उत्तर नि भएन र एस्तै अध्ययन गरेर कती दु:ख छ भन्ने बुझ्न सके केही गर्न सकिन्छ कि भनेर गर्दै छु भनेर कुरा टार्न पर्‍यो।

दिन चरिया यसरी नै चली रहेको थ्यो, एउटा लेनमा जिन्दगी र अर्को लेन म पढाई र थेसिस को टेन्सन। एकदिन घरको छतमा घाम तापेर बस्दा कलेजको साथी, सन्ज्यले फोन गर्‍यो, “कहाँ छस्?” सधैंझै ह्यालो भन्दा पहिले तेही एउटा प्रश्नले सम्बोधन गर्ने, एस्पली नि त्यसरी नै कहाँ छस् भनेर सोध्यो। घरमा घाम तापेर सुतिरहेको बताइ सक्न पाएको थिएन, ऊ एक्साइटेड भएर, २ हप्तालाई फ्री छस् भनेर सोध्यो। थेसिसको काम बाहेक खासै जिन्दगीमा केही नभै बसिरहेको बेला, एक्चिन सोचेर, खसै केही त छैन, किन हो भनेर सोधे। सन्ज्य आफ्नो थेसिसको लागि मनाङमा रिसर्च गर्दै थियो, खै कहाँ बाट फन्डिङ पाएर भन्ने सुनेको थिएँ। फेरी पनि मैले कुरा सकाउन नपाई, “तेसो भए मनाङ जान्छस्?” भनेर सोध्यो। कहिले देखीको जाने इच्छा र जान नपाएको क्ष्यणहरु एकछिन आँखा अगाडि झिलिमिली आए र ति सक्किनु भन्दा अगाडि नै केही नसोची “जान्छु” भने। ल तेसो भए ठीक छ, म सर सँग कुरा गर्छु, अनी भोली तिर भेट्न जानु पर्छ भनेर फोन काट्यो। को सर के सर केही भनेन।

खुशीको सिमै थिएन र हतार हतार आमालाई कुरा सुनाइयो, संसारको सबै भन्दा धेरै अातिने मान्छे पक्कै नि मेरो आमा हुनु पर्छ। हरेक कुरामा आतिनु हुन्छ। तर मैले भनेको कुरालाई जिन्दगीमा कहिले नाइ भन्नु भएन र मलाई गर्न मन लागेको कुरा नगर पनि, केवल बन्जी जम्पिङ र दारी पाल्ने बाहेक। तर बन्जी जम्पिङ पनि आमालाई नभनी गरियो र घर फर्केर एकछिन गाली खाइयो। मनाङ जाने कुरामा नि नाइ भन्नु भएन तर के हो को सँग जाने हो भनेर एक्छिन गन गन चाँही गर्नु भो। तर कामको लागि भन्दा नजा भन्नु भएन।

भोली पल्ट बिहानै सन्ज्यको फोन आयो। आज सरलाई भेट्न जान पर्छ, बेल्का ४ बजे भेटम भन्यो। तेही अनुसार बेल्का ४ बजे माछापोखरी पुगेँ, केही बेर कुरे पछी पर बाट हल्लिदै आयो सन्ज्य। “बुढा एतै छन रे, एकै छिनमा आउछन्, अनी घर जाअौँला सरको” भन्दै नजिक आयो। मनाङ साह्रै नै राम्रो ठाउँ भएको र यो फिल्ड ट्रिपमा नि साह्रै रमाइलो हुने बताउदै ऊ धेरै उत्साहित सुनिन्थ्यो। उस्ले “बुढा” भनेको हिसाबले बुढा चाँही कती बुढा रैछन् त भन्ने मनमा लागि रहेको थ्यो। त्यस्तो धेरै बुढा नै भए त मनाङ आउने जाने गरिरख्थेनन् होला भनेर सोच्दै थिएँ।

एकछिनको पर्खाइ पछी एक जाना भखरको मान्छे परबाट हाँस्दै, के छ हालखबर भन्दै आए। उस्को “बुढा” जनाए जस्तो बुढा त थिएनन्। माछापोखरीको पासङ्लाम्हु यातायातको टिकेट काउन्टरको अगाडिपट्टी रहेको मिठाइ पसलको अगाडि मान सरसँग भेट भयो। त्यताबाट सरको घरतिर लागियो। पहिलो पटक त्यो गल्ली भित्र छिर्दा, बाहिर चाँही कसरी निस्किने हो जस्तो भएको थियो, तर एक दुई चोटि पुगे पछी खासै गार्हो थिएन बाटो पत्ता लगाउन। सरको घर पुगियो र छतमा बसेर छलफल गर्न थालइयो, पहिलो प्रश्न थ्यो ” हिंड्न सक्छौ नि?” “लेक लाग्ने ओर्ने हुन्छ कि हुन्न फेरी, त्यता अली डर हुन्छ”। हिंड्न त सक्छु मज्जाले, लेक पनि खासै लाग्दैन होला, 4800 मिटर्स सम्म पुगी सकेको बाताए र तेस पछी कुरा फिल्ड वोर्क तिर गयो। काम सुन्दा रमाइलो लागेको थ्यो, तेस माथि कहिले देखी जान मन लागेको ठाउँ अनि नयाँ कुरा सिकिने पनि। फिल्डको कुरा सक्किए पछी, मान सरले मनाङको चरामा नि खसै काम भएको छैन, तिमीले त्यताको चरा नि हेर्दा हुन्छ भने, र म नि झन उत्साहित भएर हुन्छ भनेँ। त्यसरी सबै कुरा फिक्स भयो र ४ दिन पछी हिंड्ने निर्णय भयो। केही समान किन्न्न पर्ने रे केही काम बाँकी भएको हुँदा ४ दिन जस्तो लाग्ने भए पछी तेही अनुसार सबै प्लान बनाइयो।

चार दिन पछी….

बिहान चाडै उठ्न जस्तो गार्हो केही नलाग्ने मलाई, त्यो दिन बिहानै उठेर नयाँ बस्पार्क पुग्न पर्‍यो। बिहानको ६:३० बजे बेसिसहर जाने पहिलो गाडी छुट्थ्यो। हतार हतार उठेर, चोकमा गएर नेपाल यातायात कुरे, अरु बेला २ २ मिनेटमा आइपुग्ने नेपाल यातायात आफुलाई चाहिएको बेला १० मिन भै सक्दा नि आएन। ट्याक्सी लिन पर्छ कि भनेर सोच्न मात्र लागेको थिए, नेपाल यातायात आयो, तर कछुवा भन्दा ढिलो गतीमा कुदिरा थ्यो। हप्ता दिन लगाएर बल्ल तल्ल चक्रपथ चोक पुराएको झै लाग्यो, चक्रपथमा ओर्लेर फेरी अर्को बस चढेर बस्पार्क सम्म पुग्नु थ्यो। चक्रपथ हुँदै सन्ज्यको फोन आइसकेको थ्यो! “कहा छस्?” फेरी तेही “हेल्लो” बिना! म पुग्नै लागि सके भनेर फोन काटे र चक्रपथमा अर्को बस चढे। बस छुट्ला र बल्ल तल्ल जान पाएको मनाङको प्लान नि क्यान्सल होला झै भयो। तर, म पुग्दा सम्म बस छुटेको थिएन रैछ। म पुगेको नि केही बेर पछी मात्र बस हिड्यो।

मान सर, म र सनज्य बस पार्कमा भेट्योउ र टिमको अर्को एक्जाना मेम्बरलाई चाँही कलंकीमा भेट्ने प्लान बनेको थ्यो। बिक्रम पाण्डे नाम गरेका, बनस्पतीशाश्त्री थिए उनी। मेरो पहिले चिन्जान नभएको मान्छे। कलंकी मा बस एक्छिन रोक्यो र, हसिलो मुहार भएका एउटा मोटो मोटो मान्छे हातमा खाने कुरा र तितौरा बोकेर चढे। म बिक्रम भनेर मसँग चिनजान गरे र मान सर र सञ्जयसँग गफ गर्न तिर लागे। बस कलंकी छोडेर नागधुङा तिर लाग्यो अनी मेरो मनाङ को धेरै मद्धेको पहिलो यात्रा नि सुरु भयो।

बाटो भरी धेरै कुरा गर्दै हिँडियो, धेरै जसो पढाई र रिसर्च कै कुरा भए। संसारको जुनै पनि कुनाको बायोलोजिस्टलाई एउटा कोठामा राख्ने हो भने अन्त्यमा कुरा पढाई र रिसर्चकै मात्र गर्छन् जस्तो लाग्छ। त्यो बेला बेसिसहर जाने सबै गाडी मलेखु पुग्न अली कती अगाडिको एउटा होटेलमा रोक्थ्यो। अचम्म सँग हाइवेमा तेती मिठो खाना पाइन्थ्यो। खान खाइ ओरी फेरी बसमा चढियो र बेसिसहर तिर लागियो। बेसीसहर पुग्दा लग्भग २ बजी सकेको थ्यो, बेसी शहरबाट फेरी अर्को जिप लिएर जान पर्ने थ्यो। सिन्डिकेटको पिडा भोग्न पर्ने बेसीसहरमा त्यो दिन भने आनन्दले गाडी पाइयो , तर अली ढिलो जाने वाला थ्यो र सिट भने जिपको पछाडि थियो। बेसिसहरको एउटा होटेलमा बसेर म:म खाँदै बस कुरियो। होटेल बाहिर निस्किन लाग्दा, बाहिरबाट आउँदै गरेको एउटा केटा “एक्स्किउज मि सर, आर यु गोइङ टु मनाङ”? भन्दै आयो। अ! मनाङ नै जादै हो तर गाडी फिक्स भै सक्यो भने र हाँस्दै “ह्यात्तेरी नेपाली पो रहेछ” भन्दै गयो। र त्यहा बाट “इज्रेली चारा भाई” को काहानी सुरु भयो।

बेसीसहर बाट जिप हिंड्न नपाई थाहा भै सकेको थ्यो कि यो ट्रिप धेरै रमाइलो हुने वाला छ, जिपको यात्राको त कुरै नगरम। एउटा त बेसिसहर बाट मनाङ जाने बाटो, अर्को जिपको पछाडि बसेर यात्रा। खुदी बजार कटेर माथि लागे पछी झनै रमाइलो हुँदै गयो, पछाडि बसेर उफ्रिदा-उफ्रिदा शरीर भित्रका सबै अङ हल्लिन थाली सकेका थिए। ल केटाहरु म एक निन्द्रा सुत्छु भनेर जिपको पछाडि लम्पसार परेका मान सर, एउटा ढुङ्गामा जिप चड्दा उफ्रिएर झन्डै जिपको छतमा ठोकिए, र फेरी सिटमा बजारिए, तेस पछी नसुतेर फेरी साइडको डन्डी समातेर बसे।

स्याङे बजार हुँदै राम बजार पुगियो र एकै छिनको लागि चिया खानलाई गाडी रोक्यो। जिउ तन्काउनै पर्ने अवस्थाले दुखी सकेकोले गाडी रोक्न नपाई तल ओर्लेर एकछिन हिडियो। काठमाडौंको चिया नमिठो हुने त हैन, तर फिल्डमा काम गर्दा, अझ चिसो ठाउँमा, दिन भरी हिंडेर थाकेको बेला, तातो कालो चिया खान जस्तो मजा शायद केसैमा हुन्न होला। होटेल बाहिर ग्लासमा चिया लिएर ड्राइभरसँग कुरा गर्दै चिया पियी रहेको बेला, सन्ज्यले ड्राइभरलाई “दाइ, यो बाटोमा भएको ढुङ्गा माथि डाडाबाट तल खसेको हो?” भनेर सोध्यो, ड्राइभर दाई सन्केर, “हैन भाई, तल खोलाबाट माथि डाडातिर चाँही जादै हो भने” र एकछिन सबै जाना लाई हसाए।

चियापानको कार्यक्रम पछी यात्रा जारी रह्यो। घाम धलेर अध्यारो हुन लागि सकेको थ्यो। तेस दिनको बास च्याम्जेमा हुने वाला थ्यो तर च्याम्जे आउने नामोनिसान थिएन। अन्धकार परी सके पछी एउटा बस्ती पुगियो, ठुलै बस्ती देखेर च्याम्जे पुगिएछ भन्ने लागेको थ्यो तर जगत रहेछ, तर तेस्को केही बेरमा च्याम्जे पुगियो। मान सर सधैं आउँदा बस्ने एउटा होटेल रहेछ होटेल च्याम्जे, आफ्नो आफ्नो ब्याग बोकेर होटेल तिर लागियो।

च्याम्जे लम्जुङमै परे पनि, बातावरण भने मनाङकै जस्तो थियो, हुन त त्यो भन्दा पहिले मनाङ पुगिएको थिएन, तर हिमाली भेगको जीवन शैली झक्लिने थ्यो, र भोली पल्ट बिहान मात्र थाहा भएको थ्यो कि च्याम्जे लम्जुङमा पर्ने रैछ भनेर।

आफ्नो आफ्नो ब्याग कोठामा राखेर डाइनिङ हल तिर झरियो। किचेनको दराजको बाहिर पट्टी एउटा सानो टिभी थ्यो। टिभीमा इन्डियन प्रिमियर लिग लागि रहेको थ्यो। “डिसहोम” नपुगेको कुनै कुना छैन रहेछ झै लाग्दै थ्यो। गाडीले उफारेर थकाएको र भोली पल्ट बिहान चाडै उठेर निस्किन पर्ने भएकोले तेस दिन चाडै सुत्ने निर्णय गरियो।

मनाङमा पहिलो पटक

भोली पल्ट बिहानै उठेर एक कप चिया र टेस्टी बिस्कुट खाएर हिडियो। च्याम्जे बाट तिमाङ सम्मको हिडाइ थियो तेस दिनको लागि। म किताब बोकेर च्याम्जे देखी चारा हेर्दै हिडिराको थिए र मान सर ले भने, “अझै लम्जुङ मै छौ” एताको नहेरे नि हुन्छ! माथि ताल बाट सुरु हुन्छ मनाङ, त्यता बाट हेर्दा हुन्छ।” च्याम्जे देखी तालको बाटो साह्रै रमाइलो छ हिंड्न, रोडै रोड भए पनि वारीपरीको परिदृश्य मनमोहक छ। कोत्रोको झर्नाको त झन के कुरा गर्नु! आफुले जिन्दगीमा देखेको सबै भन्दा ठुलो झर्न होला, तेस माथि झर्नाको मुनीबाट हिंड्न पर्ने। केही बेर तेही झर्नामा बसेर फोटो खिची ओरी आफ्नो बाटो लागियो।

ताल पुगे पछी म आफ्नो हिसाबले चरा हेर्न तिर लागि सकेको थिए। मनाङ छिरे पछी सबै भन्दा पहिले देखेको चरा हिमालयन बुलबुल थ्यो! धेरै अगाडीको कुरा भए पनि मलाई त्यो चरा सधैं याद आइ रहन्छ। भिरको तल्लो भागमा रहेको रुखको टुप्पोमा बसेर कराउदै गरेको चरा देखेरमा क्यामेरा झिकेर फोटो खिच्न लाग्दा पछाडि बाट बिक्रम दाई आएर

“के देख्योउ भाई” भनेर सोधे

“उ त्यहा रुखमा चरा छ”।  भनेर म फेरी फोटो खिच्न तिरै लागे

बिक्रम दाईले धेरै पछी सम्म नि चरा देखेन सकेन्न।

त्यसरीनै चरा हेर्ने क्रम अगाडि बढ्दै गयो, बिक्रम दाई छिन छिनमा कहाँ छ खै भन्दै आउथे, देख्दैन्न थिए अनी फेरी अगाडि बढ्थे। धरापानी पुग्नु भन्दा लग्भग १ घण्टा जस्तो अगाडि एकैछिन दाल्मोठ र चिउरा खान बिश्राम लिएको बेला एउटा रुखमा भएको चराको फोटो खिच्न लाग्दा बिक्रम दाई ले “कहा कहाँ चरा देख्छ यार यो भाईले” भन्दै थिए।

मान सरले सधैं जस्तो आफ्नै स्टाइलले “उस्को काम नै तेही चरा हेर्ने हो त अनी उस्ले नदेखे तिम्ले देख्छौ त” भने पछी फेरी दाल्मोठ तिर लागे।

धारापानी पुग्न कोत्रोको झर्ना भएर जान पर्छ, जुन झर्ना शायद नेपालमा भएको लाखौं झर्नामा एकदम रोमान्चक झर्ना मा पर्छ। ठुलो भएर हैन तर ठाउँको हिसाबले। बाटोमै पर्ने त्यो झर्नामा पानी पर्ने तका झर्ना एती ठुलो हुन्छ कि त्यहा बाट नभिजी भाग्न गार्है पर्छ। झर्ना अगाडि नै जुत्ता खोलेर आधी खुट्टा भिजाएर त्यो झर्ना तरेर पार गरिएको थियो।

धारापानी पुग्न भन्दा अगाडि एउटा डाडाको टुप्पोमा एउटा मात्र घर थ्यो, सरहरु सधैं तेही खाना खाने गर्नु हुदो रहेछ। र त्यहा खाना खानलाई रोकियो। बेसीसहर जस्तै त्यहाको होटेलमा नि मलाई बिदेशी सोचेर अङ्रेजीमा बोले र म नेपाली हो भने पछी धेरै बेर हासे।

त्यो घट्नाले केही बर्ष अगाडिको गोसाइकुन्डको यात्रा याद दिलायो, गोसाइकुन्ड जादा लौरिबिनाको उकालो चढ्दै गर्दा एउटा बिदेशीले आएर मैले नबुझ्ने भाषामा केही भने, मैले नबुझेर अङ्रेजीमा एक्स्किउजमी भनेर रिप्लाई गर्दा उस्ले “आरन्’ट यु फ्रम जोर्डन” भनेर सोधेको थ्यो। एता पनि तेही सोचे होलान भन्ने लागेको थ्यो। एता चाँही बसेको सबै होटेलको मान्छे ले इज्रेली भन्ठाने, र दोश्रो पटक जादा सम्म त नाम नै इज्रेली भाई भै सकेछ।

खाना खाइ सकेर भारी बोकी आफ्नो आफ्नो बाटो लागियो। रोडै रोड हिड्दै धरपानी पुगियो। ताल छोडे पछी को ठुलो बस्ती भनेको धरापानी नै हो, केही बेर सम्म बस्ती नदेखेर हो कि पहिलो चोटि गएर हो, धारापानी पुग्दा एकदम रमाइलो लाग्यो। बाँया तिर मर्स्याङ्दी खोला र किनारमा साना साना चिटिक्क परेका घरहरु। ट्रेकिङ रुटमा हुने ससाना पसलहरु। मान्छेहरु को हल्ला खल्ला। सानो बस्ती छोडेर अली अगाडी पुगे पछी बाँया पट्टी देखाउदै मान सरले भने “उ त्यो चाँही भिम्थाङ जाने बाटो”। मर्स्याङ्दी पारी एउटा डाडाको खोचमा सानो ट्रेकिङ ट्रेल देखिएको थियो। “फर्किदा तिमी त्यता नि जान पर्छ चरा हेर्न, माथि लार्खे पास सम्म पुग्न पर्छ” भन्दै उनी लुइ लुइ आफ्नो बाटो हिंडे।

धारापानी पुग्दा सम्म मैले करिब १० वटा जस्तो चरा देखिसकेको थिए। मेरो उद्देश्य १०० भन्दा बढी चरा पुराउनु थियो। फिल्डको काम कम्तीमा २० दिन जस्तो हुने वला थियो। पहिलो दिनको ११ बजे सम्म मै १० पुगेकोले म १०० कटाउनेमा सकारात्मक थिए। धारापानी बाट पनि रोडै रोड ट्रेल बगरछाप हुँदै दानक्यु तिर जान्छ। बगरछाप पुग्दा मान सर “अब चिया खान पर्ला” भन्दै होटेल तिर छिर्नु भयो, हामी पछी पछी लाग्योउ। ट्रेकिङ होस् या फिल्ड वोर्क, हिमालमा काम गर्दा सबै भन्दा मन पर्ने कुरा भनेको दिन भरी हिंडेर बेल्का होटेलमा पुगेर तातो कालो चिया खानु हो। त्यो जती मज्जा शायद अरु केसैमा आउँदैन होला।

चिया खाइ सकेर फेरी आफ्नो बाटो लागियो। दानक्यु पुग्दा सम्म बाटो ठिकै थ्यो, मैले पहिले नदेको एउटा चरा (रुफस सिबिया) देखे दानक्युमा र तेती खेर मेरो लिस्ट मा १९ चरा पुगी सकेको थिए। बाटो भरी व्हाइट व्याग्टेल र हिमालयन बुलबुल धेरै थिए। दानक्यु पुगेर फेरी एकछिन स्याउ खान ब्रेक लियियो। दान्क्युको स्याउ मनाङ भरी प्रख्यात रहेछ। स्याउ खाँदै गर्दा सन्ज्यले

“उ त्यो डाडा देख्याछस नि, तेस्को पारी पुग्ने हो” भन्यो। दानक्यु बाट हेर्दा त्यो डाडा धेरै नै टाढा देखिन्थ्यो र सन्ज्यको खसै केही कुरै नपत्याउने भएको ले त्यो नि पत्याइेन। तर साचिकै नै त्यो डाडा पारीनै पुग्न पर्ने रहेछ। मनाङ पुग्दा सम्म मा सबै भन्दा दु:ख पाइने भनेकै शायद तेही एउटा उकालो होला। तेस माथि हामी च्याम्जे देखी एकै दिनमा हिंडेर तिमाङ पुग्दै थियौ। सबै जना गाली सकेका थिए। स्याउ खाइ सकेर फेरी हिडियो, एउटा पुरानो गुम्बाको पछाडि सानो गल्ली रहेछ त्यता बाट सर्ट्कट लिएर हामी एउटा सानो डाडाको टुप्पोमा पुग्योउ।

तेस पछी सुरु भयो तिमाङ सम्मको उकालो। ब्याग भरीको समान र कम्तीमा ६-७ घण्टाको हिडाइ र थकान। बिस्तारै बिस्तारै उकालो चाढ्दै कुरा गर्दै हिडियो। बाटोमा हिड्दै गर्दा साना घास बिच केही चली रहेको जस्तो लागि रहेको त्यो, मुसा रहेछकी भन्ने सोच्दै हिड्दै थिए तर एउटा डाडाको टुप्पोमा पुगे पछी ढुङ्गामा बसी राखेको पाइका देखे। हेर्दा मुसा जस्तो देखिए नि पाइका खरायो जस्तो स्तन्धारी हो। एकछिन विश्राम गर्दै फोटो खिचेर फेरी आफ्नो बाटो लागियो।

Facebook Comments