भँगेरा, हरियो घास, गुड र गूड्

साधारण बतास थियो। तर सानो भँगेराको लागी त्यही पनि एउटा ठुलो बाधा थियो। बल्ल तल्ल चिसो र हुरीको मौसम सकिएर उसको संभोग गर्ने मौसम सुरु हुँदै थियो। कहिले वसन्त ऋतु सुरु होला र संभोग गरौँ भनेर उ बेचैन थियो।

वसन्त ऋतुले कुनै पनि समय ढोकामा ढकढक गर्न सक्थ्यो। तर, गरी सकेको भने थिएन। उसको यो पहिलो संभोग गर्ने मौसम भएकोले पनि होला, उ अलि धेरै नै उत्तेजित थियो। क्रमिक विकासको क्रूर नियमको चपेटामा परेको उसलाई सृष्टि गर्ने ती जिनका हरेक कोडहरूले केवल आफ्नो निरन्तरता चाहन्थे । उ त केवल एउटा वाहन मात्र थियो। उ त खाली तीनको सन्देशलाई अनजान रूपमै मान्थ्यो। उ त्यो गर्थ्यो, जुन उसको जिनले जान्थ्यो।

प्रकृतिको क्रूर नियमको पालना गर्न पनि त्यति सजिलो भने छैन। उसको प्रजातिको हरेक पाइलामा प्रकृति ठुला ठुला चस्मा सहित उसको हरेक पाइला नियाली रहेकी हुन्छिन्। उसले कहिले एउटा गल्ती गर्ला र उसको प्रजाति लाई दण्ड दिऊ भनेर। ती कठिन परिस्थितिको दायरा पार गरेर उसलाई अगाडि बढ्न थियो। उ त्यस क्रिया प्रति निर्धारित पनि थियो। भावपूर्ण पनि। तर प्रकृतिको आफ्नै एउटा नियम होला। प्रकृतिले छनोट गर्ने आफ्नै दायरा होला, जुन केही समय सम्म एउटै रहन्छ।  प्रकृति लाई पनि आफ्नो छनोटको प्रक्रिया परिवर्तन गर्न केही समय लाग्ला। तर यहाँ समस्या प्रकृतिले नै निर्माण गरेकी उसको  जीवन साथीमा  आधारित छ। जो आफैँ पनि त्यही प्रकृतिको नियमको दायराको पीडित भई सबै भन्दा पूर्ण वा सिद्ध नर छानिन्न बाध्य हुन्छिन्।

शायद प्रकृतिको खेल्नै यस्तै रहेछ। खैर। यो कुरा उसले बुझेकै छ। वा छ होला।

यही दौडको भागीदार हुन उ तम्तयार छ। व्यस्त सहरको कङ्क्रिट जंगलमा रहेको एउटा इट्टा र सिमेन्टको रुखको भ्वाङमा उसले आफ्नो घर बनाउने निर्णय गरेको छ। मानव जाती झैँ ३ वटा मात्र स्पेक्ट्रममा नभएर इउभी स्पेक्ट्रममा नि देख्ने उसलाई त्यो कङ्क्रिटको रुख अचम्मको लाग्दो हो। साधारण रुखको भन्दा भिन्न देखिने त्यो रूख को प्वाल नि अचम्म हुँदो हो। तर, सहजता त्यसैमा छ। मानव जातीको नजिक बस्नमा नै उसलाई फाइदा छ। उसलाई के थाहा त्यही कुराले गर्दा उसलाई मानवहरू घर भँगेरा भन्छन्। वैज्ञानिक नाम पनि “प्यासर डोमेस्टिकस”। मानौँ उ डोमेस्टिकेटेड नै भएको छ।  हावा राम्रै चलेको छ। तर, उ पनि के कम। चरा न पर्‍यो। उड्न पर्ने भएकोले अरू भर्टिब्रेटमा हुने जस्तो सबै कुरा उसमा धेरै कम वा एकदमै कम तौल भएको पाइन्छ। दाँत त गुमाइ नै सक्यो। टेस्टिस नै पनि ब्रिडिङ सिजन भए पछी ठुलो हुन्छ। उसले पाउने प्रेयसीमा त झन् ओभरी पनि एउटा हुन्छ, जुन ब्रिडिङ सिजनमै ठुलो हुन्छ। न दाँत छ, न इुरिनेरी ब्ल्याडर। जसरी होस् उसलाई हलुका हुनु छ। त्यसैले त उ एउटा सानो पात वा हाङा मा भए नि बस्न सक्छ। यही क्रममा गुड् बनाउन परेको भएर उ शाहरी कन्क्रिटको जङ्गलमा गुड् बनाउने सर समानको खोजीमा हिँड्दै छ।

हावाको वेग र संयोगले उसलाई यल्यम्बीको घरमा पुराउँछ। हुरी वतास चल्दै गर्दा गाह्रो गरी गरी ल्यान्ड गरेको मानव जातीको हावा जहाज जस्तै उ त्यो घरको बरन्डामा ल्यान्ड गर्छ

पराल सराल त त्यस्तै हो। जे भेटिन्छ त्यसैको गुड् बनाउने हो। उसलाई लाग्दो हो। आजकल पराल त बिरलै पाइएला । जसरी पुरानो घरहरुमा गुड् बनाउने प्वाल पाइन्थ्यो। त्यो कुरा त उसको पुर्खालाई मात्र थाहा थियो। उ त हिजोको चल्ला न पर्‍यो। ओख्खरको साइज झैँ बुद्धि भए पनि उसलाई जिनको माध्यम बाट थाहा थियो कि चिटिक्क परेको, राम्रो पखेटा भएको र राम्रो गीत गाउन सक्ने नरलाई नै भँगेराको पोथीले छान्थी। उसलाई थाहा हुन्थ्यो कि चिटिक्क परेको भने पछि यसलाई खाने कुरा जम्मा गर्न आउँछ र यसको जिन राम्रो छ। घरको त्यो बरन्डामा ल्यान्ड गर्न नपाइ उसले एउटा बिरुवा देख्यो। वरिपरि रहेको अरू बिरुवा भन्दा राम्रो र चिल्लो देखिन्थ्यो। अरू बिरुवा राम्रो देखिन्न थिए। उ हतारिँदै त्यै बिरुवा तिर लाग्यो। उसलाई लाग्यो कि त्यो नै राम्रो बिरुवा छ। अरू त सुख्खा, मरन्च्याँसे र मर्नै लागेको झैँ देखिन्थे। कता कता त्यो हरियो बिरुवा भने धेरै फाइभर भएको झैँ पनि देखिन्थ्यो। गुड् बनाउँदा पछि सुख्खा भई सक्दा फाइबर धेरै भएको मानै जाती थियो। उ त्यो बिरुवा तिर लाग्यो। त्यो बिरुवाको एउटा पातलो हाङामा बसेर उसले त्यो बिरुवा नियाल्दै थियो। बिरुवाको केही कदम पछाडि रहेको चिल्लो सिसाको पछाडि एउटा मान्छे त्यही सिशा बाहिर हेर्दै थियो। उसले त्यो मान्छे भने देखेको थिएन। त्यो मान्छेले भने उसको आगमन बारे चाल पाइ सकेको थियो। त्यही हरियो बिरुवाको नशामा बसेको त्यो मान्छेले भने त्यो सानो भँगेरालाई टर्की झैँ ठुलो चरा देखेको थियो। भँगेराले भने उसलाई सधैँ देख्ने झैँ एउटा साधारण मान्छे मात्र नै देखेको थियो।

ठिकै छ। यस्ता मान्छे आउँछन् जान्छन्। यो मान्छे टाढै छ त्यसैले म डराउन पर्दैन भन्दै उ आफ्नो बिरुवा तिर लाग्यो।

बिरुवा चुँडेर उ आफ्नो गुड् बनाउन जान्छु भनेर उत्तेजित थियो। केही पात र त्यो पातको माथि रहेको बिउँ मुखमा हालेर उ गुड् तिर लाग्यो। गुड् पुगेर पातलाई आफ्नो खुट्टाले चुँडेर सानो सानो त्यान्द्रो बनाउँदै उसले गुड्को अकार दिन थाल्यो। बिउँको भने खासै काम लाग्ला जस्तो नलागेर उसले खाइदियो। उसले त्यो घर देखीको गुड् सम्मको यात्रा केही पटक गर्‍यो र आफ्नो गूड्लाई स्वरूप दियो। तर, ३ ४ पल्ट को यात्रा पछि गूड्मा बस्दा उसले गुड महसुस गर्‍यो। उ आफ्नै गूड्मा थियो, तर कता कता उसलाई आफू उडेको झैँ महसुस भयो। एक छिन त उ अलमल्ल पर्‍यो। उडेको त छैन, तर उडेको छै महसुस भने हुँदै छ। उसलाई बिस्तारै सोच्न नि गाह्रो हुँदै गयो। झुम्म पारेको झैँ हुँदै थियो। उसलाई थाहा थिएन कि उसको प्रजातिमा पनि क्यानबिस रिसेप्टर हुन्छ र मानव जातीलाई झैँ असर गर्छ। जनावर र बिउ खान सक्ने, अझै सेलुलोज पचाउन सक्ने भएकोले गर्दा उसलाई बिउले नै पनि असर गरेको थियो।

त्यति बेला उसलाई महसुस भयो कि उडनको लागि चरा हुनु पर्दैन र रमाइलो गर्न गुड भए पुग्छ गुड् नै चाहिँदैन।

Facebook Comments Box

Mr Zoologist

I am a Zoologist!

Leave a Reply

Your email address will not be published. Required fields are marked *