त्रिभुवन विश्वविद्यालय पढ्दा कहिले काहीँ केही कारण बस कक्षा नहुँदा हामी साथीभाइ जम्मा भई घाम ताप्न बस्थ्यौ। मौका मिले बदाम र सुन्तला नि खाइ हाल्थ्यौ। नेपालमा यसै पनि पारीलो घाम लागेको देखे कि जसको मनमा नि घाम ताप्दै सुन्तला र बदाम खान पाए हुन्थ्यो झैँ भई हाल्छ। त्यही घाम ताप्दै साथीभाइ सँग जिन्दगीका कुरा गरियो होला, परीक्षाको कुरा गरियो होला र भविष्य र करियरको कुरा पनि गरियो होला।
“हो कस्तो मिठो घाम लागेको, आनन्दले सुती दिऊ जस्तो लाग्ने” भन्दै।
तर शायद त्यही घामको ताप कहाँ बाट आयो भनेर कहिले कुरा गरिएन होला। कहाँ बाट आयो भन्दा त सूर्य बाट त्यो सबैलाई थाहा नै छ। तर यहाँ मैले कहाँ भन्न खोजेको चाहिँ कसरी चाहिँ आयो होला भन्ने कुरामा हो।
कसरी आउँछ त घाम वा सूर्य बाट ताप। जुन तापेर हामी सुन्तला खाँदै रमाउन चाहन्छौ ?
त्यो भन्दा नि ठुलो कुरा त्यो त्यही घाम, अझ ऊर्जा भनौँ, जसले गर्दा पृथ्वीमा जीवन सम्भव भएको छ। यदि सूर्य नहुँदो हो त शायद हामी नि हुन्थेन। सुन्तला खाँदै घाम ताप्न नि पाइदैन थियो होला।
साधारण भाषामा भन्न पर्दा अन्य ताराहरू जस्तै सूर्य (जुन एउटा तारा नै हो) पनि एउटा ठुलो संलयन प्रतिक्रिया हो। प्राविधिक रूपमा यसलाई परमाणु मिश्रण (Nuclear Fusion) भनिन्छ। चलनचल्तीको मान्यता अनुसार यसको सृष्टि ठुलो “ग्यास” को बादल आफ्नै गुरुत्वाकर्षणमा परेर बनेको मानिन्छ- जसलाई ‘Nebula Theory पनि भनिन्छ। जुन प्रक्रियामा एउटा ऊर्जाको डल्लो बन्न गयो जहाँ हाइड्रोजन ग्यास आफैँ सँग जोडिएर हिलियम ग्यास बन्न थाल्यो। यो प्रक्रियालाई नै Nuclear Fusion भनिन्छ।
अब लागौँ कसरी हाइड्रोजन जोडिएर हिलियम बन्छ र किन त्यो जोडिँदा ऊर्जा आउँछ भन्ने तिर।
परमाणु मिश्रणको प्रक्रियामा दुई हलुका परमाणविक नाभि (Nucleus) मिलेर एउटा भारी नाभि बन्छ। यो प्रक्रिया बाट ऊर्जा निस्किन्छ किन भने नयाँ बनेको एउटा भारी नाभिमा पहिलेको छुटा छुट्टै दुई नाभिमा भएको भन्दा थोरै वजन (Mass) हुन्छ। र त्यो बाँकी रहेको मास ऊर्जा बन्छ। यही कुरा तपाईँहरू सबैले, पक्कै पनि सुन्नु भएको, अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध समीकरण E=mc2 मा व्याख्या गरिएको छ।
यहाँ E भन्नाले एनर्जी वा ऊर्जा जनाउँछ। M ले त्यो वस्तुको Mass जनाउँछ भने C ले प्रकाश को गति जनाउ छ। यो Equation अनुसार Mass र Energy एक अर्कामा बद्लिन सक्छन्।
यो प्रक्रिया प्लाज्मा (Plasma) पदार्थको अवस्थामा हुने गर्छ। पदार्थको अवस्था भन्नाले ठोस, तरल, ग्यास र प्लाज्मा भनेर बुझिन्छ। प्लाज्मा चाहिँ एउटा एकदमै तातो पदार्थ/Matter हो जसमा धेरै तापक्रम भएकोले गर्दा त्यो बस्तुको इलेक्ट्रोनहरु (Electron) परमाणु (Atom) बाट छुटिन्छन् र आयनीकृत (Ionized) ग्यास बन्छन्।
Ionized भन्नाले कुनै पनि Atom ले Electron गुमाउनु भनेर बुझिन्छ।
र यो प्रक्रिया भने सूर्यको कोर क्षेत्र (Core) मा हुन्छ। कोर भन्नाले सूर्य को भित्री २०-२५% Radius भनेर बुझ्न सकिन्छ। यही कोरमा हाइड्रोजन हिलियममा रूपान्तरण हुन्छ। कोर क्षेत्रमा हुने अत्यधिक तापमान र दबाब Pressure ले गर्दा यो सम्भव हुन्छ। यो प्रकृयाको क्रममा नै उर्जा निस्किने हो। जुन उर्जा सुर्य बाट तापको हिसाबमा निस्किन्छ। त्यो दबाब यती धेरै हुन्छ कि हाइड्रोजनको Atom एक अर्का सँग ठोकिदा हिलियम बन्न जान्छ। यो प्रक्रियामा ४ वटा प्रोटोन Proton को संलयन/मिश्रणले एउटा पार्टिकल बन्छ जसमा २ वटा प्रोटोन र २ वटा न्युट्रन (Neutron) हुन्छ- जुन हिलियम हो। यो प्रक्रियाको क्रममा नै ऊर्जा निस्किने हो। जुन ऊर्जा सूर्य बाट तापको हिसाबमा निस्किन्छ। कोर बाट त्यो ऊर्जा Convective Zone मा निस्किन्छ र त्यता बाट फोटोस्फेर Photosphere मा जहाँ बाट तापक्रम, प्रकाश र Charged particles निस्किन्छन्। त्यो प्रकाशले गर्दा नै पृथ्वीमा जीवन सम्भव भएको हो।
Photo from: Nobelprize.org
Facebook Comments Box