संसारमा पाइने लाखै जनावरहरु मध्ये प्राय सबैलाई एकदम डर लाग्ने जनावरको लिस्ट मा एक नम्बरमा शायद सर्प नै पर्छ होला। सर्पहरु सरीसृप (Reptiles) जनावर हुन, घिस्रेर हिंड्ने यि सरीसृप देख्ना साथ कत्ती को सत्तो जान्छ!
संसारमा अहिले सम्म ३००० भन्दा धेरै सर्पको प्रजाती पत्ता लागि सकेको छन! जस मध्ये केवल ३७५ जती विषालु छन। नेपालमा हाल सम्मा कारीब ८९ प्रजातीका सर्प रेकर्ड गरिएको छ, जस मध्ये केवल १७ विषालु सर्प हरु छन , ति मध्ये १० प्रजाती घातक हुन सक्छन। नेपालमा पाइने ५ परिवारका सर्पहरु मध्ये केवल दुइटा परिवारमा (Family) (Elapidae र Viperidae) पाइने सर्पहरु मात्र विषालु लु सर्प मा पर्छन भने बाँकी ३ वटा परिवारका सर्प विषालु हुँदैनन। (Colubridae, Boidae र Typhlopidae)
Elapidae परिवारमा अत्यधिक विषालु सर्पहरु पर्छन, जस्तै कोब्रा (गोमन), करेत, कोरल सर्प। Viperidae परिवारमा पनि अत्यधिक विषालु भाइपर सर्पहरु पर्छन।
नेपालमा २ जाती ३ प्रजातीका गोमन पाईन्छ:
Scientific Name: Naja naja
Common Name: Spectacled Cobra
Nepali Name: गोमन
Scientific Name: Naja kaouthia
Common Name: Monocled Cobra
Nepali Name: गोमन
Scientific Name: Ophiophagus hannah
Common Name: King Cobra
Nepali Name: राजा गोमन
गोमनहरु साधारणतया तराइ क्षेत्रमा प्रसस्त मात्रामा पाईन्छ र औसतमा कारीबन २.३ मिटर लामो हुन्छन। गोमनहरु मा Proteroglyphous किसिमका फ्याङ (Fang) -जुन एक प्रकारको पारीमार्जित दात हो, र एस प्रकारको फ्याङ सानो र अगाडि बसेका हुन्छन, अरु परकारको जस्तो चल्न सक्ने नभएर स्थिर हुन्छन। हेर्दा खैरो र कालो रङको मिश्रण भएको देखिने यि सर्पका कत्ला सबै तिर उस्तै आकारका हुन्छन। Naja naja को टाउकोमा चस्मा जस्तो थोप्ला हुन्छ भने Naja kaouthia को मा गोलो आकारको थोप्लो हुन्छ। गोमन जातका सर्पहरु रिसाउदा वा सतर्क हुँदा आफ्नो घाटी फुलाएर उठ्छन, जुन अरु प्रजातीको सर्पमा देखिदैन। टाउकोमा भएको थोप्लो र उठ्दा देखिने “हुड” (Hood) को साहयताले गोमन सर्प चिन्न सकिन्छ। राजा गोमन भने ५.५ मिटर सम्म पुग्न सक्छन। राजा गोमन संसार कै सबै भन्दा लामो विषालु सर्पमा पर्छ । हेर्दा ठुलो र टाउको माथिका ठुला ठुला कत्लाले साधारण गोमन र राजा गोमन छुटाउन सकिन्छ गोमनका बिष निउरोटक्सिक हुन्छ र एस्ले मस्तिस्कमा असर गर्छ। राजा गोमनको हुड अली सानो हुन्छ भने गोमनको अली ठुलो हुन्छ, र राजा गोमनको हुडमा कुनै थोप्ला नभएर V अकारको पट्टी जस्तो हुन्छ जुन टाउको देखी पुछर सम्म पाईन्छ। गोमनहरुले अरु स्तन्धारी, सरीसृप, चरा तथा अरु जनावर खान्छन भने राजा गोमनले केवल अरु सर्प हरु खान्छ। राजा गोमनको बैज्ञानीक नाम Ophiophagus मा Ophio ले सर्प जस्तो जनाउछ भने Phagus ले खाने जनाउछ।
Naja naja (Common Cobra)
Naja kaouthia (Monocled Cobra)
Ophiophagus hannah (King Cobra)
गोमनहरु पछी अर्को विषालु Elapids मा करेतहरु पर्छन। नेपाला एउटा जाती र ५ प्रजातीका करेत पाईन्छ। करेतहरु हेर्दा चिल्लो टल्किने हुन्छन।
Scientific Name: Bungarus bungaroides
Common Name: Himalayan Krait
Nepali Name: पहाडी करेत
Scientific Name: Bungarus caeruleus
Common Name: Common Krait
Nepali Name: गडाइच , करेत
Scientific Name: Bungarus fasciatus
Common Name: Banded Krait
Nepali Name: गनग्वारी
Scientific Name: Bungarus lividus
Common Name: Lesser Black Krait
Nepali Name: कालो करेत
Scientific Name: Bungarus niger
Common Name: The Greater Black Krait
Nepali Name: ठुलो कालो करेत
Bungarus fasciatus (Banded Krait)
Bungarus caeruleus (Common Krait)
Elapidae परिवार मै पर्ने अर्को विषालु सर्प हो Sinomicrurus macclellandi वा कर्कट नाग। ५०-८० से.मी लामो हुने यस् सर्पको टाउको अगाडिको भाग कालो हुन्छ भने आँखा भन्दा पछाडि पहेलो ब्यान्ड हुन्छ। कोरल सर्पहरु संसारकै एकदमै विषालु सर्प हरु मध्ये पर्छन। यिनको बिष पनि निउरोटक्सिक हुने र गंभीर पक्षाघात गराउन सक्ने क्षमताको हुन्छन। कोरल सर्पहरु तराइ देखिन लेर करिब २००० मिटर सम्म पाइने र काठमाडौंमा नि पाइेको बिगतका अध्ययन ले देखाउछ।
Scientific Name: Sinomicrurus macclellandi
Common Name: Maclelland’s Coral Snake
Nepali Name: कर्कट नाग, मुगा साप
Sinomicrurus macclellandi
Elapidae परिवारमा पर्ने सर्पहरुमा हुने Proteroglyphous किसिमको फ्याङ (Fang) सानो हुने भएर, खास गरी करेटले टोकेको थाहा नपाईने अध्ययनले बताउछ। सर्पको Anti-Venom सर्प कै बिष बाट बनाइन्छ, साधारणतया धेरै प्रजातीमा Polyvalent Anti Venom ले काम गर्छ भने, राजा गोमनलाई Monovalent Anti Venom नै चाहिन्छ। Polyvalent Anti Venom भन्नाले एक भन्दा धेर प्रजातीको बिष बाट बनाएको Anti Venom बुझिन्छ भने Monovalent भन्नाले जुन सर्पले टोकेको छ तेही सर्प को बिषम बाट बनाइेको Anti Venom भनेर बुझिन्छ।
विषालु सर्प मध्ये अर्को परिवारमा (Viperidae) पर्ने सर्प हुन भाइपर सर्पहरु। भाइपरहरु अरु सर्प हेरी चिन्न धेरै सजिलो सर्पहरु हुन। भाइपरको टाउको त्रिकोणात्मक हुन्छ र यिनका कत्लाहरु अली उचालिएका हुन्छन। Pit Vipers नामको सर्पमा आँखाको ठ्यक्कै अगाडि पट्टी एउटा सानो प्वाल हुन्छ। भाइपरहरु मा फ्याङ (Fang) Solenoglyphous प्रकारका हुन्छन, जुन गोमन प्रजातीको स्थिर भन्दा फरक हुन्छन। यि फ्याङहरु लामो र मुख भित्र दोब्रिएर बसेको हुन्छन र टोक्ने बेलामा सिधा हुन्छन। नेपालमा ५ जाती र १२ प्रजातीका भाइपर सर्प पाईन्छ।
नेपालमा पाइने केही विषालु भाइपर सर्पहरु:
Scientific Name: Daboia russelii
Common Name: Russell’s viper
Nepali Name: बाघे सर्प
Scientific Name: Gloydius himalayanus
Common Name: Himalayan Pit Viper
Nepali Name: भ्यागुते सर्प
Scientific Name: Himalayophis tibetanus
Common Name: Tibetan Pit Viper
Nepali Name: हर्योउ
Scientific Name: Ovophis monticola
Common Name: Mountain Pit Viper
Nepali Name: आन्धो सर्प
Daboia russelii (Russell’s Viper)
Elapidae परिवारमा पर्ने सर्प भन्दा Viperidae परिवारमा पर्ने सर्पको बिष भिन्दै हुन्छ। भाइपर जातका सर्पमा साइटोटक्सिक (Cytotoxic) वा हिमोटक्सिक (Hemotoxic) बिष हुन्छ। एस्ले शरीरका कोशाणुहरुलाई असर गर्छ र Elapids हरुले तोक्दा भन्दा यिनीहरुको टोकाइमा नै दुख्ने गर्छ।
जुनै प्रजातीको विषालु सर्पले टोके पनि तोकिएको ठाउँमा दुइ वटा थोप्ला बनेको हुन्छ। दातको परिमार्जन भएर बनेका फ्याङहरु ले गर्दा त्यस्तो थोप्ला देखिन्छ, र त्यो गैर विषालु सर्पले टोक्दा देखिदैन, जस्मा धेरै दातको निशान देखिन्छ। यि दुई विषालु सर्प बाहेक Colubridae परिवार का केही सर्प नि विषालु हुन्छन, तर तिनीहरुमा पाइने Opisthoglyphous Fangs जस्लाई Rear Fanged Snakes पनि भनिन्छ, यिनीहरुमा फ्याङ पछाडि भएको हुँदा टोकेकै खन्डमा नि खासै असर गर्दैन।
(ब्लगमा प्रयोग गरिएका तस्बिर मेरो हैन, गुगल इमेजेज बाट निकालिएको हो!)
Facebook Comments Box